२०७७, १० आश्विन शनिबार

माथिल्लो थ्रि ए आयोजना अघि बढाउन सरकारी चासो

डबली खबर     असार १६ २०७३ १७:४२



trishuli upper three a hydropower

विदुर – भुकम्पका कारण रोकिएको ६० मेगावाट क्षमताको त्रिशूली थ्रि ए आयोजनाको काम हालसम्म शुरू हुन नसकपछि उर्जा मन्त्रालय सहित विभिन्न संसदीय समितिले आयोजना निर्माणको लागि चासो दिएको छ ।

आयोजनाको काम ठप्प भएपनि लामो समयसम्म नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालयको ध्यान जान नसकेको जनगुनासो आएपछि उपप्रधान तथा उर्जा मन्त्री टोपवहादुर रायमाझिको नेतृत्वको उच्च स्तरीय टोलीले आयोजनास्थलकोे केही भागको अवलोकन गरेको छ । आयोजनाको बाँध स्थलमै जान हिँडेको टोली पहिरोका कारण वीच बाटोबाटै फर्किएको थियो ।

आयोजनाको काम रोकिएको १५ महिना पछि आएको सरकारी टोलीलाई मौसमले समेत साथ नदिएपछि आयोजनाको केही स्थान मात्र अवलोकन गरेर टोली फर्किएको छ । अविरल वर्षाका कारण वाँध निर्माणस्थल फालेटार सम्म पुग्ने लक्ष्यका साथ हिडेको टोली सिम्लेस्थित विद्युतगृह स्थलबाट उता जान सकेन । टोलीमा उर्जा सचिव राजेन्द्र किशोर क्षेत्री, संसदको जलश्रोत समिति सभापति गगन थापा, विकास समितिका सभापति रविन्द्र अधिकारीलगायतको सहभागिता रहेको थियो ।

अवलोकनपछि संचारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उपप्रधान तथा उर्जा मन्त्री रायमाझिले सरकार उर्जा संकट प्रति संवेदनशील रहेकोले निर्माण अवरोधमा रहेका थ्रि ए लगायतका आयोजनाको निर्माण सम्पन्न गराउन आवस्ष्क कदम चाल्ने प्रतिबद्धता जनाए । टोलीसँग बट्टारमा आयोजित अन्तक्र्रियामा परामर्शविद टुकलाल अधिकारी र प्राध्यापक डाक्टर दिपक भट्टराईले आयोजनाको हालको अवस्थाको वारेमा जानकारी गराउनुभएको थियो । हाल आयोजनको जलविद्युत गृहदेखि वाँधस्थलसम्मको सडक पूर्ण रूपमा क्षती भएको र ड्यामको दुवै तर्फ माथिवाट पहिरो खसिरहेकोले काम सुचारू हुन नसकेको जानकारी दिएका छन् ।

चाइना गेजुवा कम्पनीले निर्माण गरिरहेको आयोजना सुचारू ग्र्न ठेकेदार कम्पनीले नयाँ सम्झौता गर्नुपर्ने अडान राखेको छ । आयोजना डेढ वर्ष पहिले नै सकिनुपर्नेमा ६० बाट ९० मेगावाट बनाउने विवादले ढिलो भएको थियो । क्षमता बढाउने विवादको कारण दुई वर्ष म्याद थपिएकामा भूकम्पले अझै पछि धकेलेको छ । चीनको एक्जिम बैैकले १ दशमलव ७५ प्रतिशत सहुलियत व्याज दरमा ८९ मिलिएन अमेरिकी डलर अर्थात् नेपाली साढे १० अर्बको ऋण सहयोगमा आयोजना निर्माण भईरहेको हो ।

आयोजनाले डाँडागाउँको मैलुङ नजिकबाट बाँध बाँधेर चार हजार ९३ मिटरको सुरूङ निर्माण हँुदै नुवाकोटको मनकामना गाविस अर्चेले नजिक विद्युतगृह निर्माण गर्देछ । यसै महिनाभित्र निर्माणकार्य सम्पन्न भई विद्युत शुरू गर्ने लक्ष्यका साथ पाँच वर्ष अघिबाट निर्माण शुरू भएको आयोजनाको काम भुकम्प पछि ठप्प भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top