२०७७, १२ माघ सोमबार
Bachchhaladevi Suppliers

दाइजोले छुट्टयाएको प्रेम

अजयकुमार यादव र आरती साह     जेष्ठ २९ २०७७ १२:५७


Trishuli Web Design Services in Nuwakot
marriage daijo article aarati shah and ajaykumar yadav

२१ औं शताब्दीको लगभग आधा भन्दा बढी वर्ष बितिसक्दा पनि हाम्रो समाज, समाजिक विकृति, समाजिक विकेन्द्रीकरणमा सम्पूर्ण समाज कुनै न कुनै रुपमा बन्धक भएको देखिन्छ । समाजिक विकृतिहरु थुप्रै छन् । दाइजो भन्ने शब्दको कारण हामी नेपालीले समय समयमा केहि घटना घटेको सुनु परेको छ । दाइजो को कारण फलानो श्रीमानले आफनो श्रीमतीको हत्या गर्यो, जिउँदो जलायो इतयादी घटनाहरु हामी सुन्ने गरेका छौं । अनि घटना सुनेपछि हामी जस्ता तथा कथित बुद्धिजीवीहरु ठूला ठूला बहस गर्छौं । झन त अधिकारवादीहरु समाजिक सञ्जालमा, साथ साथै सडकमा ठूला ब्यानरका साथ प्रदर्शन गरेको दृश्य हामीले देखेकाछौं । 

तर ताजुब कहाँ लाग्छ भने आफू माननिय हुँदा आफनो छोरी गैर दलितसंग बिहे गरेको झोकमा ज्वाइ थुन्ने र कुट्ने पूर्व सानसद पनि बेला बेला विभेद विरुद बुरुक बुरुक उफ्रेको हेर्दा उहाँहरुलाई तथाकथित वृद्धिजीवी भने की पाखण्डी वृद्धिजीवी भने कुरामा अन्योलमा छौं । आफू दाइजो लिएको  र दिएका सामाजिक विषयका शिक्षकले दाइजोविरुद्ध विधार्थीलाई पढाएको देख्दा र सुन्दा, शिक्षकलाई कुन खालको शिक्षकको रुपमा परिभाषित गर्नै भने कुरामा पनि अन्योलमा परेको छौं । 

शिक्षित परिवारकाले दाइजो लिनु हँदैन भन्ने कुरा उनीहरुलाई ज्ञात हुन्छ । तर बिडम्वना विगतका घटनाहरु हेर्नै हो भन्ने दाइजोको कारण घटित घटनाहरु शिक्षित, सम्पन्न परिवारमा घटेको छ ।

त्यसैले आज हामी यस्तै तथाकथित शिक्षित परिवार, सम्पन्न परिवार ठान्ने परिवारमा दाइजोको कारण घटित अर्थात घटनाको बारेमा लेख्ने प्रयास गरेका छौं । एकजना साथिको घटनालाई उहाँको अनुरोधमा हामी आफनो  कलमको माध्यमले तपाईहरुको माझ ल्याउन चाहेको छु । ती साहसी समाजप्रति जिम्मेवार साथीलाई सलाम गर्न चाहन्छु । किनभने उहाँ नेपाल त्यसमा पनि मधेशकी छोरी, जसले आफनो जीवनमा घटेको घटनालाई समाजको सामु ल्याउन चाहेकी छिन्, ताकी आउने छोरी चेली यस्ता घटनाका शिकार नबनुन् । जुनसुकै समुदायमा विकृति हुनसक्छ । आज हामी एउटा अर्थात घटनाको चर्चा गर्न चाहन्छौं । भनिन्छ, शिक्षित परिवारकाले दाइजो लिनु हँदैन भन्ने कुरा उनीहरुलाई ज्ञात हुन्छ । तर बिडम्वना विगतका घटनाहरु हेर्नै हो भन्ने दाइजोको कारण घटित घटनाहरु शिक्षित, सम्पन्न परिवारमा घटेको छ । यो घटना पनि एक शिक्षित परिवार र हरेक हिसावले सम्पन्न परिवारको हो । 

