२०७७, ११ आश्विन आईतवार

सुचिमा नाम समाबेस नहुदा पिडितहरु मर्कामा

डबली खबर     असार १६ २०७३ १३:४०



विदुर – पुनः निर्माणको लागी सरकारले दिने २ लाख अनुदानको सूचीमा वास्तविक भूकम्पपीडितको नाम छुटेको छ । घरै नभत्केकाहरूको नाम समाबेश छ । तर, वास्तविक पीडितहरु छुटेका छन् ।

अस्थाई आबासमा कष्टपूर्ण जीवन बिताई रहेका पीडितहरुको समेत सरकारले अनुदान पाउने भुकम्प पिडितहरुको नामावलीमा छुटेपछि पिडितहरु सरकारी सुविधाबाट वञ्चित भएका छन् ।

दुई आना जग्गामा छाप्रो हालेर बसेकी गेर्खु गाँउ बिकास समिति वडा नम्बर ३ का ६० वर्षीया माइली रानामगरले पीडितको सूचीमा आफ्नो नाम नभएको गुनासो गर्नु भएको छ । उहाँका अनुसार सरकारले दिने अनुदान रकम पाएर केहि रकम थपथाप गरी पक्कि आबास गर्ने चाहना सुचि प्रकाशन सँगै तुहिएको छ ।

प्राविधिकले लगत संकलन गर्दा दोबाटोमै फोटो खिचेको र हर्ट नामक संस्थाले लगत संकलन गरेको उहाँले बताउनु भएको छ । उहाँका अनुसार हर्ट नामक गैर सरकारी संस्थाबाट पुनः निर्माणको लागी फोटो खिच्दै हिडेको बताउने प्राबिधिकहरुले आफ्नो दरको लगत संकलन गरेता पनी अनुदान पाउने नागरिकहरुको सुचिमा आफ्नो नाम नपर्दा दुखि भएको बताए ।

यस्तै अनुदान पाउने नागरिकहरुको नाम छुट्नेमा नुवाकोटका ६१ ओटै गाबिस र बिदुर नगरपालीकामा रहेका छन् । नाम छुटेका नागरिकहरुका अनुसार लगत संकलन गर्न आएका टोलीहरु सिकारु र राजनितिक प्रभाबमा परेर आफ्नो नाम छुटेको हुन सक्ने बताएका छन् ।

केन्द्रिय तथ्यांक विभागले भुकम्प पिडितहरुको लगत संकलन अनुसार ग्रेडअनुसार राख्दा पीडित छुटेका हुन सक्ने लगत संकलनमा खटिएका प्राबिधिकहरुको सुपरभाईजर असोक ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top