२०७७, १३ आश्विन मंगलवार

बृहत काव्य समारोह, उप्रेति सम्मानित

डबली खबर     जेष्ठ १३ २०७५ १८:१६



amar sahityik samman 2075

नुवाकोट/ नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजको आयोजना बृहत काव्य समारोह सम्पन भएको छ ।

अमरज्योति साहित्यिक सम्मान, अमरज्योति साहित्यिक पत्रिकाको ३७ र ३८ अंक विमोचन तथा वसन्त काव्य समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्व मसाप्रबन्धक तथा साहित्यकार मोहनकृष्ण उप्रेतिलाई नगद तथा सम्मानपत्र प्रदान गरिएको छ ।

समारोहमा नुवाकोटबाट कृष्णदेव रिमाल, मिलन थोकर, करण तामाङ, रामकृष्ण थापा, सुमित्रा सुमि लगायतको सहभागिता रहेको थियो । त्यस्तै समाजसेवी शिक्षाविद्/साहित्यकार छत्र बहादुर खडकाले नुवाकोट, रसुवा र उत्तरगयाधाम बेत्रावती, त्रिशूली नदीलाई समेटेर तयार पारिएको धार्मिक तथा ऐतिहासिकतालाई उजागर गर्ने कविता वाचनबाटै शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा मुकुन्द प्रसाद प्रसाई, पुण्य प्रसाद घिमिरे, केशव रुपाखेति, शारदा भट्टराई, सङ्गीता पौडेल, सुजाता थापा, कोमल कौसिक, शिशिर थापा, लक्ष्मण घिमिरे लगायतका स्रस्टाहरुले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नुवाकोट र रसुवा लगायत देशका विभिन्न जिल्लाका ४० जना भन्दा बढि साहित्यकार स्रस्टाहरुहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top