१८ कात्तिक, नुवाकोट । ‘दशैं-तिहार किनमेल सुजिममा गरौं छुट उपहार दुवै पाऔं’ को पाँच भाग्यशाली विजेताको नामावली घोषणा भएको छ ।
सुजिम बजारले आयोजना गरेको उक्त योजना अन्तर्गतको विजेता नामावली घोषणामा गोपाल केसीले प्रथम भएको सुजिम बजारका निर्देशक सुजिम श्रेष्ठले जानकारी दिए । योजनाअन्तर्गत केसीले ४२ हजार ७९९ रुपैँया बराबरको उपहार प्राप्त गरेको उनले जानकारी दिए ।
यसैगरी, सुनिता श्रेष्ठ (द्वितीय)ले ३३ हजार १४० रुपैँया, सुनिता तामाङ (तृतीय)ले ३० हजार ५७४ रुपैँया, सरिता जोशी (चौथौं)ले २२ हजार १९९ रुपैँया र मैना लामा (पाचौँ)ले १९ हजार ९९९ रुपैँया बराबरको उपहार प्राप्त गरेका छन् ।
उपभोक्ताको जीवनशैलीलाई ध्यानमा दिएर आधुनिक प्रविधिसहितको सामाग्री किनमेल गर्ने विकासमा लागिरहेको कम्पनीले उक्त योजना गत असोज ११ गतेदेखि कार्तिक १० गतेसम्म सञ्चालन गरेको थियो ।
सेवाग्राहीले एक हजार रुपैँया बराबरको सामान खरिद गर्दा लक्की ड्रको लागि कुपन प्राप्त गर्न सकिने व्यवस्था थियो ।
ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै कम्पनीले सामान खरीदमा ५ देखि ५० प्रतिशतसम्मको विशेष छुट र उपहारको व्यवस्था समेत गरेको थियो ।


















प्रतिक्रिया