२०७७, १० आश्विन शनिबार

आईसिटी शिक्षा आजको आवश्यकता

डबली खबर     जेष्ठ २९ २०७७ २०:५५



deepak khatiwada ict education in nepal melamchi

वर्तमान युग सूचना तथा सञ्चार प्रविधि (आईसिटी – ICT) को समय हो । सुचना प्रविधिले मानव जिवनसँग सम्बन्धित सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेकोले शिक्षा जगत पनि यसबाट अछूतो रहन सक्दैन । शिक्षा क्षेत्रमा दिनानुदिन नयाँ नयाँ अध्ययन अनुसन्धान भइरहेको अवस्थामा शिक्षण कार्यमा ICT ले महत्वपूर्ण भूमिका खेलेको छ । वर्तमान अवस्थामा ICT को प्रयोग आजको आधारभूत आवश्यकता भईसकेको छ । शिक्षाको क्षेत्रमा शिक्षण ICT को प्रयोगबिना गरिने शिक्षण प्रभावकारी हुन सक्दैन तसर्थ शिक्षण क्षेत्रमा संलग्न जनशक्तिले आफूलाई अध्यावधिक गराई राख्न सूचना प्रविधिको प्रयोग गरी शिक्षण कार्य गर्नु जरुरी छ तर हाम्रो देशको सन्दर्भमा भन्दा हामी सूचना तथा प्रविधिको क्षेत्रमा धेरे पछाडी परेका छौ ।हाम्रो देशका शिक्षक,प्रशिक्षक तथा शिक्षा क्षेत्रमा संलग्न पेशाकर्मीहरुमा सूचना तथा प्रविधिको ज्ञानको अभाव रहेको छ । राष्ट्रको विकासको आधारस्तम्भ नै शिक्षा हो तसर्थ देशको आर्थिक, सामाजिक, राजनैतिक, भौगोलिक तथा सर्वाङ्गीण विकासका लागि शिक्षाको सुधार तथा विकास हुनुजरुरी छ । जसकालागि शिक्षाक्षेत्रमा कार्यरत जनशक्तिलाई सूचना तथा प्रविधिको ज्ञान हुनु आजको आवश्यकता भईसकेको छ ।

शिक्षण कार्यमा ICT ले कति सहज तुल्याउँछ भन्नेबारे शिक्षकहरूलाई करकाप गरेर होइन उनीहरू आफैं बुझ्न सक्ने स्थिति बनाउनु पर्ने हुन्छ । यसको लागि हरेक विद्यालयको शिक्षण कार्यमा सूचना तथा सञ्चार प्रविधिको व्यावहारिक प्रयोग गरेर देखाउन सक्ने दक्ष शिक्षकको व्यवस्था लगायत शिक्षकहरूका लागि तालिम तथा अवलोकन भ्रमणको व्यवस्था गर्नुपर्ने देखिन्छ । बितेका केही वर्षहरूमा सरकारले सूचना तथा सञ्चार प्रविधि पूर्वाधार विकासका लागि निकै खर्च गरेको भएपनि बिभिन्न कठिनाइ हरु को कारण ले गर्दा यो खासै सफल भएको देखिदैन ।

परिवर्तित सन्दर्भमा युगको माग अनुरूप शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग आवश्यक देखिन्छ । शिक्षा दिनु भनेको सिकारु तथा बालबालिकालाई भविष्यमा आइपर्ने समस्या समाधानमा सहयोग पुर्याउनु हो । शिक्षाले विश्व परिवेश, राष्ट्र, समाजले आर्जन गरेको ज्ञानलाई व्यक्तिलाई हस्तान्तरण गरी व्यवहारमा प्रयोग गर्न सक्ने गरी सक्षम बनाउनु पर्दछ । जापान, सिङ्गापुर, दक्षिण कोरिया, मलेसिया जस्ता विकासमा फड्को मार्न सफल देशहरुको विकासको एउटै रहस्य सूचना प्रविधिलाई भित्र्याउनु र प्रविधिलाई प्रयोग गर्न सक्ने जनशक्ति तयार गर्नु हो । हाम्रो अवस्था हेर्ने हो भने निकै नाजुक छ । धेरै विद्यालयमाहरु दिइएका कम्प्यूटर सेटहरु पनि प्रयोगको सीपको अभावमा थन्किएर पुराना र काम नलाग्ने हुँदैछन् ।

शिक्षण सिकाइ क्रियाकलापमा सूचना तथा प्रविधिको प्रयोगमा जोड दिनु भनेको शिक्षकको भूमिका ज्ञानको हस्तान्तरणकर्ताबाट ज्ञान आर्जनमा सहयोगकर्ताको परिवर्तन हुन्छ ।

