२०७७, ११ आश्विन आईतवार

चट्याङ लागेर एक वृद्धा सख्त घाइते

१ हल गोरु मरे

डबली खबर     भाद्र ११ २०७७ ११:५४



nuwakot diasaster thunderbolt kispang likhu

लिखु, नुवाकोट – गएराती अविरल बर्षासँगै परेको चट्याङले एक वृद्धा सख्त घाइते भएकी छिन् भने एक हलगोरु मरेका छन् ।

बुधबार परेको चट्याङले लिखुगाउँपालिका-१ खानीगाउँकी ७० वर्षिया सरस्वती परियार घाइते भएकी हुन् । उनी घरमा बसिरहेको अवस्थामा चट्याङले लागेर शरीरको बायाँ पट्टीको भाग नचल्ने भएको छ । उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचार हुन नसकी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

त्यसैगरी चट्याङ लागेर किस्पाङ गाउँपालिका-२ ताजीस्थित डोलनन्द ढुंगेलको गोठमा बाँधी राखेको १ हल गोरुको घटनास्थलमै मरेका छन् । चट्याङबाट करिब ७० हजार बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।

एकसाता यसअघि किस्पाङकाे फिकुरीमा एकहल गोरु चट्याङ लागेर मरेका थिए ।

यस्तै, हिजो परेको अविरल वर्षाको कारण किस्पाङ-२ सातोबाटोबाट मनकामना हुँदै सोले जाने सडकमा पहिरो गएको छ । पहिरो जान सक्ने सम्भावना उच्च रहेको स्थानीयले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top