२०८०, ५ चैत्र सोमबार

३० वर्षे तोरी तेल मिलमा योगेन्द्रवीर शाक्यको मोह

सुनील श्रेष्ठ     श्रावण २६ २०७९ ११:२७


Oil Mill in Trishuli Nuwakot

नुवाकोट – विगत ३० वर्षदेखि निरन्तर रुपमा त्रिशूलीमा तोरी पेल्ने मिलको रुपमा स्थापित करुणामय तोरी मिल विदुर नगरपािलका वडा नम्बर १ त्रिशूलीस्थित त्रिवेणी चोकमा रहेको छ । प्रधानपञ्चबाट करिब ८५ हजारमा ६ भोल्ट क्षमता भएको मिल किनी सुरु गरिएको परिवारिक व्यवसायको आज पनि सञ्चालनमै रहेको छ ।

बुबा रत्नवीर शाक्यले चलाई आएका तोरी पेल्ने मिल कान्छा छोरा योगेन्द्रवीर शाक्यले वि.सं २०४९ सालयता परिवारको साथबाट चलाउँदै आईरहेका छन् । त्यसपछि केहि अन्तरालमा एकलाख ५० हजारमा अर्को पनि उत्तिकै क्षमतामा अर्को मेशिन थपेका थिए । उनले नुवाकोट जिल्लामा पहिलोपटक आधुनिक धान कुट्ने मिल भित्राएका थिए । हात्तीगौंडामा केहि समय धान मिल सञ्चालन गरेपछि बुबाले चलाउँदै आएको तोरी मिल चलाएका थिए ।

“तोरी मिल चलाउँदा त्यो समय त्रिशूलीमा मात्र चारवटा मिल थियो । अहिले आफु मात्र छु । मिलमा काम गर्न गाह्रो हुने भएकोले अरुले उद्योग नै छाडी अन्य व्यवसायतिर लागेका हुन् ।”

“उबेला दिनरात पनि मिल चल्थ्यो । लोडसेडिङ पनि धेरै हुन्थ्यो । ट्याक्टरको ईन्जिनलाई प्रयोग गरी बिजुली गएको समयमा पनि मिल चल्नको लागि आफैले नै उपकरण बनाएको थिएँ ।”

उनी केहि हदसम्म इन्जिनियरका सरह काम गर्ने क्षमता रहेको अनुभव सुनाए । २०५१ सालताका दशैंतिहारको समयमा सात दिनसम्म मेशिन बन्दनै नगरीकन तोरी पेलेको पनि अनुभव सुनाए ।

“जिल्लाको विदुर, ढुंगे, देउराली, बगुवा, देउडी, साल्मे, भाल्चे लगायतका स्थानहरुबाट ग्राहकहरु तोरी पेल्न ल्याउने गथ्र्यो । आईरहेका छन् पनि ।”

“प्रायः ग्राहकहरुले आफ्ना खेतबारीमा फलेका तोरी ल्याउने छ । मिलमा पेलेको तोरीको तेल शुद्ध र स्वास्थ्यबर्धक हुन्छ ।”

“तोरी सुख्खा हुने गरी पेलि तेल निकाल्ने भएकोले आफ्ना पुराना ग्राहकहरु अझैपनि तोरी पेल्न मिलमा आउँछन् ।”

“मेसिन ठुलो भएकोले एकचोटीमा १० पाथीको घान पुगेपछि मात्र तोरी पेल्ने गरेका छौं । एक पाथीमा दुईमाना तोरीको तेल आउँछ । चिसो ठाउँको लेकाली तोरीबाट एकलिटर ५०० मिलिलिटर आउँछ । तोरी पोटिलो भएमा तेल राम्रो आउँछ ।”

केहि ग्राहकहरु स्वयंले काठमाण्डौबाट पनि तोरी मगाई पेल्न आउने गरेको छ । रेप्सि, काल, संस्यू, रायो जातका तोरी लगायत स्थानीय जातका तोरी पेल्ने गरेको बताए ।

