२०७७, १५ कार्तिक शनिबार


KC Fancy Store Nuwakot

महामारीको भुमरीमा मानव जाति र कोरोना नियन्त्रणको जिम्मेवारी: ठाकुर पुडासैनी

डबली खबर     बैशाख ७ २०७७ १७:०६



thakur pudasaini central member pabson nepal

कोरोना भाइरस यस शताब्दी कै सबैभन्दा त्रासदीको रुपमा विश्वसामु ब्याप्त भएको छ। सायद दोस्र‍ो विश्वयुद्धपछि आम मानिसको मृत्युको कारण यहि भाइरस भएको छ। हुन त विश्वव्यापी महारोगको सामना मानव सभ्यताले यसभन्दा धेरै अघि देखि गर्दै आएकोछ। विगत १०० बर्षलाई फर्केर हेर्ने हो भने हामी देख्न सक्छौं कि यस्ता प्रकारका महामारीबाट विश्वका धेरै करोड मानिसहरुले ज्यान गुमाएका छन्। सन् १९१८ मा युरोपमा देखा परेको फ्ल्यु (Flu) ले दुई बर्षसम्म आफ्नो रौद्र रुप देखायो । यस महामारीमा विश्वभरबाट करीब ५ करोड मानिसको ज्यान लिएको थियो। यो महामारी सुरु भएको पहिलो छ महिनाको अबधिमा मात्र २ करोड ५० लाख मानिसले ज्यान गुमाएका थिए। यस महामारीबाट सिंगो युरोपमा ठूलो प्रभाव पर्न गयो। पछि गएर यो महामारी अमेरीका, एशिया हुँदै विश्वब्यापी रुपमा फैलिन पुग्यो। सन् १९२० पछि यो महामारी नियन्त्रणमा आएको देखिन्छ। त्यसैगरी सन १९५६ मा चीनमा देखा परेको महामारीले पनि एशिया, युरोप, अमेरिका हुँदै संसारभर फैलेको देखिन्छ। “एशियाली फ्ल्यु” नामक उक्त महामारीबाट विश्वमा झण्डै २० लाख मान्छको ज्यान गएको थियो। संयक्त राज्य अमेरिकामा मात्र ६९ हजार ८०० मानिसले ज्यान गुमाएको तथ्याङ्क छ। सन १९६८ मा हङकङबाट सुरु भएको “हङकङ फ्ल्यु” नामक महामारीले ५ लाख हङकङ्गे जनताको ज्यान लिंदै फिलिपिन्स, भियतनाम,  भारत , युरोप, अष्टेलिया हुँदै संसारभर १० लाख मानिसले ज्यान गुमाएका देखिन्छ। सन १९७६ मा अफ्रिकी राष्ट्र कंगोबाट देखा परेको HIV/AIDS नामक भाईरसले अहिले सम्म पनि धेरै मानिसको प्राण लिइ सकेको छ। सन २००५ देखि सन २०१२ सम्म सन्सारलाई नै आतंकित बनाएको यस रोगबाट ज्यान गुमाउनेहरु ३ करोड ६० लाख भन्दा बढी रहेको अनुमान छ।

आम नागरिक समाजले गलत गतिबिधीलाई सुझाबको माध्यमबाट खबरदारी गर्ने र सहि  गतिविधिलाई खुला दिलले स्वागत गर्ने बानीको विकास गर्नु आवश्यक छ।

