२०७७, ७ आश्विन बुधबार

बयान, वर्णन र विवरणको भारीले थिचिएर कविताहरु विखण्डित: नवराज लम्साल

डबली खबर     असार १५ २०७६ ००:१९



journalist nabaraj lamsal

विदुर / अहिलेका साहित्यकारहरुको सिर्जनालाई इंगित गर्दै लम्सालले भने “बयान, वर्णन र विवरणको भारीले थिचिएर कविताहरु विखण्डित भएका छन् ” वरिष्ठ सञ्चारकर्मी तथा कवि डा. नवराज लम्सालले बताएका छन् ।

नुवाकोट साहित्य प्रतिष्ठान नेपाल र कवि पं नरेन्द्रनाथ रिमाल वाङमयनिधिको संयुक्त आयोजनामा भएको साहित्यिक गोष्ठीमा डा. लम्सालले उक्त भनाई राखेका हुन् । अहिलेका स्रस्टाहरुको कलम सहि पथमा नभएको डा. लम्सालले बताएको हो ।

कविताका नाम अहिले विभिन्न गैर तथा अन्तर्राष्ट्रिय सरकारीहरुले आफ्नो मुद्दालाई साहित्यका मध्यमबाट सेटिङ गरेको लम्सालले आरोप लगाए । अधिकारको नारा बोकाएर कविहरुलाई अधिकारको नारा लेखाएर कविहरु आज आक्रान्त भएको र कविको सिर्जनामा कुनै जातीय, दलीय, क्रान्तिको बिकुल फुकेर कविता सिर्जना गरेकोमा दुखी भएको बताए । “हृदयले होइन हृदय भत्किएर मस्तिष्कले साहित्यले अबको केहि समयपछि कविको सिर्जना, राजनैतिक दलका नेताले भाषण, अखबारमा लेखिएको फिचर समाचारको शिर्षक र रेडियो/टेलिभिजनमा बज्ने रिपोर्टमा कुनै फरक नहुने बताए ।

नुवाकोट साहित्य प्रतिष्ठान नेपालले महामण्डल साहित्यबाट कवि तथा पत्रकार डा. नवराज लम्साल (धादिङ), कमला तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट जीवानाथ धमला (ओखलढुंगा) र महामण्डल युवा साहित्य सम्मानबाट बिना थिङ (नुवाकोट) लाई सम्मान गरिएको छ ।

१२औं वार्षिकोत्सवको अवसरमा उक्त सम्मान गरेको प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले बताए ।

त्यस्तै, कवि पं नरेन्द्रनाथ रिमाल वाङमयनिधिले महाकवि नरेन्द्र स्मृति दिवस, स्रस्टा सम्मान तथा काव्यसम्मेलनको अवसर पारेर नरेन्द्रनाथ रिमाल वाङमयनिधि प्रतिभा पुरस्कारबाट त्रिभुवन विश्व बिद्यालयको स्नातकोत्तरतह नेपालीमा जीपीए ३.६१ ग्रेड प्राप्त गरेका सुभद्रा पौडेल (नवलपरासी) लाई २५ हजार १ नगद राशीसहित कदरपत्रले सम्मान गरेको छ ।

नरेन्द्रनाथ वाङमय काव्य सम्मानबाट नेपाली साहित्य क्षेत्रमा पद्य कविता रचना गर्ने विशिष्ट व्यक्त्वो मध्येबाट कवि प्रहलाद पोख्रेललाई १० हजार १ सय १ नगद राशीसहित कदरपत्रले सम्मान गरेको छ ।

त्यस्तै, कवि पं नरेन्द्रनाथ रिमाल वाङमयनिधिले एसईई परीक्षामा नुवाकोटबाट उत्कृष्ट तथा समान अंक ३.९५ ल्याउने एकल रिमाल (अर्किड एकेडेमी), पृथ्वी माविका रश्मी पनेरु र निशा गजुरेललाई ५ हजार नगद राशीसहित प्रशंसापत्रले सम्मान गरेको छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा सम्मानित स्रस्टा तथा विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि वाल्मीकि विद्यापीठका प्रा. पुरुषोत्तम दाहाल, विशेष अतिथि नेपाली केन्द्रीय बिभाग त्रिबिका प्रा. डा. देवीप्रसाद गौतम र नरेन्द्रनाथ रिमाल वाङमयनिधिका अध्यक्ष डा. भूपहरि पौडेलले संयुक्तरुपमा सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top