आइसिटीमा आधारित सिकाइले विद्यार्थीलाई देशभित्रै बसेर एक कोठाबाट देशविदेशका डिग्री हासिल गर्न सजिलो बनाएको छ र भौगोलिक, सामाजिक, सांस्कृतिक तथा पूर्वाधारहरूको अभावका कारण औपचारिक तवरबाट शिक्षा दिन नसकिने अवस्थाको अन्त्य गर्न सकिन्छ। शिक्षक होस् वा विद्यार्थी कम्प्युटर, ल्यापटप, स्मार्ट फोन केवल टेलिफोन तथा मनोरञ्जनका लागि मात्र नभई डिक्सनरी, विकिपिडिया, शैक्षिक सामग्री खोज्न र पढ्ने लगायतका शैक्षिक प्रयोजनका लागि उपयोग गर्न सकिन्छ। शिक्षण सिकाइ क्रियाकलापमा सूचना तथा प्रविधिको प्रयोगमा जोड दिनु भनेको शिक्षकको भूमिका ज्ञानको हस्तान्तरणकर्ताबाट ज्ञान आर्जनमा सहयोगकर्ताको परिवर्तन हुन्छ । यो अवस्थामा शिक्षकमा प्रविधिको प्रयोग सम्बन्धी ज्ञानले मात्र पुग्दैन । प्रविधिका साधनको प्रयोगबाट संज्ञान सिकाइलाई जोड्दै सिकाइलाई अर्थपूर्ण बनाउनु र त्यसलाई विद्यार्थीको पूर्वज्ञानसँग जोड्दै त्यसको व्याख्या गर्न र विद्यार्थीलाई सिकाइको नेतृत्वकर्ता बनाइ सहयोगीको (Constructivist Teacher) भूमिका निर्वाह गर्नु निकै चुनौतिपूर्ण छ ।

शिक्षकको भूमिकामा परिवर्तन आउँदा मूल्याङ्कन प्रणाली, अभिलेख प्रणाली, विद्यार्थीको सिकाइको गति र पाठ्यक्रममको कार्यान्वयन तथा मूल्याङ्कन प्रणालीमा पनि परिवर्तन आवश्यक छ । सूचना तथा सञ्चार प्रविधिको नामै समेत नसुनि बीसौँ वर्ष शिक्षण गरिसकेका हाल कार्यरत अधिकांश शिक्षकबाट (थोरैले मात्र प्रयोग गरिरहेको) यसलाई प्रवर्धन गर्न समस्या देखिएको छ ।

नेपाल सरकारले परिभाषित गरेको शिक्षकको आठवटा सक्षमता मध्ये एउटा सूचना तथा सञ्चार प्रविधि रहेको छ । तर यो पक्ष शिक्षक तयारीको कोर्षमा र शिक्षक छनौट गर्ने प्रतिस्पर्धाको पाठ्यक्रममा आवश्यक मात्रामा समाविष्ट छैन । र समाविष्ट भएको सानो अंश पनि सैद्धान्तिक मात्र रहेको छ । शिक्षक तालिममा पनि यसलाई प्रभावकारी बनाउन सकिएको छैन । समावेश भएको अंश सैद्धान्तिक छ, सूचना प्रविधिको प्रयोगको सैद्धान्तिक ज्ञान दिनु र नदिनुमा कुनै तात्विक अन्तर हुँदैन किनकि सूचना प्रविधिको सैद्धान्तिक ज्ञानले कक्षा कोठामा कुनै सहयोग गर्दैन ।

सबैका लागि शिक्षा विश्वव्यापी अनुगमन प्रतिवेदन २०१५ ले उल्लेख गरे अनुसार कार्यढाँचाले सबैका लागि शिक्षा कार्यक्रमका लक्ष्यसम्म पुग्न सूचना तथा सञ्चार प्रविधिको सम्भाव्यतामा जोड दिएको थियो । उक्त महत्वाकांक्षी लक्ष्यलाई गरिब राष्ट्रहरुमा भौतिक संरचनाको विकासमा ढिलो प्रगति, प्रविधिको ढिलो आत्मसाथ र शिक्षासँग सम्बन्धित सूचना तथा सञ्चार प्रविधिका् विश्वव्यापी समन्वयको अभावले चूनौतिपूर्ण बनाएको छ । युनेस्कोको ICT Framework for Teachers 2011 का अनुसार शिक्षकमा Technology Literacy, Knowledge Deepening & Knowledge Creation रहेको छ । तर नेपालको अधिकांश शिक्षकमा पहिलो सक्षमता प्रविधि साक्षरता  Technology literacy पनि विकास भइसकेको छैन ।

सूचना तथा सञ्चार प्रविधिले शिक्षण र सिकाइलाई प्रभावकारी बनाउन सक्छ भन्ने कुरा अध्ययनहरूले देखाएका छन् । यसो भएता पनि सूचना तथा सञ्चार प्रविधि र शिक्षा प्रणालीलाई मिलाएर लैजान कठिन देखिएको छ । इण्टरनेट र बिजुलीको अभावका कारण धेरै विद्यालयले कम्प्युटरको सहायताले विद्यार्थीलाई पढाउन सक्दैनन् । सूचना तथा सञ्चार प्रविधिको प्रभावकारिता तालिम प्राप्त शिक्षकमा र विद्यालयमा उपलब्ध प्रविधिका साधनको गुणस्तरमा भर पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top