२०७७, १२ कार्तिक बुधबार
KC Fancy Store Nuwakot

कस्ता व्यक्तिले गर्न सक्छन् बलात्कार ? बलात्कारका घटना हुनुको मनोवैज्ञानिक कारणहरु यस्ता छन् !

गोपाल ढकाल, मनोविद्     आश्विन १९ २०७७ ११:५३



gopal dhakal Psychologist

पछिल्लो समय हत्या, हिंसा, बलात्कार जस्ता अघन्य अपराधका घटनाहरु दिनानुदिन बढ्दै गइरहेका छन्। कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ। भखरै मात्र बझाङको मष्टा गाउँपालिका-२ की १२ वर्षीय बालिका सम्झना कामीको बलात्कारपछि हत्या भयो ।

बलात्कार सामाजिक समस्या हो । एउटा गम्भीर तथा जघन्य अपराध हो । राजनीतिक मुद्दाको बिषय होइन । अपराधीलाई सजायको ब्यबस्था कानुनले स्पष्टसँग गरेको छ । मुत्यु दण्ड वा कडा कानुनले मात्र यस्तो अपराध कम हुन्छ भन्न सकिँदैन । नेपालको संविधान र नेपालले अन्तर्राष्ट्रिय जगतमा नेपालले गरेका सन्धि सम्झौताका आधारमा पनि मुत्यु दण्डको कानुन बनाउन सकिदैन । यसको लागि शिक्षा, चेतनाको विकास नै उत्तम उपाय हो ।

बलात्कारीको यौन अङ्ग छेदन गर्नुपर्ने, मुत्यु दण्ड दिनुपर्ने भन्ने जस्ता आवाजहरु जनस्तर तथा सांसदहरुबाट समेत आउन थालेका छन । तर बलात्कारका घटनामा यस्ता केहि मनोवैज्ञानिक कारणहरुले प्रभाव पारिरहेको हुन्छ । जसको निराकरण बिना यस्ता घटनामा कमि आउदैनन।

बलात्कारका घटनाहरु किन हुन्छन?

यसका पछाडीको मनोबैज्ञानिक कारणहरु के के हुन सक्छन हेर्नुहोस यस्ता छन कारण ।

असामाजिक व्यक्तिव्त: जसलाई साईकोपाथ भनेर पनि भनिन्छ । व्यक्तिव्तसगँ सम्बन्धित यस्तो मानसिक समस्या भएका व्यक्तिले आफ्नो घरपरिवार र समाजमा जो सुकैलाई पनि दु:ख दिने , सानो सानो कुरामा पनि ठूलो बदला लिन खोज्ने, हत्या, बलात्कार गर्न समेत पछि नपर्ने जस्ता कानुनले बर्जित गरेका जघन्य अपराध गर्न सक्छन् ।

यौनको लत: यौनको लत लागेका व्यक्तिहरु यौन प्रति अति नै आशक्त हुन्छन । उनीहरुमा कहिल्यै यौनको प्यास मेटिदैन । यस्तो खालको यौन समस्या भएका व्यक्तिहरुले यौनको तिर्खा मेट्न आफन्त, बालबालिका केही पनि नभन्न सक्छन । बलात्कार गर्न समेत पछि पर्दैनन् ।

अप्राकृतिक यौन व्यवहार: जो व्यक्तिले यौनलाई सम्भोगको रुपमा भन्दा स्खलनको माध्यम बनाउँछ, उनीहरुले अरुको भावना बुझ्न सक्दैनन र स्वभाविक यौन व्यवहार गर्न पनि जान्दैनन् । यस्ता ब्यक्तिले बलात्कार गर्न सक्ने सम्भावना हुन्छ ।

नैतिक पतन: नैतिक रुपमा पतन भएका व्यक्तिले पशुभन्दा तल्लोस्तरको व्यवहार गर्न सक्छन । यस्ता नैतिक रुपमा पतन भएका व्यक्तिहरुबाट आफन्त पनि बलात्कारको सिकार हुन सक्छन ।

यौन कुण्ठा: अविवाहित, श्रीमतिबाट यौन सन्तुष्टि प्राप्त गर्न नसकेको, यौन कुण्ठाले भरिएको व्यक्तिले पनि बलात्कार गर्न सक्छ ।

