१८ कात्तिक, नुवाकोट । बट्टारबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विदुर नगरपालिका-९ डिहीबजारका ३५ वर्षीय सन्तोष सार्की र उनका भाई ३३ वर्षीय बसन्त सार्की रहेका छन् ।
उनीहरुको साथबाट ट्रामाडोल हाईड्रोक्लोराईड ७७ ट्याब्लेट र स्पास्मो १३५ ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए ।
गोप्य सूचनाको आधारमा कात्तिक १६ गते आईतबार दिउँसो उनीहरु कोठामा बसी रहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । कोठामा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट थप अनुसन्धानको लागि सात दिन हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया