२०७७, ४ आश्विन आईतवार

काेराेना भाईरस: विदुर नगरपालिकामा काेभिड-१९ विरुद्धको सचेतना अभियान सुरु

डबली खबर     चैत्र ५ २०७६ ०९:४२



covid-19 coronavirus bidur municipality mayor sanju pandit

विदुर – विश्वभर फैलदै गएको नोवेल कोरोना भाइरस नियन्त्रणको लागी सचेतना स्वरूप विदुर नगरपालिकामा नाेवेल काेराेना भाईरस (काेभिड-१९) विरुद्धको सचेतना अभियान सुरु भएको छ ।

कोरोना भाइरसबाट बच्न र बचाउनको लागि सावधानी अपनाऔं भन्दै सचेतनामुलक सन्देशहरु भएको पर्चा, पोष्टर घरदैलो कार्यक्रम मार्फत नगरवासीहरुलाई वितरण गरेको छ ।

नगर प्रमुख सञ्जु पण्डितले आफ्नो ज्यानको सुरक्षा आफैले गर्ने भएकोले आफु सचेत भई आफ्नो स्वास्थ्य सुरक्षा आफैले गर्नुपर्ने बताए । नगरप्रमुख पण्डितले शहरी क्षेत्र, नगरका सम्पूर्ण वडामा नाेवेल काेराेना भाईरस (काेभिड-१९) विरुद्धको सचेतना कार्यक्रम गरिने जानकारी दिए ।

अभियानको पहिलो दिन विदुर नगरपालिकाको बट्टार क्याम्पस गेटबाट सुरु भएको कार्यक्रम हावाघरमा पुगेर सम्पन भएको छ ।

अभियानमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी र गैरसरकारी संघ संस्थाहरुको प्रतिनिधिहरु सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top