२०७७, १४ आश्विन बुधबार

कुमारी लामाको “उज्यालो अन्धकार” माथि अन्तरसंवाद

डबली खबर     जेष्ठ ४ २०७६ १७:००



kumari lama essay book

विदुर / नुवाकोटको विदुरमा कुमारी लामाद्वारा लिखित “उज्यालो अन्धकार” निबन्ध संग्रहमाथि अन्तरसंवाद भएको छ ।

नुवाकोट साहित्य प्रतिष्ठानद्वारा आयोजित अन्तरसंवादका प्रमुख अतिथि रामकृष्ण भट्टले लामाको लेखनले नुवाकोटका महिलाहरुलाई लेखनमा प्रेरित गर्ने बताए । त्रिशुली वाङ्मय प्रतिष्ठानका कोषाध्यक्ष एवं कवि लक्ष्मी रुम्बाले निबन्धकारको बारेमा जानकारी गराएका थिइन् ।

टिप्पणीकारद्धय रामप्रसाद चालिसे र मुकुन्दराज अर्यालले संग्रहमाथि टिप्पणी गरेका थिए । टिप्पणीकार अर्यालले वर्तमान परिस्थिति कठपुतली बनेको व्यङ्ग्य निबन्धमा पाइएको उल्लेख गरे । टिप्पणीकार चालिसेले निबन्धमा आञ्चलिकता प्रयोग गरेर नेपाली सामाजिक परिवेशको स्पष्ट उल्लेख गरेकोमा निबन्धकारलाई बधाई दिए । उनले परदेशिएको पीडासँगै नेपालको वर्तमान परिवेश समेटिएकोमा गौरवसमेत गरे ।

यसैगरी अन्तरपार्टी महिला सञ्जालका पूर्व अध्यक्ष विन्दा अर्यालले निबन्ध क्षेत्रमा महिला लेखन औलामा गणिने मध्ये एक कुमारी लामा भएकी बताइन् ।

प्रतिष्ठान संस्थापक अध्यक्ष एवं साहित्यकार श्रीराम श्रेष्ठले फरकफरक विधाका साहित्यकारहरुलाई निम्त्याएर छलफल र सम्मान गर्दै आइरहेको जानकारी गराए ।

निबन्धकार लामा छत्रे देउराली धादिङका स्थायी बासिन्दा हुन् । उनीले लामो समयदेखि निबन्ध विधामा कलम चलाउनुका साथै पुस्तकहरुको समिक्षा समेत गर्दै आइरहेकी छिन् । २०७१ मा प्रकाशित ‘उज्यालो अन्धकार’ को दोस्रो संस्करण हालै बजारमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top