लागू प्रदार्थको सेवन: हाम्रो समाजमा धेरै जसो बलात्कारका घटनाहरु लागू प्रदार्थको सेवनका कारणले हुने गरेको देखिन्छ । जाँड रक्सी तथा लागू प्रदार्थ सेवन गरेका बेला ब्यक्तिले विवेक र चेतना गुमाउँन सक्छ र बलात्कारका घटना घटन सक्छन् ।

पोनोग्राफी र साईबर सेक्सको लत: पोनोग्राफीमा बाबुले छोरीसँग यौन सम्पर्क, दाजुले बहिनिसँग शारिरिक सम्बन्ध, भन्नेजस्ता टाईटलमा अस्लित भिडियो धेरै भेटिन्छन। यस्ता कुरा धेरै हेर्न तथा यी कुराको लत भएको व्यक्ति नैतिक रुपमा पतन हुने सम्भावना हुन्छ । यस्ता कुराहरुबाट यौन शिक्षा बटुलेका किशोर किशोरीमा यौन विचलन समेत आउँन सक्छ ।

मानसिक रोग: मेनिया वा उन्माद नामक कडा मानसिक रोग लागेको व्यक्ति सधै उत्तेजित हुन्छ ।उसको व्यवहार र विचार अव्यवहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा उ रोगी जस्तो देखिँदैन । उसमा आत्मबल, जोश शारीरिक शक्ति बढेर आउँछ । यौनको आवेग पनि तिव्र हुन्छ। जुनसुकै बेला र जो सुकैसँग पनि शारीरिक सम्बन्ध राख्न तयार हुन्छ । यौनको आवेगलाई नियन्त्रण गर्न सक्दैन । यस्ता व्यक्तिबाट बलात्कारका घटना समेत हुन सक्छ ।

शरिरिक कारण: शरिरमा सेक्स हर्मन बढ्दा यौन चाहना बढ्छ । यस्तो अवस्थामा आफुलाई यौन अनुशासनमा राख्न नसक्दा बलात्कारका घटना हुन पुग्छन ।

अति विश्वास गर्नु: घर परिवारका सदस्य तथा आफन्तहरु बिच चाहिने भन्दा बढि घनिष्टता हुनु , अरुलाई अति नै विश्वास गर्नु तथा नाता – सम्बन्ध अनुसारको व्यवहार गर्न नजान्नु र यौनको मामिलामा अनुशासन र दायरा भित्र बस्न नजान्दा पनि हाडनाता करणीका घटना हुन पुग्छन।

मनोवैज्ञानिक असर: सानोमा यौन दुर्व्यवहार र यौन शोषणमा परेका व्यक्तिहरुपछि गएर आफू पनि यौन अपराधी हुन सक्छन ।

यौन अनुशासन नहुनु: यौन अनुशासन नभएको, पतित, बिखण्डित तथा चरित्रहिन घर परिवार र समाजमा हुर्केको बच्चा पनि पछि गएर यौनमा बिचलित हुन सक्छ ।

यी र यस्ता अन्य यौन समस्या (बिचलन), मानसिक एवं मनोवैज्ञानिक समस्याका कारण यौन अपराध, जवर्जस्ती करणीका घटनाहरु हुन सक्छन । बलात्कारको घटनामा संलग्न ब्यक्तिलाई मानसिक रुपमा स्वस्थ्य व्यक्ति भन्न सकिँदैन । किन कि मानसिक रुपमा स्वस्थ्य व्यक्तिले समाजले स्वीकारेको मात्र व्यवहार गर्छ । कुनै कार्य गर्नु अगाडि परिणमको बारेमा सोच्छ । के ठिक के बेठिक छुट्टाउन सक्छ । आफ्नो आबेगलाई नियन्त्रण गर्न सक्छ । सामाजिक मूल्य मान्यताको सम्मान गर्छ । यी र यस्ता गुण नभएको ब्यक्तिलाइ मानसिक स्बास्थ्यका हिसाबले रोगी भनिन्छ ।

(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा आबद्ध छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया



Top