२०७७, २ माघ शुक्रबार
District Cooperative Union Notice
Bachchhaladevi Suppliers

समानुपातिकबाट ८०% महिला पर्ने

    मंसिर २६ २०७४ १४:१६


Trishuli Web Design Services in Nuwakot

काठमाडौं २६ मंसिर ।  प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट थोरै मात्र महिला निर्वाचित भएकाले दलहरूले समानुपातिकबाट धेरै महिला (करिब ८० प्रतिशत) लाई सांसद बनाउनुपर्ने भएको छ । संवैधानिक व्यवस्था अनुसार संसद्मा ३३ प्रतिशत महिला सदस्य अनिवार्य छ । दलहरूले प्रत्यक्षमा उम्मेदवार बनाउँदा नै थोरै मात्र महिलालाई समेटेका थिए भने विजयी भएर आउने महिला सांसदको संख्या त झनै न्यून छ ।

सोमबार साँझसम्मको नतिजाअनुसार प्रतिनिधिसभामा ५ जना मात्र महिला निर्वाचित भएका छन् । प्यूठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, कञ्चनपुर–१ बाट माओवादी केन्द्रकी बिना मगर, ललितपुर–३ बाट माओवादीकै पम्फा भुसाल, झापा–३ बाट एमालेकी पवित्रा निरौला खरेल र रुकुमपूर्व १ बाट माओवादी केन्द्रकी कमला रोका विजयी भएका छन् । मतगणना जारी रहेका क्षेत्रमध्ये सुनसरी–३ मा एमालेकी भगवती चौधरी कांग्रेसका विजय गच्छदारसँग प्रतिस्पर्धामा छिन् भने स्याङ्जा–२ मा एमालेकी पद्मा अर्याल कांग्रेसका गोपालमान श्रेष्ठसँग प्रतिस्पर्धामा छिन् ।

प्रत्यक्षबाट निर्वाचित १६५ र समानुपातिकबाट ११० गरी प्रतिनिधिसभा २७५ सदस्यीय  हुनेछ । यस्तै, राष्ट्रिय सभा ५९ सदस्यीय हुनेछ । राष्ट्रिय सभाका लागि ७ वटा प्रदेशबाट ८/८ जना निर्वाचित हुनेछन् भने राष्ट्रपतिद्वारा ३ सदस्य मनोनीत गर्ने व्यवस्था छ । संविधानअनुसार अब बन्ने संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाको कुल ३ सय ३४ सिटको ३३ प्रतिशत अर्थात् १ सय १० सदस्य महिला हुनु अनिवार्य छ । संविधानको धारा ३८ (४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक प्रदान गरेको छ । धारा ८४ (८) ले भने संघीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला हुनैपर्ने भनेको छ । यस्तै व्यवस्था संविधानको धारा १७६ (९) ले प्रदेशसभाका निम्ति पनि गरेको छ, जसअनुसार संघीय संसद्को ३३४ सिटमा ११० महिला अनिवार्य छ । संविधानअनुसार ७ प्रदेशबाट एकल संक्रमणीय मतका आधारमा कम्तीमा तीन/तीन महिला राष्ट्रिय सभामा आउनेछन् । यस्तो प्रक्रियाबाट संसद्मा आउने महिलाको संख्या कम्तीमा २१ हुनेछ । त्यस्तै, राष्ट्रपतिले मनोनीत गर्ने ३ मध्ये एक महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसरी संसद्मा महिलाको संख्या कम्तीमा २२ पुग्नेछ ।

संसद्मा ३३ प्रतिशत पुर्‍याउन थप ८८ महिला सांसद चाहिन्छ । सोमबारसम्मको मत परिणामलाई आधार मान्दा ५ महिला मात्रै प्रत्यक्षतर्फबाट संसद्मा पुगे भने थप ८३ महिला सदस्य समानुपातिकबाट पुर्‍याउनुपर्नेछ । यसका निम्ति दलहरूले समानुपातिक सूचीबाट धेरै महिला सदस्य चुन्नुपर्नेछ । कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top