२०७७, ४ आश्विन आईतवार

नेपाली काँग्रेसले दिए तीजको शुभकामना

डबली खबर     भाद्र १६ २०७५ २२:५३



Dancing a teej festival Apsara Thapa Nuwakot

विदुर, नुवाकोट / नेपाली काँग्रेस नुवाकोटले नेपाली महिलाहरुको महानपर्व हरितालिका तीज २०७५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

पार्टी कार्यालय विदुरमा गरिएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् सांसद बहादुरसिंह लामाले नेपाली महिलाहरुको महत्वपूर्ण पर्वको रुपमा रहेको तीजको रक्षा गर्न पार्टीकोतर्फबाट शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता रमेश महतले परम्परागत संस्कृती मनाउने क्रममा पर्वको मौलिकता गुम्ने अवस्था रहेको हुँदा त्यस्ता विकृतिलाई रोक्नुपर्ने जोड दिनुभयो ।

यस्तै, नेपाली काँग्रेस नेता ध्रुव अधिकारीले तीजलाई तडकभडकमा नभई साधारण पोषाक, सिंगार र गहनालाई मध्यनजर गरी महिलाहरुले चाडपर्व मनाउंदा सकारात्मक सन्देश जाने धारणा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका भातृ संगठन महिला नेता तथा कार्यकर्ताहरुले दर खाएर तीजको शुभकामना आदानप्रदान गर्नुको साथै नाचगान पनि गरेका छन् ।

कार्यक्रममा ४ सयभन्दा बढी कार्यकर्ताको उपस्थिति रहेको नेपाली काँग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top