२०७७, ४ आश्विन आईतवार

म भेट्छु हर यात्रामा एक गुरु….एक वाल्मीक

डबली खबर     जेष्ठ ११ २०७७ १५:३३



dur basti ko shishir rishi ram pokhrel

जिन्दगी यात्रा हो। मात्रै यात्रा मात्रै  पनि होइन फेरि जिन्दगी । हर मानिस आफ्नो जिन्दगी सम्झन लायक होस् भन्ने आशा राख्छ । त्यसैले जिन्दगीलाई यात्रा मानेको म यात्रीले पनि त्यस्तै उस्तै आशा पाल्नु नौलो कुरा होइन, पाल्छु। आशा नहुने जिज्ञासा नहुने रहर नहुने पिर, चिन्ता, डर नहुने हर्ष, उल्लास नहुने कोहि हुनुहुन्छ भने तपाईं यो भूगोलमा भएका कैदी जत्तिको प्राणी पनि होइन खासमा।

आउनुहोस् यही जिन्दगीको यात्रामा मैले अनुभुत गरेको एक अविस्मरणीय पलसंगै  तपाई म साथै हिंडौ। या हिंड्ने जमर्को गरौं। शब्दजरूलाई चील मानेर कावा खादै रमाउँ एक छिन । हुन सक्छ तपाईलाई मेरा शब्दले जिवनमै पहिलोपल्ट मीठो सुखानुभुती दिएको फिल होस्। एउटा अचम्मको यात्री भेटेको महसुस होस् …… यस्तै यस्तै अरू अरू महसुस होस् । तपाइले बिर्सेका तपाईका भुतकालका प्रेमिल पलहरू सम्झाओस्।

र  यो आलेख पढेपछि तपाइको जीवनमा तपाइले गरेका आफ्नै यात्रालाई यसैगरी …..यानिकी मैलेझै गरि ….. तर तपाईंको आफ्नै शिल्पी कलाले पोतिदिने जमर्को मनमा भरभराउन थालोस्। 

यहाँ आज मैले गर्दै गरेको यात्रा हो नुवाकोटको । गएको साल भदौतिर म नुवाकोट गएको थिएँ। मलाई लाग्छ मेरो जीवनमा मसँग एकपटक सामिप्य भएको कुनै पनि वस्तु, चिज, मान्छे त ऊ सँग भएको वार्तलाव र विषय मेरो तेश्रो इन्द्रिय बैंकमा सुरक्षित रहन्छ सदा सदा। चाहे त्यो प्रेमिल पल होस् या दु:खित् पल। मेरो मस्तिष्कको बैंकमा सुख दु:खका दुईवटा मुद्दाती एकाउन्ट छन् । झिकेर मैले लेखेर सकें जस्तो गर्दा पनि ती उस्तै दुरुस्तै रहन्छन अझ झन दशैमा निक्लिने ताजा नयाँ नोट जस्तो बनेर। 

गएको भदौमा म घरबाट नुवाकोटको लागि बिहानै भालेको डाँकोमै माइक्रो चढेर भरतपुर चितवनबाट रवाना भएको याद छ मलाई। त्यो माइक्रोमा अरूयात्रीहरू पनि थिए तर फरक फरक गन्तव्य भएका, कोहि काठमाडौं, कोहि धादिङ, कोहि रसुवाका म भने नुवाकोटको यात्री भैहाले। 

झिसमिसेमै आएको त्यो माइक्रोले धेरै ठाउँबाट मान्छे उठाएन। हाम्रो देशमा भएको विकासको फड्को भनौ कि के अचेल फोन गरेर गाडी बुक गर्न पाइन्छ। हर गाडिवालाहरू भिजिटिङ कार्ड बाड्छ्न् यस्तो पहिला थिएन। यत्ती पनि केही नहुनु भन्दा केही हो।

