२०७७, १५ आश्विन बिहीबार

किस्पाङ गाउँपालिकामा भोलि सार्वजनिक बिदा

डबली खबर     कार्तिक २१ २०७६ १८:१९



किस्पाङ – नुवाकोटको किस्पाङ गाउँपालिकाले हरिबोधिनी एकादशी परेकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

कात्तिक २२ गते शुक्रबार हरिबोधिनी एकादशीको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले बताउनुभयो ।

पालिकाभित्र रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल किस्पाङ पोखरी र फिकुरी डाँडामा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह) का दिन विशेष मेला लाग्ने भएको हुनाले पालिकामा स्थानीय पर्वको रूपमा उक्त दिन सार्वजनिक बिदा दिइने प्रशासकीय अधिकृत जोशीले जानकारी दिएका छन् ।

public holiday notice for haribodhani ekadashi in kispan rural municipality

स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले बिदा दिइएको पालिकाले जनाएको छ । उक्त दिन पालिका अन्तर्गत रहेका पालिका–वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top