नुवाकोट – संवैधानिक राज संस्था पुनःस्थापनासहित हिन्दु राज्यको माग गर्दै आगामी मंसिर २८ गते आईतबार नुवाकोटको विदुरमा विरोध र्याली हुने भएको छ।
शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एवम् संयुक्त राष्ट्रवादी संघर्ष समितिले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा राप्रपासहितको नौं संघसंस्थाले राजसंस्था पुनःस्थापना सहित हिन्दु राज्यको माग गर्दै विरोध र्याली गरिने राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गीले बताए ।
राजावादीहरुले बृहत् प्रदर्शन तयारी स्वरुप यो विरोध र्याली गरिन लागिएको हो । विरोध र्यालीमा राप्रपासहित राष्ट्रवादी नागरिक समुह, हिन्दु महासंघ, श्रीमद् भागवत प्रचारप्रसार, पृथ्वी प्रतिष्ठान, क्षेत्री समाज, विश्व हिन्दु महासंघ, वीर गोर्खाली र वेद अनुवाई प्रतिष्ठानको संयुक्तरुपमा हुन लागिएको समितिले जनाएको छ ।
यस्तै, प्रदर्शनमा अन्य राजनैतिक दलका हिन्दुराष्ट्र पक्षधरसँग नजिक रहेका नागरिकहरुको पनि सहभागी हुने जनाएको छ ।
प्रतिक्रिया