२०७७, १२ आश्विन सोमबार

एसियन साम्बोमा भाग लिन नेपाली टोली प्रस्थान, नुवाकोटका ६ खेलाडिले भाग लिने

डबली खबर     भाद्र २४ २०७६ १२:३२



samboo team nepal

काठमाडौं । एसियन साम्बो प्रतियोगीतामा भाग लिनका लागि नेपाली टोली सोमबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको छ ।

प्रतियोगीता आगामी सेप्टेम्बर १० देखि १६ सम्म जारी रहने प्रतियोगितामा ४५ देशले भाग लिदैछन् । प्रतियोगितामा सहभागी हुने खेलाडीसहितको टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिदाई गरेका छन् ।

प्रतियोगिताको विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतियोगितामा पुरुषतर्फ नुवाकोट बेलकाेटगढि नगरपालिकाका प्रविण गुरुङले ५६ केजीमा, पञ्चकन्या गाउँपालिकाका कृष्णलाल तामाङले ६८ केजीमा, नीरज भण्डारीले ५२ केजीमा भाग लिनेछन् । त्यस्तै, शिवपुरी गापाका प्रदीप पाण्डेले ८२ केजीमा, रविन्स तामाङले ६८ केजीमा र आशिष तामाङले ६० केजीमा भाग लिनेछन् भने अफिसियलमा फेडेरेशनका महासचिव विदुर नगरपालिकाका उत्तम श्रेष्ठ रहेका छन् ।

त्यस्तै, पुरुषतर्फ ६५ केजीमा बाग्लुङका विकल छन्त्याल, ६८ केजीमा सुदीप थापा (काठमाडौं), ६४ केजीमा दिनेश महर्जन (काठमाडौं), ९० केजीमा सुदीप आचार्य (तनहुँ) र सुदन लामा (चितवन) र १ सय केजीमा सृजेश श्रेष्ठ (सिरहा) ले भाग लिनेछन् । त्यस्तै, महिलातर्फ ४४ केजीमा मीरा पौडेल (रुपन्देही), ५२ केजीमा भगवती माझी (रामेछाप), ५६ केजीमा सब्बारानी महर्जन (काठमाडौं) र ६० केजीमा रचना लामा (चितवन)ले भाग लिनेछन् ।

साथै अफिसियलहरुमा फेडेरेशनका अध्यक्ष एवं धनन्जय श्रेष्ठ (काठमाडौं), उपाध्यक्षहरु पुरुषोत्तम सिंखडा, राजकुमार श्रेष्ठ र रमेश पौडेल, सचिव मदन पौडेल,सदस्य रामबली दास, रेफ्री गाेपाल पुनमगर लगायतको सहभागिता रहनेछन् ।

कार्यकममा अजोड इन्स्योरेन्सको तर्फबाट कार्यकारी निर्देशक कुमारबहादुर खत्रीले १७ खेलाडीहरुको लागि ५ लाख बराबरको बीमा योजना पोलिसी हस्तान्तरण गरे । साथै, नेपाली साम्बो टोलीलाई चार्लि इन्टनेशनलले ट्रयाक सुट, गोल्ड स्टारले १/१ जोर जुत्ता र जेमिनी हाइवेयर मनमैजुले टिसर्ट प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top