दुईटा शिक्षित परिवारका दुई शिक्षित केटा र केटीको दाईजोको कारण मिलन विन्दु अर्थात विवाह को समिप पुगेको ५ वर्षका प्रेममा पूर्णविराम लागेको घटना हो  । केटा एम बि बि एस र केटी एगरिकलचरमा अध्ययनरत छन् । तिनीहरुको प्रेम सम्बन्ध यतिसम्म घनिष्ट थियो की, दुवै परिवारको बीच पनि घनिष्ट सम्बन्ध कायम भइसकेको थियो । एक अर्काको घर जाने आउने, दुवैको बीच झगडा भएका बेला उनीहरुका परिवारकाले मेल गराउन मध्यकर्ताको भूमिका निर्वाह गर्थियो । दुवै परिवारका अभिभावकले बुहारी र ज्वाई बनाउने मोखित रुपमा घोषणा समेत गरिसकेका थिए । यी सम्बन्धलाई अधिकारीक रुप दिने समय आइसकेको थियो । किनभने केटिको ब्यचलर सकिसकेको थियो र केटा पनि अन्तिम वर्षमा भएकाले  केटिका बुवाले विवाहको प्रश्ताप राख्छ । केटा डाक्टर हुने भएकाले मोटो दाइजो दिनेहरुको चहलपहल चल्नु स्वभाविक नै थियो । केटाको बुवालाई दाइजोको विभिन्न अफर आएको कारण केटाका बुवाले  केटिको बुवालाई समेत दाइजो चाहिन्छ अनि मात्र आफनो छोराको विवाह तपाईको छोरीसंग गर्नसक्छु । “किनभने मैले आफनो छोरालाई धेरै खर्च गरेर डाक्टर पढाएको छु । त्यसैले म फोकटमा विवाह गर्न सक्दिन्न ।” केटा र केटीको ५ वर्षको  सम्बन्ध जाबो दाइजोले  पूर्णविराम लाग्ने निश्चित भएकाले, केटीले आफूलाई सम्हाल्न सकि राखेका थिएन, त्यसैले कयौं चौटि आत्महत्या गर्ने प्रयास समेत गर्यो । केटिका परिवारले ठिकै छ, छोरीको निम्ति दाइजो दिन तयार भएर सम्बन्धलाई आगाडी बढाउन खोजे, तर छोरीले दाइजो दिएर विवाह गर्न अस्विकार गरे । यता केटाको परिवारले समेत केटालाई जानकारी नै नगरी २२ लाख दाइजो लिएर केटाको विवाह अरुसँग गर्ने निधो गरेका थिए । केटाका बुवाले केटालाई विभिन्न जाल झेल गरेर, केटालाई भावनात्मक नाटक देखाएर,कि तिमि विवाह गर्दैनौं भन्ने म बिष खान्छु । यसरी केटाको इन्गेजमेन्ट गराउन सफल भएका छन् । 

पहाडि समुदायका कैयोले बुहारीलाई दाइजो नलाएको भनेर श्रीमती मार्फत बुहारीलाई घर बाहिर निकालेका घटना पनि हामी सुनेका छौं ।

