२०७७, १३ आश्विन मंगलवार

बैदेशिक रोजगारीको ‘सामाजिक पिडा’

डबली खबर     पुष १२ २०७५ ११:३३



Udaya Ranamagar

अव गाउँका भाउजु तथा बुहारीहरुले भैसी दुन जान्दीन र पल्लो बजारबाट दुध किनेर खान्छिन् रे । बारीमा मलको लागि पालिने गाई अव पाल्नै पर्दन रे किनकी बारीमा अव अन्न लगाउन छोडिसके रे ।

बैदेशिक रोजगारी नेपालीको लागि अभिन्न अंग बनेर आएको छ । नेपालबाट बाहिरिने जनसंख्यालाई दैनिक १५ सयको संख्या जाने गरेको छ । यसरी जानेको सख्या वि.सं. २०६८ मा १९ लाख २१ हजार ४ सय ९४ पुगेको देखिन्छ तर अनौपचारिक रुपमा जानेको सख्या समेत हेर्दा ५० लाख यूवा रोजगारीको क्रममा विदेश गएको भन्ने गरिएको छ । यो अवस्था प्रति हामी त्यति चिन्तित छैन किनकी ती यूवाहरुले पठाएको रिमिटयान्सबाट हाम्रो अर्थतन्त्र चलिचरहेको छ । त्यसमा नै हामी खुशी मनाइरहेको छौ । यसबाट हाम्रा ग्रामिण जिवन र सामाजिक सस्कारहरु विरुप्त बनेको छ । गाउले जिवन निरस छ गाउमा बस्नेहरुमा निरासाले डेरा जमाइरहेको छ ।