त्यसरी त्यो दिन त्यो माइक्रो चढेर गल्छी झर्दा बिहानको ८ बजेको थियो। म झरेको त्यो धादिङ गल्छिको एक होइन सबै सबै होटेल देखेर मलाई चिया पिउँ कि भन्ने मेरो तलतललाई होइन नपि भन्यो त्यो पनि मेरै मनले। म मनले भनेको कुरा दिमागको भट्टिमा हालेर निस्के पछि निर्देशित गर्ने निर्णएको कैदी हुँ। मैले चिया पिईन त्यसैले।

अर्को गाडीको टिकट लिएँ …. त्यो अलिक उचाई तिर बिग्रेको बाटो तिर चल्ल्ने गाडी हो भन्ने जान्नलाई मलाइ दुई मिनेट लाग्यो त्यसको सिट देखेरै। तर यहाँ मैले यात्रा नगरी नहुने थियो त्यो पनि समयमै र म त्यो बस चढ्न बाध्य भए बसे सिटमा।

बस हिड्न सुरु गरेको दसै मिनेटमा मलाई लाग्यो यो मेरो यात्रा सम्झन लायक हुने भएन। कारण थियो बाटोको दुर्दशा हेर्दै म गन्तव्यमा समयमै पुगुँला भन्नेमै प्रश्न चिन्न आएर तेर्सिनु। लेधो माटो त्यो पनि डरलाग्दा खाल्डा उस्तै …… देशको विकासे योजनालाई त्यो बाटोले कुरिकुरी गरिरहेको नयाँ नेपालको सपनालाई कुरिकुरी गरेको जस्तो कस्तो कस्तो नमिठो अनुभुति दियो मलाई त्यो बाटोले। 
तै जानू थियो मलाई । “जो होगा, देखा जाएगा” भनेर सिटबाट पर पर पर कहिले त्रिशुलीको पानीको छाल त कहिले हरिया पाखामा आँखाहरू चर्न पठाए। केही दृश्य निक्की मीठो लोकल कुखुराको मासु जस्ता चोपिला थिए त केही अरूले खाएको जाँड जस्तो गन्हाउने। मेरा आँखाले मिठा मिठा चिज गाडी अघि बढ्दै गर्दा चर्दै गए। चरिरहे एक भाँतमा। 

हो मलाई थाहा छ मेरा आँखा मिठाउरे हुन म चाहिँ त्यत्ती मिठौरे होईन । म भोक मीठो भन्ने कुरा सय प्रतिशत मान्छु। मात्रै गुन्द्रुकको झोलसँग दुई थाल भात खाएको मेरो जिब्रोले सम्झिन्छ अझै पनि बेला बेला।

यसरी त्यो थ्रोतो गाडीसँग कोर्कोमा दुधेबच्चा हल्लेको जस्तो गरेर त्रिशुली पुल तरी नुवाकोट पुगें त्यो पनि एउटा साहित्यीक भेटको लागि। अझै भन्दा भोलि पल्ट म यूएई फर्किनु पर्ने थियो। झोला साथैमा लिएर हिँडेको थिए। म जानू पर्ने मेरो मुख्य गन्तव्यलाई गौण बनाई साहित्यिक भेटलाई मुख्य बनाउन म बद्य भएँ। यहि होला सायद लगाव भनेको साहित्यको। 

विदुरमा यसै साहित्यिक गतिविधि मार्फत् नजिकिएकी बहिनी सुमी हामीकाई तिहारमा आएको दाईलाई जस्तै कुरेर बसेकी थिईन लाग्यो उनको लगाव झन मेरो भन्दा दोब्बर हो। नभए कोहि किन बाटै भरी घण्टा घण्टामा फोन गरेर कुन ठाउँ आई पुग्नु भो भन्थिन र झै लाग्छ। 

मैले लगेको झोलामा बहिनीलाई दिनु पर्ने कोसेली केही थिएन त त्यो प्रोग्रामको निर्णय छिटो र मलाई बोलाहट ढिलो भएकाले चाहेर पनि केही लिन र लग्न पाइन बैनीलाई।

