२०७७, ११ आश्विन आईतवार

जेष्ठ नागरिकलाई न्यानो सामग्री वितरण

डबली खबर     मंसिर २५ २०७४ २१:११



Lions Club of Nuwakot Clothing Distribution

ढिकुरे / “लायन्सको शान वृदवृदाको सम्मान” मूल नारा लिइएको कार्यक्रम लायन्स क्लबको संयुक्त आयोजनामा लिखु गाउँपालिकाको वडा नं. १, ढिकुरेमा जनचेतना तथा न्यानो कपडा वितरण  सम्पन्न गरेको छ ।

जेष्ठ नागरिक मञ्च नुवाकोटको आव्हानमा लायन्स क्लब अफ काठमाडौ परोपकार, लायन्स क्लब अफ काठमाण्डौ एकता परोपकार र लायन्स क्लब अफ नुवाकोट लायन्स क्लबको सहयोगार्थमा स्थानीय ७० वृदवृदाहरुलाई ऊनी टोपी र गलबन्धि वितरण गरेको अध्यक्ष यादवप्रसाद पाण्डेले जानकारी दिए ।

बढ्दै गरेको जाडोमा सम्मान स्वरुप वृदवृदालाई न्यानो सामग्री वितरण गरेकोमा प्रमुख अतिथि श्रीधर आचार्यले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।

कार्यक्रम जिएलटि संयोजक नुवाकोटका रमेश श्रेष्ठको विशेष अतिथिमा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top