२०७७, ७ आश्विन बुधबार

नुवाकोटमा भ्रमण वर्ष २०२० सहजीकरण समिति गठन

भ्रमण बर्ष सन २०२० को सुरुवात त्रिशुली नदिको सफाई गरी मनाईने

डबली खबर     पुष १५ २०७६ ०६:३८



visit nepal 2020 nuwakot committee trishuli bidur dabali khabar

विदुर – जिल्लामा नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय तथा सहजीकरण समिति गठन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० आउन दुई दिन बाँकी रहँदा सोमबार जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिमा जिल्लास्थित स्थानियतहका प्रमुख/अध्यक्षहरु, जिसस पदाधिकारीहरु, सरकारी कार्यालयका प्रमुखहरु, पर्यटन व्यवसायीहरु लगायतका सदस्य समितिमा रहेका छन् ।

जिल्ला जिसस प्रमुख तामाङले जिल्लामा रहेका पर्यटकीयस्थलहरूको पहिचान र प्राथमिकीकरण गर्ने तथा जिल्लामा रहेका पर्यटकीय पदमार्ग, ग्रामिण पर्यटन, कृषि पर्यटन लगायतलाई प्रवर्द्धन गरिनुपर्ने बताउनुभयो । भ्रमण बर्ष सन २०२० को सुरुवात जनवरी १ अर्थात् पौष १६ गते बुधबार बिहान नुवाकोट र रसुवाको संगमस्थल उत्तरगयधामस्थित त्रिशुली नदिको सफाई गरी मनाईने प्रमुख तामाङले जानकारी दिनुभयो ।

सरकारले लिएको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएकोमा १० प्रतिशत पर्यटक नुवाकोट भित्र्याउन पर्यटन व्यवसायी लागि रहेको प्रदेश नम्बर ३ का होटल तथा पर्यटन व्यवसायीका अध्यक्ष सन्तोष उप्रेतीले बताउनुभयो । स्थानीयतहले जिल्लामा संचालन रहेका होटल तथा पर्यटन व्यवसायलाई प्रवर्द्धनमा कुनै पनि सहकार्य नगरेको हुनाले भ्रमण वर्षको शुरुवातसँगै सहकार्य तथा सहजिकरणमा हातेमालो गरिनुपर्ने बताउनुभयो । विदुर नगरपालिकामा रहेको सिलट्यांकीलाई पर्यटकीयस्थल घोषणा गरि आवश्यक कार्यक्रम ल्याउन स्थानीयतह लाग्नुपर्ने धारणा राख्नुभयो ।

स्थानीयस्तरमा रहेका पूर्वाधारको विकास, पर्यटक भित्र्याउनका लागि मेला तथा महोत्सवको आयोजना गर्न समन्वय तथा सहजीकरण गर्ने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top