२०७७, १२ कार्तिक बुधबार
KC Fancy Store Nuwakot

“पुर्खाले सुम्पेको भूमि”

मनिता रेग्मी     आश्विन १६ २०७७ १२:१२



purkhale sumpeko bhumi manita regmi nuwakot belakotgadhi

तिव्र रुपमा चर्किदै गरेको विद्यार्थी आन्दोलनमा सामेल भएर भिडको अन्तिमतिरबाट जिन्दावाद! र मुर्दावादको चिच्याहटमा मेरो पनि स्वर मिसाउँदै भिड अघि बडिरहेकाे थियो । अनायास मेरो अगाडि अन्जान मानव आकृतीबाटै छेक्नी गरि ठिङ्ग उब्बियो, झसँग झस्किँदै त्यो मानव आकृतिलाई नियालेर हेरे खैरो दैरा सरुवा र ढाका टोपी सहित सेतो पटुकिमा घुसारेको खुकुरी र  एक एक मुठी बाक्लो सेतो जुँगा कतै पहिलै देखेको जस्तो तर ठायाक्कै ठम्याउन भने सकिन।

त्यो मानिस लाई  धकेल्दै म आफ्नै आन्दोलन सफल बनाउन भिडतर्फ लागे हाम्रा साथिहरुले सडक मा टायर बाल्दै गर्दा सडकको छेउमा लामो दारी, महिलो कमिजको एउटा बाहुला हरायको ठाउँ ठाउमा प्वाल परेको अनि एक पट्टीको सरुवाल मोहोता घुडा सम्म र अर्को पट्टीको लतारियको, छेउमै सानो पछेउरिमा  गुट्मुटायको कागज बोत्तलको पोको थियो, त्यो अनावश्यक मान्छे को के चासो सडक को बिच्चमा मुर्दावाद र जिन्दवादको नारा संगै टायर बाल्दै गर्दा प्रहरी र हामिहरुको दोहोरो भिडन्त हुँदै गर्दा त्यो छेउको माग्नेको कसैले मत्लब नै नगरी कुदाकुद हुँदै थियो ।

त्यो माग्नेको शरीर को त यादै भएन आफ्नु ज्यान बचाउन खोज्दा सयौले कुल्चियर अचेत भएको, उसलाई म पनि बेवास्ता गर्दै दौडिए। अलि अगाडि पुगिसकेको पुगेपछी  फेरि तेहि नेपाली पोसाक मा उहि मान्छे मेरै छेउमा आए र भने “यहि हो येतिको पढेको मान्छेको मानवता” म झसँग झंस्किए तर वेवास्ता गर्दै दौडिए, उक्त मानिसले मलाई पछाउँदै खेदिरहेको थियो । मोड नै पिछे कहि बलात्कार, चोरी, भाइभाइ बिच झगडा देखिन्थो तर आफूलाई पछ्याएको मान्छेबाट बच्नु थियो त्यसैले  दौडिरहेको थिए तर अब अघि बड्ने ठाउँ थिएन ।

अब म  मेरो देश नेपाल त्यति हो भनेर भारतले तार जाली लगाइदियको ठाउमा थिए।अब म त्यो मानिससगँ माफी नमागी बच्नी कुनै उपाय थिएन, ज्यान बचाउँन कै लागि भए पनि, म त्यो मानिसको अगाडि दुवै हात जोडेर उनीहरुकै पाउँ परें । उनीहरुले कायर, डर्पोक भन्दै मलाइ कठालामा समातेर उठाए र सोधें “किन यो भन्दा अघि बढ्न सकिनस् किन नभागेको अब चै।” म कापेको स्वरमा “मेरो नेपाल यति हो भाग्ने ठाउनै छैन यो भन्दा अगाडि” भने उन्ले राता आखा पार्दै चिचायर भने “यति हो हाम्ले छोडेको नेपाल”? म थरर कापे उनिहरुको चिच्याइसँग डरायर म नम्र हुँदै भने हजुर को हो र ? उनले भने म पृथ्वीनारायण शाह यति भन्दै गर्दा उनको  चिचाहटले त्यहाँ धेरै मानिस भेला भैसकेको थिए। सबै उस्तै पोशाक र सबैको कम्बरमा लामो खुकुरी थियो ।

