२०७७, ४ आश्विन आईतवार

भरत पाठक राप्रपा सचिवालय सदस्यमा मनोनित

डबली खबर     चैत्र २ २०७५ १९:४४



bharat prasad pathak

विदुर / राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको सचिवालय सदस्यमा नुवाकोटका भरत प्रसाद पाठक मनोनित भएका छन् ।

राप्रपा संयुक्तका अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले पाठकलाई सचिवालय सदस्यमा मनोनित गरेका हुन् ।

मनोनितपछि दुवै अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तीमा पार्टीले सुम्पेको जिम्मेवारीलाई पाठकले सफलताका साथ पूरा गर्ने विश्वास गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेर लामो समयदेखि सक्रिय रहेका पाठक कमल थापाले नेतृत्व गरेको राप्रपामानी जयन्त चन्दसँगै संयुक्त राप्रपामा प्रवेश गरेका थिए ।

राप्रपा संयुक्तले नेपाललाई सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर्ने दिशामा अघि बढेको छ ।

साथै साझा संस्थाको रूपमा राजसंस्था सहितको प्रजातन्त्र पुनर्बहाली गर्ने, संविधान सम्मत गठित सबै तल्ला तहमा शक्तिको रूपान्तरण गर्ने, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने राप्रपा संयक्तका नेता जनक पाठकले बताए ।

राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र लोहनीको एकीकृत राप्रपा राष्ट्रवादी बीच माघ १८ गते एकता भएको थियो । दुई पार्टी एकतापछि राप्रपा संयुक्त बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top