उनैको घरमा म झोला बाटैको दोकानमा राखेर पुगें उनी सङ्गै उनका साथी गाउने बैनीसँगै । अर्कि सिसुपाल फुच्ची थिईन फेसबुकबाट चिनेकी निक्कै जोक गर्ने ती पनि भेटिईन त्यहीँ । मलाई घरबाट लामो यात्रा गरि फेरि घरै पुगेको अनुभुति भयो। यस्तो अनुभुती बिरलै हुन्छ कसैलाई सायद।

मैले अकबरे खुर्सानीसँग सुमि बहिनीको दुईथाल हलिभाग भात खाए लाजै नमानी। अरूपनि थिए उनले खुवाउनु पर्ने भन्ने प्रवाह मेरो पेटले गरेन थकाई उस्तै भोक उस्तै थ्यो आतिथ्यता झन कति हो कति मेरै दिदिबहिनीले भन्दा उनले धेरै धेरै धेरै कति हो कति धेरै गरिन।

त्यति कोमल हृदयका नारीहरू भेट्न सजिलो छैन।

कार्यक्रम भयो म हाफ जाँगे लगाएर कुनै पनि औपचारिक प्रोग्राममा सहभागी भएको त्यही पहिलो हो। अँ एकपटक बरू मैले काम गर्ने युएईको होटेलमा जि एमबाट कदर पत्र ग्रहण गर्दा पनि जागेनै लगाएको भने थिए। त्यसलाई पहिलो माने यो दोश्रो हो। मैले जागे पाइन्ट नभए नलगाएको कतई होइन फेरि म सोच्छु परिचय नयाँ तरिकाले होस्स । नाम सम्झिने कम हुन्छन् कान्छेहरू तपाईंको लिवाजले धेरै महत्व राख्छ। मैले कोट पाइन्ट पनि लगाउन नसक्ने चाहिँ होइन त्यो छुट्दा कसैलो मत्लब हुँदैन। नयाँ पहिरनमा नयाँ मान्छे पस्थित हुँदा सबैको मनमा बस्न सकिन्छ …. त्यो जाँगे लाउने मान्छे को हो भनेर जान्ने उत्सुकता जाग्न सक्छ त्यहाँ पनि जाग्यो होला । भलै मैले दिएको प्रस्तुति स्तरिय थिएन होला।

नुवाकोटको त्यो साहित्यिक प्रोग्राममा वाचन गर्नेहरूमा मेरो मनमै बस्ने गरि बिराला सुनाउनु हुने गुरु हुनुहुन्थ्यो जयदेब गोविन्द। छन्दमा त्यत्तिको शिल्पीकला भने उहाँ भन्दा अर्को नुवाकोटमै त छैनन् कि। 

त्यसरी गुरु जयदेव गोविन्दका बिरालाहरू सम्झिदै अब म र अर्का मेरो अत्यन्तै प्रिय वाचन बादसाह रेडियोकर्मी अच्युत घिमिरे बुल्बुल एक छिन गफियौ । कार्यक्रम सकियो यसो घुम्न मन लाग्यो मलाई सायद उहाँलाई पनि ।

साँझै त होईन त्यस्तै ५ साँढे पाँच भएको हुनुपर्छ । गजलकार भाइ कविन्द्र जो पुलिस पनि रहेछ श्रीधरसँगै हामि जाने भैयो। बेलुकी पख कार्यक्रम सकिएपछि म पियक्कडले जाउँ घुम्न भन्दा त्रिशुलीको माछा खुवाउने भए झै मनमनै सोचें। त्यो नभए पनि सेकुवा मम त पक्का होला भलै मेरै गोजिको पैसा नजाओस। म त्यो सोच्दै थिए र बाइकमा बसियो म संग परिचय नै नभएका अर्का भिमसेन थापाको घरसम्मको रहेछ यात्ता। दौडिएको सर्पको चित्र अनुभव गर्न सकिने खालको बाटो त्रिशुली तरेर हामी भिमसेन थापा दाइकोमा पुग्यौं।

म अच्युत दा श्रीधर र कविन्द्र। जीवनमा धेरै मान्छे भेटिन्छन् । मान्छेका शोक रकम रकमका हुन्छन् । त्यस्तै तर अलिक अझै भिन्न मान्छे मैले त्यो दिन भिमसेन थापा दाईलाई पाए। कस्तो कस्तो बेग्लै खाले सोचाई जीवन जिउने तरिका अचम्म लाग्यो। 

