२०७७, ४ आश्विन आईतवार

नयाँ वर्षको उपलक्षमा मनाइने सिरुवा पर्व (अडियोसहित)

डबली खबर     बैशाख ३ २०७५ २२:५१



झापा, ३ बैशाख /मोरङ, सुनसरी लगायतका जिल्लाको मध्य तथा दक्षिणी भागमा बसोवास गर्ने कोच आदिवासी समुदाय नयाँ वर्षको उपलक्षमा मनाइने सिरुवा पर्व मनाउन व्यस्त छन् । कोच आदिवासी समुदायमा वर्षको सुरुमा मनाइने सबैभन्दा पहिलो र ठूलो पर्व नै सिरुवा हो ।

सिरुवाको अर्थ होली या लेपन भन्ने पनि बुझिन्छ । तीन दिनसम्म मनाइने यो पर्वको पहिलो दिनलाई जल सिरुवा, दोस्रो दिनलाई काद सिरुवा र तेस्रो दिनलाई रङ सिरुवाका रुपमा मनाइने गरिएको छ । सिरुवा राजवंशीलगायत अरु कोच समुदायको विशुद्ध मौलिक, धार्मिक एवम् सांस्कृतिक पर्व हो । भगवान श्रीकृष्णको जन्मत्सवका रुपमा मनाइने यो पर्वको छुट्टै मौलिक पहिचान छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top