२०७७, १२ आश्विन सोमबार

पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ

डबली खबर     श्रावण ८ २०७७ २१:१६



rudra singh tamang nuwakot

विदुर, नुवाकोट – संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ नियुक्त भएका छन् । मन्त्रालयका सहसचिव तथा प्रवत्ताको भूमिकामा प्रखर रहेका तामाङलाई विभागको महानिर्देशकमा नियुक्ति गरेको हो ।

मन्त्रालयका अनुसार बुधबारदेखि तामाङले विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्हेका छन् ।

उनले यसअघि नुवाकोट र धादिङ जिल्लाको स्थानिय अधिकारीको रुपमा समेत कार्यभार सम्हालि सकेका थिए । काठमाडौं महानगरपालिकाको कार्यकारी निर्देशक हुँदै विभिन्न मन्त्रालयमा रहेर कार्य दक्षता हासिल गरेको तामाङसँग अनुभव रहेको छ ।

नुवाकोटको पञ्चकन्याको थप्रेक स्थायी घर भएका तामाङ नुवाकोटमा लामो समय स्थानिय विकास अधिकारीको भुमिकामा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top