२०७७, ११ आश्विन आईतवार

असार २९ र भानुभक्त आचार्य

डबली खबर     असार २७ २०७६ २३:४०



bhanubhakta acharya bhanu jayanti

भानु जयन्ती नेपाली भाषा साहित्यको क्षेत्रमा श्रद्धापूर्वक मनाइन्छ – आदिकवि भानुभक्त आचार्यको सम्झनामा । असार २९ मा नेपालका साथै अमेरिका, बेलाायत, जापान, भारतलगाायतका मुलुकहरुमा विविध साहित्यिक गतिविधि सञ्चाालन गरिन्छ । राजा पृथ्वीनारायण शाहले सिङ्गो नेपालको एकीकरण गरे भने भानुभक्त आचार्यले कविताामार्फत् नेपााली जातिलााई साँस्कृतिक र साामाजिक रुपमाा एकीकरण गरेका थिए ।

भानुभक्त आचार्य प्राथमिककाल (१८२६–१९४०) का नेपाली कविहरूमध्ये सर्वश्रेष्ठ कवि हुन् । उनीलाई भक्तिधारा (१८७३–१९४०) का सबभन्दा नेपालका ठूला कवि पनि मानिन्छन् ।

जो कोही व्यक्तिले धेरै विद्या आर्जन गरेर मात्र ऊ विद्वानको रूपमा सुपरिचित हुनका लागि आफूले अध्ययन गरेको कुनै विधा अर्थात् आफुले अध्ययन गरेको कुनै विधामार्फत जो कोही व्यक्तिको मानसपटलमा छुने गरी सरल सहज भाषामा अभिव्यक्त गरेका शब्द पाच्य हुन्छ अनि मात्र त्यस्ता व्यक्ति विद्वान्को दर्जामा गणना हुन्छ । यस्तो विद्लतम व्यक्तिहरूमध्ये एक थिए–आदिकवि भानुभक्त आचार्य । भाषाभक्त कविका रूपमा चिनिने भानुभक्त आचार्यले सम्पूर्ण नेपाली साहित्यको प्रतिनिधित्व गरेका हुनाले नै उहाँलाई आदिकवि भनेर चिनिँदै आएको छ ।

वि.सं.१८७१ को असार २९ मा पिता धनञ्जय तथा माता धर्मावतीदेवी आचार्यको कोखबाट पुत्ररत्नको रूपमा तनहुँ जिल्लाको बेसीमाथि जन्मिएका भानुभक्तले सानै उमेरदेखि साहित्यिक वातावरणमा हुर्कने मौका पाएका थिए । उनका बाजे श्रीकृष्ण आचार्य संस्कृतका धुरन्धर पण्डित थिए भने बुबा धनञ्जय आचार्य खरदार पदमा जागिर खाएकाले अन्यत्र जिल्लामा पनि गएर काम गर्नुपर्ने हुँदा भानुभक्त आचार्यको बाल्यकाल बाजे श्रीकृष्ण आचार्यका साथ जीवन व्यतित गरेका थिए । त्यसैबेला बाजे श्रीकृष्ण आचार्य काशी जादाँ भानुभक्त आचार्यलाई पनि साथ लिएर गएका थिए । काशीमा ५/६ वर्ष बसेकाले भानुभक्तले राम्ररी अध्ययन गर्न पाए । काशीमा नै आफ्नो बाजेको मृत्यु भए पश्चात् भानुभक्तलाई घर फर्कन बाध्य तुल्याइएको थियो ।

उनका बाजेको मृत्यु भएकाले व्याकरण साहित्य पूर्ण रूपमा शिक्षा हासिल गर्न सकेनन् । यिनीमा बाजेको अभाव खड्कियो । १२ वर्षको उमेरमा भानुभक्त ज्योतिष पढ्न ज्योतिषका गएका थिए ।

बाजेको धार्मिक र पारमार्थिक चरित्रको प्रभाव उनमा बालककालदेखि नै परेको थियो । काशीको बसाइ पश्चात् उनमा साहित्यिक लेखनप्रति अनुराग जाग्यो । फलत: उनले सानैदेखि पद्यरचना गर्ने प्रेरणा प्राप्त गरेका थिए । कविता लेख्ने क्रममा आफ्नो बाजेको सम्झना बढी आइरहेको हुँदा आफू (कवि) भएपछि बाजे श्रीकृष्ण आचार्यलाई प्राद्यान्यता दिएर आफ्नो परिचय कविताका माध्यमबाट यसरी दिएका थिए:

पहाडको अति बेस देश तनहुँमा श्रीकृष्ण ब्राम्हण थिया
खुब उच्चाकुल आर्यवंशी हुन गै सत्कर्ममा मनदेया
इन्को नाति म भानुभक्त हुँ यो जानिचिन्हि लिया ।

नेपाली साहित्यमा भानुभक्त आचार्य आदिकवि हुन् । उनीभन्दा अगाडि कविहरू नभएका होइनन् । यद्यपि, किन भानुभक्त आचार्यलाई नै आदिकविको उपनाम दिइयो त भन्ने विचार र प्रश्नहरू यदाकदा गुन्जने गरेको छ । त्यसताक इन्दिरस, बसन्त शर्मा, यदुनाथ पोख्रेल, सुवासचन्द आदि कविहरूमध्ये भानुभक्त आचार्यलाई नै आदिकविको उपनाम दिनुको औचित्य के होला ? भनी नेपाली साहित्यका विद्यार्थीहरूमा बारम्बार प्रश्न उठ्ने गरेको छ । तसर्थ, यसको समाधानका लागि आदिकविको तात्पर्यता र औचित्यतालाई बुझनु अति आवश्यक हुन्छ ।

भानुभक्तभन्दा पूर्वका कविहरूले प्रस्फुटन गरेका कविता सरल नभएको, बुझ्न नसक्ने, ठेट नेपाली शब्दको प्रयोग नभएको, अस्पष्ट, अन्य भाषाको प्राधान्य रहेको हुनाले नै आदिकविको उपनाम दिन नसकेको तर भानुभक्तका कवितामा ठेट नेपाली शब्दको प्रयोग, शब्दहरू सरल, सहज थिए ।

त्यस्तै, साहित्यिक स्तर मर्यादा र गरिमासहित नेपाली भाषाको प्रतिष्ठान गरे। उनी स्वार्थरहित राष्ट्रवादी कविका रूपमा स्थापित छन् । यिनको कवितामा बाैिद्धकता भन्दा हार्दिकता बढी पाइन्छ । यिनै विविध गुणहरूले गर्दा नै भानुभक्त आचार्यले अध्यात्मक रामायणको बालकाण्डको नेपालीमा अनुवाद गरिसकेका थिए । तसर्थ, नेपालको इतिहासमा सम्पूर्ण नेपाली भएर देखा पर्ने कवि भानुभक्त आचार्य नै हुन् । नेपाली भाषाको अद्वितीय रूपमा पाइने बोलीचालीको मिठास, सरलता र स्वभाविकताले गर्दा सबैका आत्मीयता र ममता जगायो । उनले लेखेको रामायण घर आँगन र चाडपर्वमा गाउन थालियो । संस्कृतको रामायण महाकाव्यलाई आधार बनाए तापनि प्रशस्त मौलिकतासाथ प्रस्तुत गरे । उनले रामायणको लेखन भीमसेन थापाको पतन पश्चात् सुरूवाती गरी जङ्गबहादुर राणाले शासन हातमा लिए पछि अन्त्य गरे । रामायणमा सात काण्ड समाबेश छन् । शार्दूलविक्रीडित, शिखरिणी, मालिनी र सुग्धराजस्ता छन्दको गीतिलयमा प्रस्तुत गरिएको छ । संस्कृत, तद्भव र आगन्तुक शब्दको प्रयोग भएको रामायण नेपाली साहित्यमा सर्वोत्कृष्ट कृतिको रूपमा लिइन्छ । नेपाली भाषाको प्रचारप्रसारमा विशिष्ट योगदान पु-याएको र नेपाली भाषालाई गरिमामय स्थान प्रदान गर्ने भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिककालका बिर्सनै नसकिने प्रतिभा हुन् । उनीद्वारा रचिएका महाभारतभित्रका एक श्लोक:

गयो खान्या बेला मकन त मिल्यो राज्य वनको
भरत्ले राज् पाया यहिं बसि गरून् राज्य जनको
विदा बक्स्या जावस खुसिसित म जान्या छु वनमा
म चाँडै फिन्र्या छू विरह नहवस् कत्ति मनमा ।

वि.स. १८९१ सालमा एक दिन भानुभक्त आचार्य घाममा हिड्दै गर्दा थकित भएर एक खोलाको तिरमा आराम गरी बसे । भुसुक्क निदाएर उठ्दा खोलाको नजिकै एउटा घाँसी घाँस काटिरहेका भानुभक्तले देखे । उनले किन घास काट्नु भो भनेर सोध्दा घासीले जवाफ दिए ‘‘घास बेचेर आएको पैसाले एउटा कुवा खनाई धर्म कमाउछु’’ । यस्तो कुरा सुनेर भानुभक्त आचार्य अचम्मित भए । तत्कालै एउटा कविता कोरे:

भर्जन्म घाँसतिर मन्दिइ धन् कमायो ।
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भैकन आज यस्तो ।।

भानुभक्तका बुबा धनञ्जय आचार्य त्यसताक माल अड्डामा जागिरे रहेका र बुबा जागिरे भएको बखतमा हिसाबकिताब नमिलेकाले र वि.सं. १९०९ मा बुबाको मृत्यु भएकाले बुबाको सट्टामा भानुभक्त आचार्यलाई कुमारी चोकमा पाँच महिना नजरबन्द बस्नुपरेको कुरा मोतीराम भट्टले जनाएका छन् । जेलमा अयोध्याकाण्ड, किस्किन्धाकाण्ड र सुन्दरकाण्डको रचना गरे । त्यस पश्चात् नजर बन्दबाट मुक्ति पाएर काठमाडौँमा नै उनले युद्धकाण्ड र उत्तरकाण्ड तयार पारी वि.सं. १८१० सालमा रामायणको लेखन कार्य सबै पूरा गरे ।

भानुभक्त जेल परेकै बेलामा आफ्ना छोराको व्रतबन्धमा जानका लागि प्रशासनसँग विन्ति गरी कविता यसरी लेखेका थिए:
बिन्ती डिट्ठा विचारीसित
म कति गरू चुप रहन्छन् नबोली
बोल्छन् ता ख्याल् ग-या झै
अनि पछि दिनदिन् भन्दछन् भोलिभोलि ।

जुनसुकै समय र विषयवस्तुमा कविता लेख्न सक्ने भानुभक्तले स–साना श्लोक, छोटो कविता र लामा कविता लेखेका छन् । विशेष गरेर ईश्वर र अध्यात्मिक दर्शन र नीति उपदेशका कुराहरू यिनका कवितामा पाइन्छ ।

भानुभक्त आचार्यका प्रश्नोत्तरी, भक्तमाला, रामगीता आदि अन्य कृतिहरू प्रसिद्ध छन् । त्यस्तै गरी एकै रातमा सासूबुहारीको कलहलाई देखेर ३३ पद्यको बधूशिक्षा लेखेकाले नै महाकवि लक्ष्मीप्रसाद देवकोटाले भानुभक्तलाई नेपाली साहित्यका सर्वश्रेष्ठ पुरूष भनेका छन् । बधूशिक्षाका केही श्लोक:

एक् थोक् भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापति ।
तिम्रा ई जाति छन् जहानहरू ता लड्नया रह्रया छन् अती ।।

सुन्यां दन्त बझान आज घरको कर्कर्ग-याको उसै ।
भर्रात् जाग्रनझैँ गयो मकन ता लागेन आँखा कसै ।।१।।

धन् इजत् र कमाइ देख्छु बढिया छैनन् कुनै चीज् कमी ।
बूहारी यदि कर्कशा हुन गया क्या धर्मरौला तिमी ।।

साह्रै झोक उठ्यो मलाइ र बधूशिक्षा बनाञा पनी ।
यसले पत्नि बुहारि छोरिहरूको तालिम् गरौला भनी ।।२।।

हुन त अतिथी हूँ यस् विन क्या छ खाँचो ।
तर पनि त म भन्छु मित्र हवौ जानि साचो ।।

घर चतुरइँ गर्छन् बुद्धिमान्को अगाडी ।
बखत चुकि दिंदामा हुछ काहां पछाडी ।।३।।

उनले वि.स.१९१० मा लेखेको प्रश्नोत्तरमा ४८ श्लोकको खण्डकाब्यबाट लिइएका बीच बीचमा आर्धश्लोक जोडि मिलाई संवाद शैलीमा चार/चार हरफमा १३ श्लोक छन् । श्लोक संस्कृत वर्णमात्रिक छन्दका ढाँचामा लेखिएको छ । जस्तै ः

कुन धर्म हो स्वर्ग पु-यायिदिन्या
तेस्तो अँहिसा छ बुझेर लीन्या
जागा कउन् हो कसरी उ जान्या
जा सत्–असत्को छ विवेक गन्या ।।

० ० ०

कुन चीज छ चञ्चल यहाँ क्षण एक घरीको ?
आयुष्य यौवन बुझ्या बिजुली सरीको ।
कुन् दान् ठहर्छ अति मुख्य यहाँ ग-याको ?
जुन् दान् छ पात्रहरूका मुखमा प-याको ।।

