२०७७, १३ आश्विन मंगलवार

“नेतृत्वको लागि तछाडमछाड हुनु नेतृत्वको कमि”: सन्तमान तामाङ

डबली खबर     भाद्र ३० २०७५ १७:०९



Bishnu Bhai shrestha president of nepal contractor association

बट्टार, नुवाकोट / नुवाकोट निर्माण व्यवसायी संघको बाह्रौं साधारणसभा विदुर नगरपालिका-२ बट्टारस्थित कभर्डहलमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले नेपाल सरकारले उद्योग सरह निर्माण व्यवसायलाई पनि मान्यता दिनुपर्ने बताउनुभयो । निर्माण व्यवसायीको सुरक्षाको लागि सरकारले उचित पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । त्यस्तै, व्यवसायमैत्री नियमकानुन बनाई सम्मानजनक व्यवहार गरिनुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा नुवाकोट जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ ले नेपाल सरकारले नेपाली सेनालाई विकास निर्माण कार्य लागि दिइएको नियम निर्माण व्यवसायी पक्षमा नरहेको जिकिर गर्नुभयो । नेपाली सेना भनेको देश र जनताको सुरक्षामा तल्लिन हुने पर्ने र नेपाल सरकारले निर्माण कार्यको लागि सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायलाई नै दिनुपर्ने बताउनुभयो । आठौँ अधिवेशनको संघारमा पुग्दासम्म पनि नेतृत्वको लागि तछाडमछाड हुँदा अध्यक्ष तामाङ खरो रुपमा देखिनु भएको थियो । निर्माण व्यवसायीको नेतृत्वमा रहेका व्यक्तिले सम्पूर्ण व्यवसायीहरुसँग समन्वय गरेर जिल्लाको विकास निर्माण कार्यमा तदारुकताका साथ लाग्न नसक्नु नेतृत्वको कमि भएको बताउनुभयो । त्यस्तै, जिम्मेवार पदमा रहेका व्यक्तिले सम्पूर्ण व्यवसायलाई मिलाएर लैजान नसक्नुको कारण नेतृत्वतहमा आर्थिक चलखेल र कार्य क्षमताको कमजोरी भएको तामाङले औलाउनु भयो ।

संघका महासचिव होमबहादुर तामाङले संघको नौ बुँदे भावी कार्यक्रम र प्रस्तावित घोषणापत्र पेश गर्नुभएको थियो । त्यस्तै, कोषाध्यक्ष राजकुमार श्रेष्ठले संघको आव २०७३/७४ र २०७४/७५को आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिहं लामा, नुवाकोट जिल्लाका स्थानीयतहका जनप्रतिनिधि, नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

संघको आठौँ अधिवेशनको निर्वाचनको लागि भोलि सुमन अधिकारी र कृष्णप्रसाद थपलियाको प्यानल भिडदैछन् ।

Candidate name list of Nuwakot Contractor Association

Image may contain: 10 people, text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top