२०७७, ८ माघ बिहीबार

लकडाउन

केशव गजुरेल     बैशाख १४ २०७७ १९:०९


District Cooperative Union Notice
Bachchhaladevi Suppliers

keshab gajurel oskar international collect flim maker

सदाझैं, काठमाडौंका ठिटलाग्दा दिनचर्यासंगै आफुभित्रको अव्यक्त र असन्तोष आत्मग्लानीलाई खुईलिएको प्यान्टको गोजीभित्र हालेर रत्नपार्कतिर भौंतारिरहेकाको थिएँ। एक अँजुली साँझ पश्चिमतिर पोखिंदै थियो। वातावरण विस्तारै ध्वनिरहित हुँदै थियो क्यारे! छिटो छिटो पाइला चाल्दै म ड़ेंरामा पुगे। लुगा फेरें। मुखको मेडिकल माक्स खोलें। मेडिकल माक्स एक पटक लगाए पछि अर्को पटक लगाउन हुँदैन भन्छन् । तर सातै दिन दश रुपैयाको माक्स फेरेर लगाउन सत्तरी रुपैंयाँको जोहो गर्न नसक्ने मेरो मर्का कसले बुझिदिने? सुत्ने पलंगमाथि किताबहरु थिए छरपष्ट। छेउमै थियो पढ्दा पढ्दै छोडेको मार्क्सवाद। माक्स खोलेर त्यही किताब माथि राखिदिएँ। चिर विश्रामको निष्कर्षमा पुगेर काठ जस्तो शरीरलाई थन्काएर लामो सास फेर्ने मनसायले खाटमा पल्टिए । कुनै समय नौलो रहर बनेर अँकुरित भएको फेसबुकको झ्याल खोलेर चियाउन थालें म, अन्लाईनका डिलडिलमा। “पर्सिबाट नेपाल लकडाउन हुँदै” न्युज फिड भरि सल्बलाउन थाले। घरबाट फोन आयो-” लकडाउन भए देखि घर आईज।”

किचेनमा गएँ। रंग खुईलिएको एउटा किचेन र्‍याकमाथि खिया लागेको ग्यास चुलो, जुन केहि दिनदेखि रातो बल्दै सिलिण्डर खालि हुँदैछ भन्ने संकेत दिन थालेको थियो। कोरिएर, ठोकिएर चोट नै चोटले ग्रस्त भएको पानीको जार, पानी प्यास लागेर व्याकुल भईरहेको थियो । अन्य भाँडाकुँडाको हालत पनि उस्तै, कसैलाई खडेरी लाग्दै थियो। कसैलाई भोकमरी लाग्दै। त्यही बेला मैले गोजी छामे, गोजीमा आर्थिक मन्दी लाग्ने पक्का थियो। तब सोँचे- “घर जानै पर्छ। भोलिनै।

हल्ला सुनिन थालें- “टिकट पाइदैन, बस छैन। सबै प्याक। घर त जसरि पनि जानु पर्छ। काठमाडौँ बसेर काम नै छैन। मरिन्छ यहाँ त। अब भोकमारी लाग्छ यहाँ त।” यस्तै यस्तै।

घाम उठ्नु अगाडि नै उठेर टिकट पाउने झिनो आशा बोकेर टिकट काउन्टर पुगें। काउन्टर खुलेकै थिएन। उभिरहे। एकछिनमा काउन्टर खुल्ने बित्तिकै म अगाडी गएर उभिए। मेरा पछाडी अरु मानिस उभिन थाले। पछाडी फर्केर हेरे खुशी लाग्यो। हाँस्न मन लाग्यो तर हाँसिन। घाम बल्ल उदाउँदै थियो। “दाई दुइटा टिकट दिनुन त्रिशुली जाने।” कुरा सुन्दै, बुझ्दै र बोल्दै जाँदा बल्ल बल्ल घाम अस्ताउने बेलातिर जाने गाडिको अन्तिम सिटको टिकट पाए। समय पनि अस्वभाविक बगिरहेको थियो। टिकेट गोजीमा राखेर म छिटोछिटो डेरा तर्फ लागे। बाटोमा जाँदा जाँदै मेरो अवचेत मनमा एउटा कविता फुर्न खोज्यो।

