२०७७, १४ मंसिर आईतवार


Bachchhaladevi Suppliers

लागू औषध दुर्व्यसनी विरुद्ध जनचेतनामूलक प्रभातफेरी

डबली खबर     बैशाख ७ २०७६ १२:१०


Trishuli Web Design Services in Nuwakot

विदुर / आज नुवाकोटको विदुर नगरपालिका-९ कोलेनीमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत बढ्दो लागूऔषध दुर्व्यसनी न्यूनीकरणको लागि प्रभातफेरी भएको छ ।

प्रभातफेरीपछि कोणसभामा बोल्दै जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरले लागू पदार्थको बढ्दो प्रयोगलाइ नियन्त्रण र न्यूनीकरणको लागि नेपाल प्रहरीले नुवाकोटका सबै पालिकामा अभियान कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । मगरले आम जनमानसमा लागू औषधको दुरुपयोग सम्बन्धमा जनचेतना अभिबृद्धी गर्दै यसका बिरुद्धमा नागरिक प्रहरी हातेमाले गर्दे अघि बढ्नु पर्नेमा जोड दिनुभयो । लागूऔषध दुर्व्यसनीबाट हुने अपराध तथा लागूऔषधले मानव स्वास्थ्यमा पार्ने असर बारे जानकारी गराएका थिए ।

र्‍यालीमा “लागु औषध निषेध गरौँ, लागु औषध सेवन जघन्य अपराध हो, कतै तपाईंको सन्तान गलत संगतमा लागेको त् छैन?, हामी सबैले लागू पदार्थ सेवन नगर्ने प्रतिबद्धता जनाऔं, लागु औषध सेवनको जीवन किन?” जस्ता प्लेकार्ड सहितको र्‍याली कोलेनी प्रहरी चेकपोस्टबाट सुरु भइ जिल्ला अस्पताल, हात्तिगौंडा हुँदै जिल्ला स्वास्थ्य कार्यालय अगाडी पुगेर कोण सभामा परिणत भएको थियो ।

बिश्वव्यापी साझा समस्याको रुपमा रही आएको  लागू औषध प्रयोग नेपालमा पनि समस्याको रुपमा देखिएको छ । बिशेषगरि मदिरा, सूर्तिजन्य, पदार्थ एबं गाजा चरेसको प्रयोग नेपालमा दिनानुदिन बढ्दै गएको तथ्याङकले देखाएको छ। लागू पदार्थको अबैध ओसार पसार तथा कारोबारलाइ हातहतियार तस्करी पछिको दोश्रो ठूलो अपराधको रुपमा लिइन्छ।

र्‍यालीमा स्थानीयतहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीय क्लब लगायतको सहभागिता रहेको थियो ।

लागू औषध दुर्व्यसनबाट देखा पर्ने लक्षण तथा असरः-

  • शरिर दुव्लाउदै जानु, मुखबाट र-याल निस्कनु
  • शरिरको अगंहरुको misbalance हुनु।
  • अत्याधिक निन्द्रा लाग्नु।
  • भ्रम सिर्जना हुनु।
  • स्मरण शक्ति क्षिण हुनु।
  • दिमागी हालत बिग्रदै जानु।
  • मुटुको धडकन बढनु।
  • एकान्त स्थान मन पराउनु।
  • आँखा पहेलो र ओठ कालो हुदै जाने।
  • उच्च रक्तचापको शिकार हुनु।
  • ह्रृदयघात हुनु।
  • लामोसमय खोकी लाग्नु।
  • Bronchitis /Cancer जस्तो रोग लाग्नु।
  • पाचन प्रकिर्यामा समस्या आउनु।
  • Gastric /acidity हुनु।
  • बाझोपनको समस्या तथा महिलाको हकमा अनियमित गर्भाधान।
  • महिला लागू औषध प्रयोकर्ताबाट जन्मेको बच्चाको तौल कम हुनु तथा बच्चामा समेत त्यसको असर देखीनु।
  • लागु औषध सेवनको कुलतमा फसे पछी सेवन गर्न नपाउने अवस्था भएमा जुन सुकै घटना घटाउन पछी नपर्ने।
  • प्राणघातक रोग जस्तै HIV(AIDS), Hepatitis B, Hepatitis C जस्ता रोगहरु दुर्ब्यसनीहरुले एउटै सिरीन्ज प्रयोग गरेमा यस्ता रोगहरु एक ब्यक्तीबाट अर्को व्यक्तीमा सर्न सक्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top