२०८१, १४ बैशाख शुक्रबार

६३ औं राष्ट्रिय सहकारी दिवसको शुभकामना !!!

चैत्र २० २०७६ ०९:५१

सम्पूर्ण सहकारी कर्मीहरुमा ६३ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!!

महामारीको रुपमा फैलिएको नोवेल काेराेना नियन्त्रणको लागी सहकारीको ७औं सिद्धान्त Concern for Community बमोजिम “कोरोना नियन्त्रण सहकारी व्यवस्थपन समिति” को आयोजना र राष्ट्रिय सहकारी महासंघको संयोजनमा आज चैत २० गते राष्ट्रिय सहकारि दिवसको उपलक्ष्यमा मनमोहन मेमोरियल टिचिङ हस्पिटलमा सुरुवात गर्न लागेको “काेराेना नियन्त्रण सहकारी केन्द्र”काे समुद्घाटन सहित शुभारम्भ गर्ने भएको मा हामी अत्यन्तै हर्षित भयका छौ । याे केन्द्रलाई काेभिड-१९ बिरुद्ध सहकारी क्षेत्रकाे ऐक्यबद्धताकाे रुपमा अगाडि बढाई सहकारी अभियानबाट सहकारीकाे उत्तरदायीत्व पूरा गर्न आ-आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण याेगदान पुर्‍याउनु हुन सम्पुर्ण सहकारी संघ\संस्थाहरु र आम सहकारीकर्मीहरुमा हार्दिक अनुरोध गर्द्छु ।

साथै यस नुवाकोट जिल्ला भरिका सहकारी संघ/संस्थाहरु मार्फत सम्पुर्ण सहकारीकर्मीहरुमा “सफासुग्घर र सभ्य होऔं ! कोरोनाबाट सुरक्षित बनौं !” भन्ने जनचेतनामुलक सन्देश प्रवाह गरि ६३औं राष्ट्रिय सहकारी दिवस प्रविधि मार्फत मनाउन हार्दिक अनुरोध गर्दै यस उपलक्षमा पुनः मंगलमय शुभकामना !

 

jilla sahakari sangh nuwakot logo

राजेश श्रेष्ठ
अध्यक्ष

जिल्ला सहकारी संघ
विदुर, नुवाकोट
फोन: ०१०-५६०००९

Top