२०७७, ९ आश्विन शुक्रबार

स्थानिय तहको एकिकृत मोबाईल एप सञ्चालनमा

नागरिकले आफैँ ‘लग इन’ गर्न सक्छन्

डबली खबर     भाद्र २५ २०७७ १२:४६



local level mobile app release in nepal

काठमाडौं – सूचना प्रविधि विभागले देशभरका चारसय ३३ स्थानीय तहको एकिकृत मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

देशका सात सय ५३ वटै स्थानियको आआफ्नै मोबाइल एप तयार पार्ने लक्ष्यका साथ साउन १८ २०७४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले एपको ढाँचा सार्वजनिक गरेका थिए । दुई वर्षको अवधिमा विभागले चारसय ३३ स्थानीय तहलाई मोबाइल एप उपलब्ध गराई सकेको विभागका सुचना अधिकारी लोकराज शर्माले बताए ।

एप प्रयोगमा आएसँगै “प्ले स्टोर” र “एप स्टोर”मा स्थानीय तहहरूको छुट्टाछुट्टै नाममा रहेका एप स्वतःसञ्चालनमा नरहने विभागले स्पष्ट पारेको छ ।

विभागले तयार पारेको एपमार्फत स्थानीय तहका कुनै पनि योजना कार्यान्वयनको अवस्था, स्थानीय तहबाट विनियोजित बजेट र तर्जुमा गरिएका कार्यक्रमको कार्यान्वयन अवस्था, योजनासँग सम्बन्धित जानकारी थाहा पाउन र मोबाईलबाटै गुनासा राख्न पनि सकिन्छ ।

मोबाइल एपबाटै आफ्नो स्थानीय तहको नक्सा, ऐन, कानुन, नियम, भौगोलिक अवस्थाको जानकारी समेत हेर्न र पढ्न सकिन्छ । साथै जन्मदर्ता, मृत्युदर्ताको फर्म तथा आवश्यक जानकारी, स्थानीय तहका योजनागत कार्यक्रम, प्रगति विवरण, वडा कार्यालय, सरकारी, गैरसरकारी निकायका गतिविधि पनि समेट्न सकिने गरी एपको विकास गरिएको छ । एपमा आवश्यक तथ्यांक भने सम्बन्धित स्थानीय तहले नै उपलब्ध गराउनुपर्ने हुन्छ ।

कुनै स्थानीय तहले कोभिड–१९ महामारीबारे सन्देश अथवा सूचना प्रवाह गर्नु परेमा पनि यो एप सहयोगी हुनेछ । विभागले प्रदेशसहित स्थानीय तहसम्मलाई छुट्टै लगइन एकाउन्ट उपलब्ध गराएर कुनै महत्वपूर्ण सूचना जारी गर्नुपरेको अवस्थामा एपकै माध्यमबाट हुनसक्ने गरी व्यवस्था पनि गरेको छ ।

नागरिकले आफैँ ‘लग इन’ गर्न सक्छन्
-प्रेमशरण श्रेष्ठ
महानिर्देशक, सूचना प्रविधि विभाग

एउटै ढाँचामा सबै निकायलाई हुनेगरी यो एप बनाएका हौँ । एपको नयाँ अपडेट पनि हो यो । दस्तुर पनि उठाउन सकियो भने ई–पेमेन्टमा लैजान सकिन्छ भनेर यो सेवा सुरु गरेका हौँ ।

अब नगरपालिका, स्थानीय तहले तोकेको जुन दस्तुर हुन्छ, त्यसलाई भुक्तानी सेवा प्रदायकमार्फत दिन सकिन्छ । यसरी भुक्तानी गएपछि त्यसबापतको ‘रिसिप्ट’ स्थानीय तहलाई जान्छ । त्यसैका आधारमा भुक्तानी भएको प्रमाण हुन्छ ।

नागरिकले यो एप आफैँ लग इन गर्र्न सक्छन् । यसरी लग इन गर्दा इमेल भने आवश्यक पर्छ । लग इन गरेपछि त्यसको जानकारीका रूपमा वन टाइम पासवर्ड (ओटीपी) इमेलमै जान्छ । त्यस्तो ओटीपी पाँच मिनेटभित्रै प्रवेश गर्नुपर्छ । मोबाइल नम्बरमै ओटीपी उपलब्ध गराउने भनेका थियौँ । त्यो अहिले खर्चालु देखियो ।

एप स्टोर

प्लेस्टोर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top