२०७७, १४ आश्विन बुधबार

नुवाकोट क्यानका अध्यक्ष पाठक केन्द्रिय आर्थिक विभागमा मनोनित

डबली खबर     असार १६ २०७७ ०८:४४



Cricket Association of Nepal durgaraj pathak finance sub committee nuwakot

विदुर- नुवाकोट – नेपाल क्रिकेट संघ (क्यान) को सोमबार भएको बैठकले क्रिकेट संघ नुवाकोटका अध्यक्ष दुर्गाराज पाठक क्यानको केन्द्रिय आर्थिक विभागमा सदस्य पदमा मनोनित भएका छन् । समितिमा संयोजक रोशनकुमार सिहं र सदस्य माधव कर्माचार्य रहेका छन् ।

क्यानले आर्थिक समितिसहित प्रतियोगिता, प्राविधिक समिति र मिडिया समितिमा सदस्य चयन गरी सबै समितिलाई पूर्णता दिएको छ।

क्यानले प्रशान्त विक्रम मल्ललाई प्रतियोगिता समितिको संयोजक तोकेको छ। समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्टले सदस्यको जिम्मेवारी पाएका छन्।

प्राविधिक समितिमा संजयराज सिंह संयोजक रहेकोमा वीरेन्द्रबहादुर चन्द, अमितविर पाण्डे, अरुणकुमार अर्याल र संजय गुरुङलाई सदस्य तोकिएको छ।

यस्तै मिडिया समितिमा क्यान सचिव अशोकनाथ प्याकुरेल संयोजक छन् भने भानुभक्त सिग्देल सदस्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top