यस्ता थुप्रै घटनाहरु घटेका छन । तर गम्भिर प्रश्न के उब्जिनछ भन्ने,  यो दाइजो प्रथा कसरी अन्त्य हुन्छ । किनभने कति तथाकथित बुद्धिजीवीहरुले मधेशमा मात्र दाइजो प्रथा छ, किनभने त्यहाँका मान्छेहरु अशिक्षित छन् जस्ता तर्क दिएको पाईन्छ । तर ताजुब कहाँ लाग्छ भने पहाडि समुदायका कैयोले बुहारीलाई दाइजो नलाएको भनेर श्रीमती मार्फत बुहारीलाई घर बाहिर निकालेका घटना पनि हामीले संचारमध्यमबाट सुनेका छौं । पछिलो दाइजो घटनाको तथ्यांकअनुसार के देखाएको छ भन्ने दाइजोको कारण घटेका घटनाहरु बढी शिक्षित परिवारमै घटेको छ । एउटा अङग्रेजी भनाईलाई सापटि लिएर भन्दा, “सबैले दुनियाँ परिवर्तन गर्न चाहन्छन्, तर आफू कोही पनि परिवर्तन हुन चाहेको छैन । यसरी नै सबै दाइजो प्रथा खत्म गर्न लागी परेका भनेर नाटक गर्छ, तर आफू दाइजो दिने र लिनेमा संलग्न छन् । कानुनको प्रयोग दाइजो लिने र दिने बेला गरिदेन । जब दाइजोले कुनै  घटनाको रुप लिन्छ अनि मात्र अदालतको ढोका ढकढकाईन्छ ।”

हामीले आफनो स्तरबाट पहिला दाइजोको विरुद्ध उभिनु पर्दछ । आफनो परिवारबाट दाइजो लिने र दिने कार्य बन्द गर्नुपर्दछ । दाइजो लिएर हुने विवाहमा सहभागी नभएर प्रतिकार गर्नुपर्छ । दाइजोको प्रमानेन्ट समाधान खोज्नु जरुरी छ । पैतृक सम्पतिमा छोराको मात्र अंश हुनु कतिको जायज र समानता हो । हाम्रो हिसावमा यो सरासर भेदभाव हो । किनभने छोरा र छोरी एउटै कोखबाट जन्मेका हो, त्यसैले हरेक कुरामा दुवैको सम्मान अधिकार हुनुपर्छ । पैतृक सम्पतिमा छोरा र छोरी दुबैलाई अंश दिने व्यवस्थाको निर्माण गर्नु जरुरी छ । यसले दाइजो प्रथालाई जडै देखि निर्मुल पार्नेछ । 

समाजले दाइजो नलिने परिवारलाई दाइजो नलिएको भन्दै हेप्ने, दाइजो लिन प्रोत्साहन गर्ने, घरपरिवारका सदस्यलाई भडकाउने, आदि काम गर्दछ । 

​दाइजोले आजसम्म कति बालिका/नाबालिका नारीको (महिला/केटी) ज्यान लिएको छ । कोही दिनरात मानसिक तनाब सहेकी छिन्, भने कोही मानसिक तथा शारिरीक पिडा पाएकी छिन्, त कोही जिउँदै जलाइएकी छिन् । यसमा दोष कसको त, सरकारको कि समाजको ? सरकारको तहबाट कानून बनाइ दिइएको छ, जाहेर परेपछि प्रहरी खटाइन्छ, र अन्त्यमा दोषीले सजाय पाउने गरेको छ । तर समाजले के गर्नुपथ्र्यो र के गर्छ । समाजले दाइजो नलिने परिवारलाई दाइजो नलिएको भन्दै हेप्ने, दाइजो लिन प्रोत्साहन गर्ने, घरपरिवारका सदस्यलाई भडकाउने, आदि काम गर्दछ । 

समाजले यस्तो विकृतिको विरुद्ध जागरुक भइ एकताका साथ काम गर्नु पर्नेछ । समाज र हामी आफ्नो स्तरबाट जागरुक भएर दाइजो मात्र होइन कि, अरु घरेलु हिंसाको बारे असल नियतले आवाज उठाउनु पर्नेछ अनि मात्रै नारी माथिको अत्याचार न्यूनीकरण भएर जान्छ ।

अन्त्यमा, सामजले यो सोच्दैन कि भोलि उसको चेलीबेटीसँग पनि यस्तै केही हुनसक्छ । तर समाजले यो सोच्दछ कि, मैंले भोगेको थिए भने, तिमिले नि भोग्नु पर्छ । यस्तो सोचले गर्दा कति छोरीहरुको बलि चढाइयो र यो सोच बदलिने समयसम्म कति छोरीको बलि चढला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top