२०७७, ४ आश्विन आईतवार

लाङ्टाङ साहित्यिक यात्रा सम्पन्न (फोटोफिचर)

डबली खबर     जेष्ठ ५ २०७५ ०९:५८



Langtang Sahityik Yatra

रसुवा/विसं २०७२ को भूकम्पका कारण दिवंगत स्वदेशी विदेशीको सम्झनामा लाङटाङ साहित्यिक यात्रा (वैशाख २७–३०) सम्पन्न भएको छ ।

रसुवा स्रष्टा समाजको आयोजना र अधिवक्ता एवं साहित्यककार फुर्पा तामाङको नेतृत्वमा गएका १० कविले लाङ्टाङ पुगी दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कविता वाचन गरेका थिए । पर्यटनका हिसाबले लाङ्टाङ सुरक्षित छ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको तामाङले बताउनुभयो ।

कविता वाचन गर्नेमा तामाङ, दीपेन्द्रसिंह थापा, अभिषेक अधिकारी, सञ्जुकुमार डंगोल, सुजिना लवट, विजया तिवारी र भीमसेन पाण्डे हुनुहुन्थ्यो । सो अवसरमा लाङटाङबारे श्याम रिमाल, चन्द्र गुरुङ र ज्ञानेन्द्र न्यौपानेले लेखेका कविता पनि वाचन गरिएको थियो । समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा कविता वाचन गर्न कविहरु स्याफ्रुबेंसीबाट दुई दिनको पैदलयात्राबाट लाङटाङ पुगेका थिए । (रासस)

फोटो: शशी डंगोल

Image may contain: 7 people, including Sashi Kumar, people smiling, people standing and outdoor

No automatic alt text available.

Image may contain: 1 person, outdoor and nature

Image may contain: 2 people, outdoor

Image may contain: 2 people, outdoor

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top