२०७७, ५ माघ सोमबार
District Cooperative Union Notice
Bachchhaladevi Suppliers

१० मिनेटमा राहदानी

    असार २१ २०७३ १५:२९


Trishuli Web Design Services in Nuwakot

गोसाइँकुण्ड सञ्चार / विदुर, १९ असार । अबदेखि दश मिनेटमा राहादानी प्राप्त गर्न सकिने भएको छ । परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि सुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको सुरुआत गरेको छ ।

मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ । विदेशस्थित १० नेपाली नियोगमा पनि प्रत्यक्ष दर्ता प्रणाली प्रारम्भ भएको जानकारी दिँदै उहाँले त्यस्तो सेवा जिल्लामा पनि सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ ।

सरकारको गएको जेठ २३ गतेको निर्णयानुसार द्रूत सेवा प्रयोग गरी सेवाग्राहीले एकै दिनमा राहदानी लिन चाहेमा १५ हजार दस्तुर बुझाउनुपर्नेछ । त्यसैगरी १२ हजार शुल्क बुझाए दुई दिन र १० हजार राजस्व बुझाएमा तीन दिनमा एमआरपी पाइने छ ।

विभागका अनुसार पाँचदेखि १५ दिनमा जिल्लाबाट पनि सेवाग्राहीले राहदानी प्राप्त गर्न सक्नेछन् । जिल्लामा फाराम प्राप्त भएपछि २४ घन्टाभित्रै विभागले राहदानी बनाउने गरेको छ । यसअघि विभागले १० हजार दस्तुर लिएर एक हप्तमा नै राहदानी उपलब्ध गराउँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top