नुवाकोट कै एक गाउको दृष्ठान्तलाई हेर्दा काइला बाले आफ्नो कान्छा छोरा विदेश नगएकै कारण विहे नहुने भयो भनेर चिन्ता व्यक्त गर्दै थिए । नरे हिजो मात्र साउदबाट आयो रे । त भने विदेश जाने सोच नै बनाउदैनस् भन्दै आफ्नो छोरालाई गाली गर्दै थिए । लाठे भैसक्यो इलाम छैन विदेश गएर नआएसम्म यस्लाई विहे गर्न कस्ले छोरी देलान् भनिरहेका थिए । उनी पनि ३ वीसको उमेर भैसकेको र ठूला छोरो साउदी गएको छ रे अनि वुहारी नातिनी पढाउन शहर पसेको छ । यो त प्रतिनिधि घट्ना मात्र हो यो र यस्ता घट्ना त नेपाली समाजमा कयौ छन् । नेपाली समाजमा अव छोरी दिनका लागि ठूलो परालको मचान हेर्ने होइन प्रशस्त खेती योग्य जमिनको खोजि गर्ने होइन अव विदेश जाने योग्यता र २—४ पैसा कमाएर ल्याउन सक्ने विदेश जाने मन हुनु पर्दछ भन्ने धारणाले अव ग्रामिण स्तरमा बलियो जग बसाइ सक्यो । नेपाली ग्रामिण भेगमा अहिले १८ देखि ४० पुगेको यूवा खोजी गर्दा पाउन मुस्किल नै पर्दछ । यूवाजति विदेशमा, बृद्धाजति गाउमा र बुहारीजति शहरमा रहेको अवस्था छ । अर्को दृष्ठान्तको रुपमा केही समय अघि सानेको घरमा उसको बाबाको मृत्यू हुदा लास उठाउन मान्छे नभएर अघिकांस ४० काटेका महिलाहरुले दाहसस्कार स्थलसम्म लगेको थिए । मेरो आफनै अनुभवलाई साक्षी राख्ने हो भने म सानो छँदा जाने गरेको पारी पाखाको बारी मैले नटेको पनि यूगैयुग भैसक्यो । हिजोआज त त्यस ठाउमा जंगल भएको छ रे त्यहा त बाघ र मृगको क्रिडास्थलपो भएको छ रे । साथीहरुसंगै घाँस दाउराको लागि जंगल जाँदा दोहरीको झंकारसंगै सुसेलीको तालमा घाँसको भारी पुगेको पत्तै पाइदैनथ्यो त्यो जंगलमा । फेरी वन हेरालुले जंगलमा घाँस दाउरा काट्यो भनेर लखेटेका घट्ना मानसपटलमा अझै ताजै छ । तर अहिले जंगलमा हेरालुको आबश्यकता नै छैन रे मेरो गाउँमा । किनकी गाउँमा त दाउरा काट्नु पर्दैन रे साथै अव खाना पकाउने कामत ग्याँसमा हुने गरेको छ रे । ग्याँस त काट्नै पर्दैन रे किनकी घाँसखाने गाईभैसी पाल्नै छोडिसकेको छन् रे । अव गाउँका भाउजु तथा बुहारीहरुले भैसी दुन जान्दीन र पल्लो बजारबाट दुध किनेर खान्छिन् रे । बारीमा मलको लागि पालिने गाई अव पाल्नै पर्दन रे किनकी बारीमा अव अन्न लगाउन छोडिसके रे । अव गाउँका पाटामा फल्ने मकै, कोदो अव लगाउनै पर्दैन रे किनकी त्यस्ता गाउँमै फल्ने मकै, कोदो जस्ता अन्न खाने बानी छुटीसकेको छ रे । हिजोआज त गाउँमा कुटोकोदालो गर्ने मान्छलाई त घृणाको रुपमा खिसीटयूरे गर्दछन् रे फलाना त कृषक भनेर । तर पनि हाम्रो अर्थतन्त्र कृषि नै भन्न छा्ड्दैनौ हामी । किनकी यस पेशालाई बेरोजगारी लुकाउने पेशाको रुपमा यसलाई लिइन्छ । तर कृषि गर्नुपदैन कृषि गर्नेको छोरा सिधै कृषक हो भनेर समाजले मान्ने गरेको छ । यसो नभन्ने हो भने काम नहुनेहरुको रोजगारीको क्षेत्र कृषि भन्न कहाँ पाइन्छ र ? यदि सवै कृषक हो भनेर चिनाइएका ७१ प्रतिशत जनताले कृषि नै पेशाको रुपमा अनुसरण गरी दिएको भए बार्षिक रुपमा १ खर्व बराबरको खाद्यान्न नेपालले आयत गर्ने परिस्थिति आउदैनथ्यो । कृषि विज्ञहरुको दावी छ नेपालमा कृषिको उत्पादकत्व बढेको छ तर खोइ त बढेको भए हाम्रा उत्पादन कता गए? पंचायतकालमा हामी धान निर्यात गर्दथ्यौ तर अहिले आयत । कृषि मन्त्रालयको तथ्यांकलाई आधारमान्ने हो भने नेपालको कृषि भुमि तराईमा १० प्रतिशत र पहाडमा ३० प्रतिशतसम्म बाँझो छ जस्ले गर्दा १० बर्ष अघि हाम्रो उत्पादन बढी भएर १० प्रतिशत निर्यात गर्ने गरेकोमा हाल ३० प्रतिशत आयत गर्ने अवस्थामा पुगेको छ यसको एउटा कारण यूवा जनशक्तिको बहिरगमन नै हो ।

baideshik rojgar

अर्का एक गाउँमा ५० घरमा करिब प्राय सबै घरबाट रोजगारीको लागि विदेश गएका छन् । यूवा विहिन झैं छ त्यो गाउँ । छोराछारी अभिभावकको अनुपस्थितीमा हुर्किनु पर्ने बाध्यताका कारण बालबच्चामा नकारात्मक असर परी प्राय सवैका छोराहरु लागुऔषधको कुलतमा फसेको छ । वैदेशिक रोजगारीमा श्रीमान गएकोले श्रीमतीले एक अर्काको स्नेह र प्रेमबिनानै यौवनावस्था गुजार्नु परेकोले दोश्रो साथी खोज्ने प्रवृत्ति बढ्दै गएको छ गाउँभरी । जस्ले गर्दा केही दिन अगाडि हर्के (नाम परिवर्तन) को सम्बन्धविच्छेद नै भयो र उता उसको माइली काकीको बुहारी अर्कैसँग दोस्रो विहे गरि हिंडेछ त्यो पनि छोराले पठाएको सबै पैसा समेत बोकेर । यस्ताखालका पारिवारिक विखण्डन तथा हिंसाका कारण त्यो गाउँको सामाजिक जिवन आक्रान्त बन्दैछ । हो यस्तै कथा नेपाली ग्रामिण समाजको अव विशेषता बनिसकेका छ ।