सरकार धमिलो छ
देश अँध्यारो छ
र संविधान च्यातिएको छ.……

यो भन्दा अगाडि सोच्न सकिन। तब लाग्यो- म भित्र कवि छ तर कविता लेख्न सक्दिन। सडकहरु सुनसान हुदै थिए। राजधानी छोड्नेको भिड सुरु हुँदै थियो। कोठामा पुगेँ । खाना खाएँ। अनि दिउँसोतिर लुगा प्याक गरेर बहिनि र म नेपालको भयंकर ईतिहास बोकेको एक टुक्रा काठमाडौँलाई हात हल्लाउदै अन्तिम सिटमा बसेर घर लाग्यौं।

घाम पनि सर्माउदै छिर्छ यहाँ तर अपार खुशीको घाम सान दिएर छिर्छ। एक हुल परिवारका गुँड यो। सहज छ, सुन्दर छ, सुविधा छ।

लकडाउनका दिनहरु घर (जन्मस्थान) मै बित्दै छन्। घण्टाघरको घडिको सुई ११:४५ मा टक्क रोकिरहेको छ। समय सबैतिर उस्तै छ। दैनिकी  उही। आफ्नो अगाडि लम्पसार पल्टिएको लकडाउनको दैत्याकार मोनोटोनस समयबाट अल्मलिन म वसन्त ऋतुको सहायता लिदै छु। भेडाका भुवा जस्ता बादलका टुक्राहरु, पहाडका काला टाकुराहरुमा लुकामारी खेल्दै छन्। हरिया हरिया पहाडका फरियाहरुले घेरिएको छ मेरो बस्ति। पागुर काट्दै गरेका कोइलीका कुहुकुहु, प्रेम साटिरहेका प्रेमिल ढुकुरका जोडिहरुका ढुकुर कुरका आवाज सुनेर कविता कोर्न खोज्छु तर पटक्कै सक्दिन। कविता लेख्न नसकेको रिस पोख्न नसक्ने म बबुरो फेरी एक्लै टोलाउँदै अगाडि पट्टि हल्लिरहेका रुखका पातहरु हेरेर टोलाउँदै सोच्न थाल्छु-: “कत्रा अग्ला अग्ला, घर हो कि महल या भवन। छानो हैन कौशी। कौशीको आकार आकाश जत्रो। यो गर्मिलो घाम छेके त हुने उज्यालै स्वाट्टै निलिदिने। सायद यस्तै हुदो हो काठमाडौँ। फरक त्यो काठमाडौँको घर। बडे बडे। बिशाल बिशाल। कोठै कोठाका। अग्ला अग्ला पर्खालहरु। भित्ताहरु, सिंगारपटार त झनै कति हो कति। झिलिमिली, झलमल्ल। सानदार छ, सुनसान छ, शुन्य छ, दुविधा छ। घाम कति बेला उदाउछ र कतिबेला अस्ताउछ कसैलाई थाहा छैन त्यहाँ। त्यो काठमाडौँको छेउमै छ मेरो जन्मघर। यहाँ, होचा छन् भित्ताहरु, गगन चुम्नी पर्खालहरुले ओझेलिएका। घाम पनि सर्माउदै छिर्छ यहाँ तर अपार खुशीको घाम सान दिएर छिर्छ। एक हुल परिवारका गुँड यो। सहज छ. सुन्दर छ, सुविधा छ। कोठाको सानो भित्तामा सजाइएका धमिला तस्बिरहरुले बोलिरहन्छन् – एकता। एउटै चुलोमा पाकेका परिकारहरुका स्वादमा हुन्न रे भिन्नता।”

सोच्दा सोच्दै सोच्न छाडेर फेरी टोलाउँन थाल्छु। भनिन्छ जीवन भनेकै अनुभव हो। जीवनको स्वरूप भनेकै सिकाई हो। सिक्नका लागि गुरु नै आवश्यक पनि पर्दैन। तर मैले केहि सिकेको छैन। एम्बुस थापेको राजधानीबाट केहि पर बसिरहेको छु। देश लकडाउनमा छ। बाहिरि वातावरण सुनसान छ। तर मन भित्र कोलाहाल मच्चिरहेको छ। पानि पर्ने मौसम। प्राय दैनिक रुपमा पानि परिरहन्छ। घर अगाडि मुल सडक छ। त्यही सडकमा दैनिक यो संकटको बेलामा आफ्ना प्राण बचाउने र परिवारसँग भेट्ने व्यग्र प्यासले मजदुरहरु हिंडिरहेका देख्छु। अनि लाग्छ ।

