१९ कात्तिक, नुवाकोट। विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्ना सबै उपभोक्ता सदस्यहरूलाई खानेपानी महसुलको बक्यौता रकम भुक्तानी गर्न, धारा नामसारी गर्न र सदस्यता नवीकरण गर्न आग्रह गरेको छ।
संस्थाका सचिव राजेन्द्र पाण्डेले हस्ताक्षर गरेको सूचनामा सबै उपभोक्ता सदस्यहरूलाई समयमै आफ्नो दायित्व पूरा गरी संस्थाको कार्यक्रममा सहभागी हुनका लागि अनुरोध गरिएको छ।
संस्थाले एक सूचना जारी गर्दै आफ्नो दशौं साधारणसभा तथा नवौं अधिवेशन २०८२ मंसिर ८ र ९ गते हुने जानकारी गराउँदै अधिवेशनमा सहभागी हुनका लागि सम्पूर्ण बक्यौता रकम तिरेको र नियमअनुसार धारा नामसारी गरेको प्रमाणसहितको रसिद वा कागजात पेश गर्नुपर्ने जनाएको छ।
संस्थाले भुक्तानी र नामसारीका लागि अन्तिम २०८२ असोज महिनाको मसान्तसम्ममा बक्यौता रकम चुक्ता गर्न र धारा नामसारी गर्न अनुरोध गरेको छ।
अधिवेशनमा सहभागिताका लागि तोकिएको समयभित्र सम्पूर्ण तिर्नुपर्ने रकम तिर्ने र नियमानुसार कागजात मिलाउने उपभोक्ताहरूलाई मात्र संस्थाको आगामी साधारणसभा तथा अधिवेशनमा सहभागी गराइने सूचनामा उल्लेख छ।
संस्थाले तोकिएको समयमा बक्यौता रकम नबुझाउने वा नामसारी नगर्ने उपभोक्ताहरूलाई साधारणसभा तथा अधिवेशनमा सहभागी गराइने छैन भन्ने स्पष्ट पारेको छ।


















प्रतिक्रिया