२०७७, ९ आश्विन शुक्रबार

गुड्विल एकेडमी १७ रनले विजयी

जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता

डबली खबर     फाल्गुन २ २०७६ १७:२८



inter school cricket nuwakot 2020

विदुर – आज भएको जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा गुड्विल एकेडमी १७ रनले विजयी भएको छ ।

गुड्विल एकेडेमी र अर्किड एकेडेमीबिचको खेलमा अर्किडले टस जितेर फिल्ड रोजेको थियो ।

गुड्विलले २० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ११७ रन बनायाे । अमिक कुमालले सर्वाधिक ३८ र रोशन लामाले ३० रन बनाए ।

बलिङतर्फ अर्किडका प्रदिप माझीले ३ विकेट लिए । ११८ रनको लक्ष्य पछ्याउँदै खेलेको अर्किड एकेडेमी १६ ओभर खेली सबै विकेट गुमाएर जम्मा १०० रन बनाए ।

बलिङतर्फ गुड्विलका अमिक कुमालले ३ विकेट लिए । ३८ रन ३ विकेट लिएका अमिक कुमाल म्यान अफ द म्याच भए ।

भोलिको खेल अर्किड एकेडेमी र सहिद जगत प्रकाश जङ्ग देविघाट बिच बिहान ११ बजे नुवाकोट आदर्श बहुमुखी क्याम्प्सको खेल मैदानमा हुनेछ ।

देवीघाट बाल क्लब र नुवाकोट क्रिकेट संघको संयुक्त आयोजनामा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top