२०७७, ११ आश्विन आईतवार

विदुरबाटै ६ पक्राउ, जुवा खेलबाटै करिब २ लाख बरामद

डबली खबर     आश्विन २७ २०७५ २३:५४



play card

विदुर, नुवाकोट / जिल्ला प्रहरी कार्यालय नुवाकोटले जुवा खेल्दै गरेकाे अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

विदुर नगरपालिका-४ विदुरस्थित एक घरमा ठूलो धनराशीसहित जुवा खेल भइरहेको विशेष सुराकीको आधारमा जुवा खेलिरहेकाे अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख वसन्त बहादुर कुँवरले जानकारी दिनुभएको छ ।

पक्राउ पर्नेमा कुमार लामा, हरि क्षेत्री, दीपक ओझा, बाबुराम तामाङ, सागर लामा र जुवा खेलाउने घरधनी बद्री बहादुर खड्का पक्राउ परेका हुन् । जुवा खेलबाटै १ लाख ७६ हजार ७ सय ८५ रुपैंया बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top