माथि उल्लेखित घटनाहरुले के स्पष्ट पार्दछन् भने निश्चित समयको अन्तरालमा मानव सभ्यताले यस्ता महामारीको भयावह अवस्था सामना गर्दै आएको ईतिहास हाम्रा सामु रहेको छ। दृढ मनोबल र उच्च साबधानीले नै यस्ता विकराल समस्याहरुबाट मुक्ति मिल्दछ। आज मानव सभ्यता माथि “कोरोना” नामक महामारीले आक्रमण गरेक समयमा सिंगो विश्वका मानव जाति एकजुट भएर यस महारोगलाई पराजित गर्नुको अर्को बिकल्प छ जस्तो लाग्दैन। हाम्रो देश नेपालमा पनि दिनानुदिन कोरोना भाईरस संक्रमितको संख्या बढ्दै गएको छ। एकै स्थानमा धरै संक्रमितहरु भेटिन थालेका छन। निश्चय नै पनि यो अशुभ संकेत हो। नेपालमा यो महामारी फैलियो भने नेपालको क्षमताले यसलाई नियन्त्रण गर्न सक्दैन। यो महामारीलाई नियन्त्रण गर्नका लागि हामी सबैले आ-आफ्नो ठाउँबाट सक्दो सतर्कता अपनाउनु बुध्दिमानी हुन्छ। नेपाल सरकारले कोरोनाभाइरस नियन्त्रण गर्नका लागि भरपुर प्रयास गरेको छ यो प्रयासमा नेपाली जनता, राजनैतिक पार्टीहरुले समर्थन र सहयोग पुर्‍याई रहेका छन। केही अनलाइन मिडिया सामाजिक सञ्जालमा सरकारले गरेको काम प्रति दुराग्रही टिप्पणीहरु पनि नभएका भने होइनन्। सरकार चुकेको ठाउँमा उसलाई सजग गराउनु र उसले गरेका राम्रा कामहरुको प्रशंसा गरि सरकारको मनोबल उच्च राख्न मदत गर्नु आज हाहो जस्तो लाग्दछ।मी सबैको कर्तब्य हो भन्ने लाग्दछ। किनकी सरकार नै यो महामारीबाट हामीलाई पार लगाउने जिम्मेवार निकाय हो। यसको अर्थ यो ह‍ोइन कि सरकारको गलत कृयाकलापको पनि समर्थन गरौं। आम नागरिक समाजले गलत गतिबिधीलाई सुझाबको माध्यमबाट खबरदारी गर्ने र सहि  गतिविधिलाई खुला दिलले स्वागत गर्ने बानीको विकास गर्नु आवश्यक छ। सही र सकारात्मक सुझाबहरुलाई जुनसुकै कोणबाट आएक‍ो भएपनि सरकारले पनि ग्रहण गर्नु पर्दछ। कोर‍ना भाइरसले विश्व आतंकित भई रहँदा नेपालमा त्यसको प्रभाब हामीले सोचेभन्दा कम नै देखिन्छ। यध्यपी यसको प्रभाव गुणकीय रुपमा वृद्धि हुने हुँदा नेपालले सजगता नअपनाएमा भविष्यमा यसबाट हुने क्षतिको अवस्था अकल्पनीय हुन सक्दछ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएका सरकारी प्रयासहरु कतिपय तारिफयोग्य रहे भने कतिपय आलोच्य पनि बने। सरकारले गत च‌ैत्र ५ गतेबाट यो महामारीबाट देश र जनतालाई जोगाउन चालेका सहि कदम र यसै अबधिमा भएका केही गम्भीर त्रुटीहरु तल चर्चा गरिन्छ।

सरकारका सहि निर्णयहरु:

  • ठीक समयमा एसइई परीक्षा स्थगित गर्नु सरकारले पुर्व निर्धारित एसइई परीक्षाको ठीक अघिल्लो दिन चैत्र ५ गते सो परीक्षा स्थगित गर्ने घोषणा गर्नु अत्यन्त उचित निर्णय हो। उक्त समयमा परीक्षा संचालन गरेको भए थप ८ दिन मानिसको चहलपहल निर्वाध रुपले हुने थियो।यश अवधिमा कुनै संक्रमित सम्पर्कमा आएका थिए भने यो महामारीले नृपालमा ठूलो रुप लिई सकेको हुने थियो।
  • ठीक समयमा बन्दाबन्दीको घोषणा गर्नु नेपाल सरकारले चैत्र ११ गते देखि बन्दाबन्दीको घोषणा गरेको हो। सरकारको यो निर्णय पनि समयमा नै गरिएको सहि निर्णय हो। भारत जस्तो उच्च जोखिममा रहेको देशले बन्दाबन्दीको घोषणा नगर्दै नेपाल सरकारले चलेका बुद्धिमत्तापुर्ण यस निर्णयले नेपाल सरकार य‍स महामारी विरुद्ध सजग र सचेत छ भन्ने पुष्टि गर्दछ।
  • समयमा नै स्वास्थ्य सामाग्रीहरुको जोहो गर्नु नेपाल सरकारले कोभिड-१९ को उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने N-95 मास्क, PPE, Rapid Diagnostic Kit, कोरोनाभाइरस परीक्षण प्रयोगशाला जस्ता अत्याबश्यक स्वास्थ्य सामाग्रीहरु मित्र राष्ट्र चीनबाट खरीद गर्यो जसले नेपालमा रोगको परीक्षणमा धेरै सहयोग पुग्यो।
  • सुरक्षा र स्वास्थ्यकर्मी ब्यवस्थापन- यस कार्यमा पनि सरकारले पर्याप्त ध्यान दिएको पाइन्छ।कोरोना रोग बिरुध्द अग्र मोर्चामा रहने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च राख्न आकर्षक भत्ता, जीवन बिमा सम्बन्धी कार्यक्रमको घोषणा गर्नुले उनीहरुलाई कार्य क्षेत्रमा खट्न थप उर्जा मिलेको देखिन्छ।
  • क्वारेन्टिन र आइसोलेशन कक्षको निर्माण- सरकारले स्वदेस कै संकास्पद र विदेशबाट आएका मानिसहरुलाई अनिबार्य क्वारेन्टिनमा बस्न लगाउनका लागि देशभरका सबै स्थानीय तह र वडा कार्यालयहरुलाई आव्हान गर्यो। फलस्वरुप हाल देशभर क्वारेन्टिन र आइसोलेशन कक्ष निर्माण भएको छ।
  • जनचेतना अभिवृद्धि गर्नु कोरोना महामारी विरुद्धजनचेतना जगाउन सरकारले महत्वपुर्ण भुमिका खेलेको छ। रेडियो, टेलिभिजन, टेलिफोन, अनलाइन मिडिया, सामाजिक संजाल आदि माध्यम मार्फत सरकारले जनचेतना फैलाएर यस रोग विरुद्ध सचेत बनाएको छ।
  • राहत सामाग्रीको वितरण- बन्दाबन्दीको घोषणा पछि नागरिकहरु घर बाहिर निस्कन सक्नेअवस्था रहेन। प्राय सबै आर्थिक क्रियाकलापहरु बन्द भए। यसको प्रत्यक्ष मारमा बिहान दिउँसो कमाएर बेलुकी हातमुख जोड्नु पर्ने गरीब र मजदुर वर्ग परे। त्यस्ता बर्गक‍ो समस्या समाधान गर्न सरकारले राहत स्वरुप दाल, चामल, नुन, तरकारी आदिको स्थानीय तह मार्फत वितरण गर्दै आएको छ।