मानौ उनीहरु सबै लामो र ठूलो युद्ध  खेलेर हारेर आए जस्तो निराश भरिएको अनुहार बनाएका थिय।म उनिहरुको अगाडि नतमस्तक भयेर उभिदै थिय। म पृथ्वीनारायण भन्नी मानिसलाइ हेरेर मैले वर्षमा एक दिन माला लगाउन जाने गरेको उनको सालिकसँग पृथ्वीनारायणलाई तुलना गरेर टोलाउँदै रहेछु, उनले नानी तिमिलाइ विश्वास लागेन भनेर सोधे, म झस्किँदै अ….अ..होइन, अनि उहाँहरु चैं? उनले भने उहाँ भक्ति थापामगर, उहाँ बहादुर शाह, बलभद्र कुँवर, कालू पाण्डे, दामोदर पाण्डे, अमर सिंह थापा म सतर्क हुँदै हजुरहरु सबैलाई नमन अनि  म ज्यादै धन्य भए  हजुरहरुलाइ भेटेर तर मेरो बोलीलाई बेवास्ता गर्दै  सबैले  एक साथ फेरि सोधे हामिले छोडेर गएको नेपाल यति हो? मैले भने हजुरहरुले निर्माण गरेको नेपाल यहि त हो नि फेरि भक्ति थापा जोडले कराए कस्लाइ बेचिस् अरु, हाम्ले छोडेको पुरै नेपाल खोइ? मैले भने अहिले नेपाल यति मात्र हो हजुर बाँकि त प्रजातन्त्र, लोकतान्त्र, गणतन्त्रका खोल ओडेका भ्रष्ट देशद्रोही नेताहरुले बेचिसकें, फेरि बहादुर शाह जङ्गिय हामी त बिलिन स्मृति मात्र हौ, अनि यत्रो हुदा नि तैले किन रोकिनस्? हामिले ज्यानको बाजि लगाएर तरवार, ढाल, गुलेली, ढुङ्गामुढा, खुकुरीको भरमा वैरीसँग जोगाएको देश हो यो। भनिदेउ तिमिले तिम्रा राष्ट्रप्रेमी भन्ने राष्ट्रघाति नेताहरूलाइ यो देश बेच्ने र बिगार्नी अधिकार तिमिहरु लाई छैन भनेर। फेरि केही देखाउन थाले कालू पाँडे र भने नानी यो हो मेरो देश जहाँ बलभद्र कुवँर खलंगामा खुकुरी नचाउँदै थियाे ।

नेपाली महिलाहरु चिटको सारी र मखमली चोलीमा थिए, सबै मिलेर बसेका नेपाली अनि टिस्टा काङ्गडासम्म फैलिएको नेपाल देखाए। म लज्जाबोधले टाउको निहुराएर बस्दै गर्दा फेरि उनले नै भने नानि हामिले आजभन्दा पहिले नेपाल र नेपालीसँग कहिल्यै केही मागेनौ । बस आज माग्दै छौ  हाम्रो नासो, हामिले जस्तो छोडेको थियौ त्यस्तै नेपाल तिमी भन्दापछिल्लो पीडिलाई हस्तान्तरण गरिदिनु, अनि मात्र भन्न पाउने छाैं आफुलाइ वीर गोर्खाली अनि नेपाली नत्र नानी तिमी पनि कायर, राष्ट्रघाती हुनेछौ । बन्दिन म कायर अनि नेपाली नै बन्नु छ मलाइ भन्दै कराउदै  गर्दा बाबाले के भयो नानी भनेर बोलौदा पो म सपनाबाट बिझिएछु साच्चै अब देश बनाउने बेला आको हो त लिपुलेक, लिम्पियाधुरा, कालापानी सुस्ताका हाम्रा सब भूमि फिर्ता ल्याउनु छ।

– बेलकोटगढी नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया



Top