बट्टार । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरण दिप प्रज्वलन गरेको छ ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा दिप प्रज्वलन र १ मिनेट मौन धारण गरेको दारीग्याङ्ग नुवाकोटका संयाेजक सुवास श्रेष्ठले बताए ।
सामाजिक संजालमार्फत गठित दारी पाल्ने युवाहरुको समूह दारीग्याङ्ग नुवाकोटले “गालामा दारी काँधमा जिम्मेवारी” मूल नारा लिएको समुहले पछिल्लो समयमा भजनबालन, बेत्रावती गोरु जुधाई, रगतदान जस्ता कार्यक्रममा आफ्नो सहभागिता जनाउदै आएको छ ।
वीर सहिदको स्मरणमा विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ ।

प्रतिक्रिया