माथि उल्लेख गरिएका सकारात्मक पहल कदमीले जनतामा दु:ख पर्दा हेरने सरकार छ भन्ने अनुभूति गराएको छ। यसै विचमा सरकारले जति गर्नु पर्ने हो सो गर्न नसकेको र कतिपय कार्यहरु भित्र भ्रष्टाचार र पार्टीगत पक्षपातको गन्ध आएको आरोप सरकारलाई लाग्ने गरेको छ ।

सरकारको त्रुटीपुर्ण कार्यहरुः

  • बन्दाबन्दीको आकस्मिक सरकारले बन्दाबन्दीको घोषणा एक्कासी गरेको हुनाले जनताले आधारभुत तयारी गर्न पाएनन्। समयमा थाहा भएको भए सम्पुर्ण तयारीका साथ आ-आफ्नो थात थलो फर्कने र आफुलाई आवश्यक पर्ने नगद र जिन्सी सामाग्रीको बन्दोबस्त गर्न सर्वसाधारणलाई सहज हुने थियो।
  • भारत तर्फको सीमामा मानिसहरु रोक्न नसकिएको- सरकारले खासगरी भारत तर्फबाट हुने आवत जावतलाई नियन्त्रण गर्न सकेन। यसले गर्दा मजदुर वा मुश्लिम जमातीकुनामा लुकिछिपी भारतबाट आउनेहरुले संक्रमण फैलाइरहेका छन।
  • भ्रष्टाचारको गन्ध- सरकारले चीनबाट PPE लगायत स्वास्थ्य सामाग्री खरीद गर्न अपनाएको हरेक विधि र प्रक्रियामा नितिगत भष्टाचार भएको चर्चा व्यापक रुपमा उठ्दा समेत सरकारले त्यसको चित्तबुझ्दो जवाफ दिन सकेको छैन।
  • राहत वितरणमा मनपरी- सरकारदे राहत वितरण निर्देशिका जारी गरेर राहत वितरण गरेको दाबी गरि रहँदा स्थानीय तहबाट हुने राहत वितरणको कार्य अपारदशी र पक्षपातपुर्ण भएको आवाजहरु उठन थालेका छन।
  • स्वस्थ्यकर्मीहरु नै असुरक्षित- सरकारले स्वस्थ्यकर्मीको सुरक्षाको प्रत्त्याभुति दिन सकेको छैन। सुरक्षाकर्मीहरुबाट नै स्वास्थ्यकर्मीहरु पिटिनु, बरिष्ट सरुवारोग विशेषज्ञलाई आफ्नो कार्यक्षेत्रबाट मन्त्रालय बोलाउनु जस्ता कृयाकलापहरुले यसको पुष्टि गर्दछ।

भारत र नेपालमा समेत वृद्धि हुँदै गएको संक्रमितको संख्या र भारत तर्फको लामो सिमानाको कारणले गर्दा नेपालमा कोरोनाभाइरस संक्रमणको उच्च जोखिम रहेको छ। यस महाकारीबाट देशलाई जोगाउन सरकार र जनताले धैर्यता र आत्मबल बढाउनु जरुरी छ । महासंकटको यस घडीमा कसैले नकारात्मक सन्देश प्रवाह नगरौं। मानव जातिले मिलेर बस्दा नै ईतिहासका विभिन्न कालखण्डमा देखिएका यो भन्दा विकराल महामारीलाई पराजित गर्दै आएको छ। सकारात्मक स‍चौं, स्वस्थ बनौं र कोरोना महामारी विरुद्ध लडौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top