२०७७, ३ माघ शनिबार
District Cooperative Union Notice
Bachchhaladevi Suppliers

कर्मचारीद्वारा सांसदहरुको सम्मान

    माघ १३ २०७४ २०:५१


Trishuli Web Design Services in Nuwakot

विदुर/नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार देवकोटाले कर्मचारी समायोजन ऐन कार्यान्वयनमा आउन केही समय लाग्ने बताउनुभएको छ ।

आज विदुरमा नुवाकोटबाट प्रदेश तथा प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको वधाई कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले कर्मचारी समायोजन विधेयक पास भएपनि केही कानुनी प्रक्रिया बाँकी रहेकाले ऐन कार्यान्वयनमा केही ढिलाहुने बताउनुभयो । ऐन कार्यान्वयनमा आएपछि ३५ दिनभित्र समायोजन भएको कार्यालयमा हाजिर हुन पुगिसक्नुपर्ने प्रावधान रहेकोले कर्मचारीहरुलाई नागरिकको सेवामा प्रतिवद्ध रहन आग्रह गर्नुभयो । अध्यक्ष देवकोटाले करार सेवामा कर्मचारी राख्ने व्यवस्थाको खारेज गर्नको लागि निर्वाचित सांसदहरुले आवाज उठाउनुपर्ने धारणा राख्नुभयो । उहाँले अहिले राखिएका करार कर्मचारीहरुको उचित व्यवस्थपन सहित स्थायी प्रक्रियामा लगेर समस्या समाधान गरी करार सेवामा कर्मचारी लिने व्यवस्था अव अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद एवं नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले देशको हरेक परिवर्तनमा कर्मचारीहरुको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै कर्मचारीहरुले पनि देश र नागरिकको पक्षमा सकारात्मक भूमिका निर्वाह गर्न सुझाव दिनुभयो ।

क्षेत्र नं. २ प्रदेश क का सांसद केशव पाण्डेले करार कर्मचारीको स्वत स्थायी हुनुपर्छ भन्ने माग न्यायसंगत नभएको बताउँदै जतिबेला सरकारले हटाउँछ त्यतिबेला जागिर छोड्छु् भनेर सेवा गरेपछि फेरी स्थायीको माग ठीक नभएको बताउनुभयो । प्रदेशसभा ख का सांसद हिरानाथ खतिवडाले जनप्रतिनिधि र कर्मचारी नागरिकका हरेक समस्यामा हातेमालो गर्ने सहयात्री भएकाले उनीहरुको भूमिका सदैव नागरिकप्रति उत्तरदायी हुनुपर्ने धारणा राख्नुभयो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले राजनैतिक परिवर्तन धेरै भएपनि देश समृद्धिको बाटोमा अघि बढ्न अझ धेरै काम गर्न वाँकी रहेको स्मरण गर्दै नागरिकका समस्या समाधानको लागि कर्मचारीहरुको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति र नेपाल निजामति कर्मचारी संगठन नुवाकोटको आयोजनामा भएको कार्यक्रममा सेवा निवृत्त हुनुभएका संगठनका निवर्तमान अध्यक्ष गोपालबहादुर सापकोटालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । लामो समय नेपाल राष्ट्रिय कर्मचारी संगठनमा रहेर काम गर्नुभएका सापकोटाको संगठन र सेवा प्रवाहमा पु-याएको योगदानको स्मरण गर्दै कार्यक्रममा सम्मान गरिएको हो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन नुवाकोटका अध्यक्ष बद्री भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले नागरिकको सेवामा लाग्दा हुने सानातिना झमेलालाई पार गर्दै कर्मचारी सेवा गर्न तत्पर रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top