२०७७, ५ आश्विन सोमबार

“इच्छा”

डबली खबर     आश्विन १९ २०७५ २१:३०



bhawani humagain sapkota

भवानी हुमागाईं सापकोटा 

यो मन पनि खै कति चन्चल के के बनु भन्छ
अर्को जुनि पाए भने म पनि छोरो बन्न मन छ
कालो गोरोमा त प्रबाह छैन मात्र छोरो भए हुन्छ
त्यसैले त मलाई पनि एक पटक छोरो बन्ने मन छ ।

दादागिरी गुण्डागर्दी बलात्कार जे गरे नि छुट छ
न कसैले बलात्कार गरि अस्मिता नै यहाँ लुट छ
गाजा चुरोट, रक्सी जे जे खान्छु अझै मेरै सान छ
त्यसैले त यो मनले अर्को जुनिमा छोरो बन भन्छ ।।

अर्कोको छोरी चेली जिस्काउँदा छुट्टै मजा आउँछ
उनको नाउमा नराम्रो पोस्ट गर्दा बग्लै मजा छाउँछ
अनि फेरी यो समाजले छोरीको मात्र दोष देखाउँछ
अर्को जुनि पाउने भए यो मनले छोरै बने है त भन्छ ।।।

अंश वंश दुवै थरी मैले नै सधै भरी मै चलाउन पाउने
तिथि, धर्म, कर्म जे जे पर्छ मै अगाडी सर्दै गर्न नि पाउने
ससुराली तथा कतै जाँदा पनि त मान मिजास पाउने
त्यसैले अर्को जुनि पाए भने मै पनि जे होस छोरो हुने

कहिँ कतै देखे भने पोते अनि सिउँदोमा सिन्दुरको लर्को
भनि दिन्छु दुनियाँमा म त्यो हो मेरै नामको नमेटिने धर्को
गजबको सान मान अनि छुट्टै पाउने आफ्नो पहिचान पनि
त्यसैले यो मन भन्छ अर्को जुनि पाए त छोरो नै बनेस भनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top