हाम्रो राजनीति कति निर्थक छ। लाचार छ। जम्मा एकपटक पाईने अमुल्य जिन्दगी सम्मानजनक ढंगले जिउन केहि आवश्यकता छन् । आधुनिक शिक्षा र स्वास्थ्यमा सहज पहुँच सर्वप्रथम मुख्य होला तर यस्तो संकटको बेला, ति खालि खुट्टा पैदल, भोक भोकै हिडिरहेका मजदुरहरुलाई देख्दा यस्तो नारा फगत फजुल हुन्। जात, लिङ्ग, धर्म, रंग, स्तर र पेसाका आधारमा कुनै विभेद र अपमान कसैले भोग्न नपर्ने अवस्थाले ईजत्तिलो सरकार सुनिश्चित गर्छ। तर यहाँ उल्टो भैरहेको छ। शिक्षित होस वा अशिक्षित आमनागरिकले कुनै विभेद र अपमान नभोगी वा महशुस नै नगरी श्रम गर्न वा आफ्नो क्षमता विस्तार गर्न पाए मात्र आर्थिक, राजनीतिक र संस्कृतिक रुपमा समाज गतिशील बन्छ। यदि यस्ता आधारभुत आवश्यकता पुरा गर्न सकिएन भने विकास र समृदिका नाराका के अर्थ? फजुल हुन्। यो मामलामा नेपालमा सर्वहाराका नारा सबै अर्थहीन हुन्। फजुल साबित भैसके।

फगत आकर्षक चुनावी घोषणा पत्र छपाउने प्रतिष्पर्धामा लिप्त भएको नेपालि राजनीतिले बिकास र समृदिको धुलो धेरै नै उडायो तर ठोस मुद्दामा प्रवेश गर्न कहिल्यै रुचि देखाएन। अत्याधुनिक रेल र खानीको गफ राम्रैसंग ठटायो। आधारभुत तहमा रहेका जनताका सेवा र गुणाबारे चिन्तन गरेन। नेपाली राजनीतिले बिशेष गरि समृदिका झुटा र कच्चा कथ्य निर्माणमा सिमित रहन मात्र सिकायो र सिक्यो। चुनावी दौरानमा घोषणा पत्रमा उल्लेखित समृदि र विकाश र कथानक नारा फगत सपना हुन्। ति सपना यी विपनाका शासकबाट पुरा हुदैनन्।

सुर्य अस्ताउछ नि:सन्देह चाहे झरीबादल लागोस् त्यहाँ, बतास चलायमान छ श्रृष्टीसंगत। कसले रोक्न सक्छ उसलाई? म भाग्दिन कहीँ। अथाह संसारको सिमाना छैन।