पूर्वीय संस्कृतिको हिमायतीको रुपमा रहदै आएको नेपाली समाजमा आध्यात्मिक दर्शन र चिन्तनमा आधारित सनातनी परम्परा रहेपनि विदेशबाट फर्कने नेपाली र उनीहरुले सिकेर आएको विदेशी संस्कारको उपस्थितिसंगै पाश्चात्य संस्कृतिले प्रभाव बनाउदै छ । खासगरि भौतिकवादी दर्शन र विचारधारवाट प्रभावित पश्चिमी संस्कृतिले मानविय मूल्य मान्यता, आध्यात्मिक दर्शनलाई भन्दा सामाजिक सुख भोग र भौतिकवादी जीवन शैलीलाई महत्व दिन्छ यसले शास्त्रीय मुल्यमान्यता र परम्परालाई खासै विश्वास गर्दैन् आधुनिक जिवनपद्धती र उपभोगवादी शैली यसका विशेषता रहेको सन्दर्भमा नेपाली समाजमा पनि त्यस प्रकृतिका विषयहरुले स्थान पाएको स्पष्ट रुपमा देखिन्छ । पुर्वीय संस्कृतिले वेदलाई जीवन पद्धतीको रुपमा लिएर त्यसैलाई सामाजिक अभ्यास गरायो भने पश्चिमा संस्कृतिले अध्ययन अनुसन्धानवाट निस्केका विषयबस्तुलाई आफ्नो दृष्टिकोण मानि सामाजिक अभ्यास गराउदै लग्यो । नेपालीहरुमा पनि विदेशीको प्रभावसंगै परिमार्जित पुर्वीय संस्कृति तथा आविष्कारिकमा पश्चिमा संस्कृतिले प्रभाव पादै आएको छ जस्ले गर्दा “गुरुदेव भवः बसुदैव कुटुम्व” जस्ता पक्षहरु नेपाली संस्कार र संस्कृतिबाट स्खलित हुदै आएको छ।

बैदेशिक रोजगारीको नाममा विदेशिने यूवाजनशक्तिको पलायनसँगै यसले सामाजिक क्षेत्रको मात्र विचलन नगरी प्रजनन् दरमा कमि आएको छ तर औसत आयूमा भने बृद्धि भएको अवस्था छ । यसले गर्दा आर्थिक बृद्धिमा श्रमको योगदान घट्ने छ यो बार्षिक आर्थिक बृद्धिको ०.३ प्रतिशतले मात्र बढी हुने एक अध्ययनले देखाएको छ । यहि अध्ययनलाई नजिर मान्दा बैदेशिक रोजगार हाम्रो सन्दर्भमा क्षणिक फाइदाको क्षेत्र देखिएता पनि दिर्घकालमा घाटा छ । तसर्थ पनि मुलुकको यूवा जनशक्तिलाई देशभित्र नै रोजगारीको सिर्जना गरी मुलुकमा प्रयोग गर्दै सामाजिक एवं साँस्कृतिक सद्भावलाई अझ परिमार्जित एवं दरिलो बनाउनु आवश्यक छ । यसको लागि विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि, धारणा र सहकार्यलाई उपभोग गर्दै सामाजिक प्रभावलाई न्यून गर्ने दिशामा अगाडि बढनु पर्छ । यसो गर्न सकिएको खण्डमा देशले लिएको सुखी नेपाली समृद्ध नेपालको अभियानले सार्थकता पाउन जाने कुरामा आशावादी बन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top