हरेक दिन बिहान, हरेक साताको शनिबार या घान पुगेमा दिनमा पनि तोरी पेल्ने गरेका उनी भने चर्को आवाज निकाल्ने मेसिनमा कुनै स्वास्थ्य कवज विना नै तोरी पेल्ने गरेका छन् ।

“आफुले अहिलेसम्म त्यस्तो कुनै पनि स्वास्थ्य सुरक्षाका सामाग्री अपनाएको छैन । बानी परेकोले त्यस्तो असहजताको महसुश भएको छैन ।”

सुरुताका पाथीको दुई रुपैँयासम्म लिने गरेको सम्झना सुनाए ।

“अहिले पाथीको ३० रुपैंया लिने गरेको थिएँ”, उनले भने “त्यो पनि चलनचल्तीमा जोखेर लिने गरेकाले तोरी पेलेको प्रतिकिलो १५ रुपैँया लिने गरेको छु । तोरी पेलेको पिना छोडेमा ज्याला लिने गरेका छैनौ ।”

तोरी पेलेको पिना गाई, वस्तुभाउलाई खुवाउन, कुखुराको दाना बनाउन लगायतमा प्रयोग गर्न सकिने छ । ज्याला नलिई पिना छोडेमा आफुलाई मुनाफा थप हुने उनले बताए ।

स्थानीय मिलमा पेलेको तोरीको निखार तेलको महत्व बुझी ग्राहक स्वयम् आउने गरेको बताए ।

अहिलेसम्म कुनै पनि बजारीकरण नगरी तोरी पेल्दै आएको उनले बताए । पसल पसलमा गएर तेल बेच्न नगएको बताए । स्थानीय मिलमा पेलेको तोरीको निखार तेलको महत्व बुझी ग्राहक स्वयम् आउने गरेको बताए ।

“केहि समयअघि शुद्ध तोरीको तेल बजारमा पु¥याउन आफुले प्रयास भने नगरेको होईन । कामै नसिकी बढी तलबको अपेक्षा राख्ने प्रवृत्तिले गर्दा दक्ष कर्मचारी र प्राविधिकको कारणले गर्दा त्यो योजना त्यतिकै तुहियो ।”

मेशिन बिग्रेमा आफैले नै मर्मत गर्ने खुबी भएका उनले भुटेको तोरीको तेल निकाल्नको लागि पनि मेशिन जडान भने नगरेको होईन रहेछ । तर दक्ष कामदारको अभावले त्यो पनि लगानी खेर गएको बताए । हात्तिगौंडामा रहेको रिमाल मेटल उद्योगमा बनाएको उक्त मेशिन जिर्ण अवस्थामै मिलभित्रै रहेको छ । मिल चलाउँदै अनि बिग्रेको बेला जेनतेन गरी उनले मेशिन मर्मत गर्ने गरेको अनुभव पनि सुनाए ।

नुवाकोट वाणिज्य उद्योग संघमा समेत सदस्य रहेतापनि त्यहाँ वार्षिक नविकरण गरिन्छ । चुनावको बेला मात्र भोट हाल्ने काम हुन्छ ।

“नुवाकोट वाणिज्य उद्योग संघमा समेत सदस्य रहेतापनि त्यहाँ वार्षिक नविकरण गरिन्छ । चुनावको बेला मात्र भोट हाल्ने काम हुन्छ । वार्षिक प्यानको तिर्नुपर्ने राजश्वको काममा मात्र सहजिकरण भएको छ । तर त्यहाँबाट कुनै पनि प्रोत्साहन स्वरुप सहयोग नभएको बताए ।”

“न त स्थानीय तहले हेर्छ न त सरोकारवालाले नै । यस्तै, हो भने जिल्लामा रहेका साना तथा मझौंला उद्योग, व्यवसाय बिलिन हुनुको साथै परनिर्भतामै जिल्ला रहने कुनै दुईमत नहोला कि ।”

तामाको मूर्ति समेत बनाउने कालिगढको समेत अनुभव सम्हालेका उनको परिवारमा एक श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । मिलमा काम गर्न र कामदार पाउन कठिन भएकोले आफुपछि तोरी पेल्ने मिलको व्यवसाय परिवारले नअगाँल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top