यस्ता अर्थहीन, भ्रष्ट, दुर्घन्दित राजनीतिको बारेमा के सोच्नु? दिनहरु यसैगरि बित्दै छन्। पानी परिरहन्छ। म घर भित्रै बसिरहन्छु। आफ्नै घरका यी भित्ताहरु हेरेर सयौ पटक उदाशीमा टोलाएको थिए। यहि भित्तामा मुड्कीले हानेको थिए बेसुरमै। तर भितामा पोतिएका रंगहरुमा कहिल्यै ध्यान गएका रहेनछन मेरा। निशब्द म हेरिरन्छु घरको भित्ता। विवशता कुल्चेर मेरै अगाडी जगाउदैछ मलाई। लुकाउन नसकी ढल्नुको उस्को निश्चय अनि धराबपन, निरुत्तर मेरो मष्तिस्कभित्र मच्चिन थाल्छ तर्क वितर्क अनि द्वन्दहरु। यस्ता पट्यार लाग्दा कुराहरुबाट केहि सम्हालिदै फेसबुकतिर लम्कन्छु। फेसबुक पनि कति चलाउनु? हिजोआज फेसबुक अघाएर घाँटीसम्म ढ्याउ काट्छु। ढ्याउ काट्दै फेरी यसबाट पनि अल्मलिन पुन फर्किन्छु उही रुखका हल्लिरहेका पातहरु हेर्न। फूल ओईलाएर झर्छ चुपचाप। चन्द्रमाले आफ्नो चक्र पूरा गर्छ। आकाश बर्षिरहन्छ कुनै गुनासो बिना। सुर्य अस्ताउछ नि:सन्देह चाहे झरीबादल लागोस् त्यहाँ, बतास चलायमान छ श्रृष्टीसंगत। कसले रोक्न सक्छ उसलाई? म भाग्दिन कहीँ। अथाह संसारको सिमाना छैन। कहाँसम्म भागूँ म? ब्रमाण्डको परिधिभित्र? म आफुलाई भोग गरिरहेछु। सिमित समयको लागि, कहाँ मिल्छ सन्तुष्टीको तक्मा? जसलाई पाउन म दौडधुप गरु! नियमबद्द समयको चक्रमा को छ अजय यहाँ? जसको अनुसरणमा, जसको उत्प्रेरणामा आफुमा छाउँदै गरेको अन्धकारलाई रोक्न सकूँ।श्रृष्टीको विलय कहाँ छ? यो माटो भन्दा पर? अरे आकाश अझै बर्ष तिमी पलपल यदि तिम्रो अस्तित्वको समाधि हो भने, म आफ्नो समर्पण श्रृष्टीलाई सुम्पौला कुनै सन्देह बिना, त्यो रोशनी, त्यो कुण्ठित किरण आश्रयको मनसाय तेर्स्याउन चाहन्छ ताकेर मेरो मनोवृतिमा। जब कि मेरो हजुर ले पसारोस प्रणाम! अब मेरो नि:शब्द मौनतामा बर्ष आकाश तिमी झरझर यदि तिम्रो र मेरो अस्तित्वको समाधि हो भने।

सरकार आजकल मलाई चन्द्र सुर्य अंकित झण्डादेखि पनि डर लाग्छ। किनभने त्यो झण्डा हाम्रो रहेन तिमीहरुको भएको छ। एउटा कारण छ सरकार मलाई चन्द्र सुर्य अंकित झण्डादेखि डर लाग्नुको

पानी परिरहन्छ नै दिनदिनै। हुरी पनि चल्छ। म घर भित्रै बसिरहन्छु यसैगरी। घण्टाघरको घडिको सुई ११:४५ मा टक्क अडिरहेको नै छ। मेरो दैनिकी यस्तै नै छ सधै। फेरी देख्छु उही पैदल हिडिरहेका मजदुर। उही भोकै हिडिरहेका मजदुर।

अनि मनमनै भन्छु-“सरकार आजकल मलाई चन्द्र सुर्य अंकित झण्डादेखि पनि डर लाग्छ। किनभने त्यो झण्डा हाम्रो रहेन तिमीहरुको भएको छ। एउटा कारण छ सरकार मलाई चन्द्र सुर्य अंकित झण्डादेखि डर लाग्नुको”, त्यो के हो भने नि- “वादको सम्वादमा आवाद रहेर आफ्नै धारको पटपट पड्काईमा अरुलाई बर्बाद पार्ने होस् वा ढाका टोपी, कोट, दौरा सुरुवाल ढल्काएर नाङ्गो जिउको चमत्कार देखाउने होस् या गेरु बस्त्र पहिरेर न्यायको स्वास फेर्ने भन्दै बन्दुक पड्काउने होस्।” खैर जे होस् चार तारे झण्डा र गोलाकार भित्र हैसा हतौडा अंकित झण्डासंग घुलित भएको सुर्य अंकित अर्को क्रान्तिकारी झण्डा नै मुख्य कारण हो, म चन्द्र सुर्य अंकित झण्डासंग डराउनुको।

फेरी यस्तै फाल्तु अर्थहीन कुराहरु सम्झिन पुग्छु। यस्ता अर्थहीन अनुभवहरुलाई स्वीकार्दै पनि के बस्नु जिन्दगीमा? छाड्देउ भयो। फेरी पानी पर्न थाल्यो। कोईली कराउन थाल्यो। एउटा कविता लेख्न कोशिस गर्छु। शिर्षक सोचेको छु “मसानघाटमा निदाईरहेको मेरो सरकार।” कतै लेख्न सकिहाल्छु कि?  सकिन भने फेरी आउँला यस्तै अर्थहीन कुराहरु बकबक गर्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया



Top