भिम दाईको घर बाटो मुन्तिर तर बाटोतिर मोहोडा नभएको थियो । आँगन मुडा सबैलाई दिदै उहाँले बस्न भन्नू भयो। आँगन अघि कागतिको झ्याङ्ग अनि अरू अरू रुखहरू थिए। रुखमा एउटा केही अनौठो चिज देखियो पुराको पंखाको  डाइनोमा हाली उहाले आफै बनाएको लाइट रहेर। कस्तो शृजनसिलता जस्तो लाग्यो।

एकछिन त्यही बसेर गजल सुनायौ हामीले पालै पालो खासमा भिमसेन सुन्ने श्रोता मात्रै हुनुहुदो रहेछ र आवाजका बादसाह अच्युत दाको फ्यान मैले नि सुनाए गजल भनेर केही भावना काँक्रो खाँदै। दिउँसो खाना खाएको भएर भोकै त  त्यति थिएन तर । उहाँको त्यो आतिथ्यताले भोक जगाएको हो। त्यसपछि भिम दाईले ल मेरो कोठा हेरौं भन्नू भो। कस्तो कस्तो शौख मान्छे का उहाँ आर्टिस्ट पनि हुनुहुँदो रहेछ । भित्ताको रङ्ग पंखाको रंग उहाले गरेको विश्वका हस्तिहरूको दस्तखतको चित्र …….अरू अरू धेरै चिज बुद्दको दुर्लभ मुर्ति …अच्युत दाईले बोल्दै त्यसको भिडियो बनाएको याद छ मलाई। 

एकछिन गफियौ  हामी  र उनै उकालो लाग्ने भयौ। खासमा भिम दा  टुरिष्ट गाइड हुनुहुँदो रहेछ । उहाँले उकालो लग्नै लाग्दा यी ढुङ्गाहरू देख्नु भो भनेर केही गिटी जस्ता लाग्ने खोलाका ढुङ्गा देखाउनु भो। मलाई कौतुहलता जाग्यो। यी अहिले कस्तो कलरका छन । हाम्रो उत्तर केही आएन। पानीको पाइप नजिकै थियो  ल हेर्नुस अब…….. हामी आस्चर्यमा पर्‍यौं। ती गिट्टिको रङ पुरै बदलिएको थियो। यो मैले एक एक गरेर खोला बाट ल्याएर राखेको ….. भिम दा बोल्नु भो।

मैले मनमनै सोचे पत्थरहरूमै रङ्ग देख्ने मान्छेले जीवनमा कति रङ्ग देख्छ होला । कति हो कति छ जीवनमा रङ्ग वाह भिमसेन दा जीवनदेखि वैराग भएकाहरूलाई तपाईं पत्थरको रङ्ग देखाउने काम गर्नु होला मैले यहि मनमनै सोचें।

त्यसपछि हामी डाँडामा उक्लियौ अनि हेरौ नुवाकोटको उर्वर भुमी भिम दा भन्नू हुन्थ्यो। त्यो नुवाकोटको सबै भन्दा ठूलो फाँट रे ।

र त्यो मुन्तिर मैले देखे मेरो जीवनमै ठूलो बरको बोट ।।।लाग्यो त्यो ठूलो बरको रुखले भिमसेन दालाई सहर नजा मेरो जरूवाको पानी खा घडा भरेर छोड प्रकृति संग रमा तेरो साथी सारथी यहि हो भनिरहेको थियो। र त उहाँ चराहरू रुखबिरुवा हरूको निक्कै पात पतिङ्गर र पत्थरको साथी भएर अर्गानिक हाँस्नु हुँदो रहेछ।

मलाई लाग्छ हरेक यात्रामा एउटा गुरु भेटिन्छ, नभेटे भेटियोस्  । ऊ संधै प्रेरणा श्रोत बनोस् जीवनमा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top