प्रश्नोत्तर कविताको मुख्य सन्देश नै नीति चेतनाको प्रवाह गर्नु हो भने यस कवितामार्फत भानुभक्तले दर्शन चेतना प्रस्तुत गरेका छन् । मानव भएपछि नैतिक र चरित्रवान बन्नुपर्छ भन्ने सन्देश कवितामा उल्लेख गरेका छन् । बसन्ततिलका, उपजाति र इन्द्राबज्राजस्ता छन्द प्रयोग गरिएका प्रश्नोत्तरमालामा १३ वटा श्लोक समाबेश छन् । पूर्वीय दर्शन, धर्म, संस्कृति, शिक्षा र साहित्यलाई आधार बनाएर नैतिक मूल्य र मान्यतालाई विषय बस्तु बनाएर लेखेका छन् । मानव जीवन उपयोग हुने अध्यात्मक दर्शनसँग नैतिक उपदेश समेटिएको छ । मानवले सत् तथा असत् छुट्याउनु सक्नु पर्ने भाव कवितामा ब्यक्त गरिएको छ । समाजमा परोपकार गर्नु पर्ने भावनाका साथै मानवमा व्यस्त लोभ, लालच, का्रेधजस्ता त्याग्नु पर्ने जोड कवितामा ब्यक्त गरेका छन् :

कस्लाई हो शत्रु धनेर जान्नु ?
आफ्ना दशै इन्द्रिय शत्रु मान्नू ।
कस्लाई खुव् मित्र भनेर मान्नु ?
जीत्या तिनै इन्द्रिय मित्र मान्नू ।

० ० ०

कुन हो जति दियो उति बढ्न जान्या ?
बिधै रहेछ बुझि निश्चित तेहि मान्या ।
कुन् काम हो अति डरायर दूर सार्नू ?
लोकापवाद् छ घटिया कहिल्यै नधार्नू ।

पढेलेखेका मान्छे उज्यालो हो भने अनपढ मान्छे अँध्यारो हुन्, पढमूर्ख हुन्, पशु सरह हुन् । विद्याले आफ्नो जन्मदिने आमाले जस्तै सुख दिन्छ । विद्यामा जति खर्च गरे पनि सकिदैन । बरू बढ्दै जाने छ । तसर्थ, मानव जीवनमा विद्याको महत्व अपरिहार्य छ भन्छन् भानुभक्त:

माता सरी सुख दिन्या कुन चिज छ जान्नु
विद्यै छ त्यस्तो अरू कौन खोज्नू ।

भानुभक्तलाई हास्यब्यङ्ग्य चेतना भएको कविको रूपमा पनि लिइन्छ । अन्याय नसहने र अन्याय परेमा प्रतिरोध गर्न समेत पछि नपर्ने भाव कवितामा पोखेका छन् । यदि कसैले अन्याय सहन छ र प्रतिवाद गर्दैन भने त्यो व्यक्तिलाई लाटोको संज्ञा दिएका छन् । समाजमा देखिएका ब्यतिथिलाई तिखो व्यङ्ग्य प्रहार गर्न पनि पछि परेका छैनन्:

‘‘रोज् रोज् दर्शन पाँउछु चरणको, ताप् छैन मनमा कछु
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी, ठूला चयन्मा म छु
लामखुट्टे उपियाँ उडुस् यी सँगी छन् इन्कै लहडमा बसी
लामखुट्टेहरू गाउँछन् यी उपियाँ नाच्छन् म हेर्छु बसी’’ ।

अन्तत, भानुभक्त ज्वरो आई थला परे । निकै नै लामो समय ज्वरो आएको हुँदा उनी सिकिस्त भए । त्यसबेला उनले रामगीताको पद्यानुवाद गरे । वि.स.१९२५ मा तनहुँको सतीघाटमा भानुभक्त आचार्यको मृत्यु हुन गयो । यद्यपि, भानुभक्तको मृत्यू भएको आज २०५ वर्ष भइसक्यो तर उहाँ हामी सामू नरहे तापनि उहाँले छोडेर गएका कृतिहरू जीवित छन् । प्रत्येक नेपालीले भानुभक्तलाई ठूलो सम्मान र श्रद्धासुमन दिँदै आएका छन् र दिई नै रहनेछन् ।

(लेखक: नुवाकोट आदर्श बहुमुखी क्याम्पस, सञ्चालक समितिका अध्यक्ष हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top