२०७७, १२ आश्विन सोमबार

जीपी फाउण्डेसनद्वारा फोटो पत्रकारलाई प्रेस ज्याकेट

डबली खबर     जेष्ठ ४ २०७७ १४:४८



gp foundation donate press jacket to fnpj nepal_edited

काठमाडौं – नेपाल फोटो पत्रकार महासंघलाई जीपी फाउण्डेसन नेपालले दुई सय थान प्रेस ज्याकेट सहयोग स्वरूप उपलब्ध गराएको छ ।

उक्त प्रेस ज्याकेट फाउण्डेसनकी अध्यक्ष सुजाता कोईरालाले एक अनौपचारिक कार्यक्रमका बीच महासंघलाई काठमाडौँमा शनिबार हस्तान्तरण गरेका हुन् । कोरोनाको अत्यधिक जोखिममा रहेका क्षेत्रमा कार्यरत फोटो पत्रकारहरूलाई लक्षित गरि प्रेस ज्याकेट हस्तान्तरण गरिएको हो ।

फोटो पत्रकारहरूले सधैँ अग्रपंक्तिमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले पहिचानका लागि सहज होस् भनेर फाउण्डेसनले प्रेस ज्याकेट सहयोग गरेको फाउण्डेसनकी अध्यक्ष कोईरालाले बताए ।

कोरोना महामारिका कारण विभिन्न क्षेत्रमा लकडाउन र निषेधाज्ञा जारी भएकाले हालको अवस्थामा फिल्डमा अग्रपंक्तिमा रहेर रिपोर्टिङ गर्नुपर्ने फोटो पत्रकारलाई प्रेस ज्याकेटले ठूलो सहयोग पुग्ने महासंघका अध्यक्ष ध्रुव आलेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top