२०७७, ८ कार्तिक शनिबार


KC Fancy Store Nuwakot

नुवाकोटमा मास्क नलगाउने २ सय ४६ जना कारवाहीमा

डबली खबर     श्रावण १८ २०७७ २२:२९



nuwakot police arrested to civilian, who aren't wearing a mask

विदुर, नुवाकोट – सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्नेलाई नुवाकोट प्रहरीले कारवाही गर्ने गरेको छ ।

नुवाकोट प्रहरीले हालसम्म दुई सय ४६ जनालाई कारवाही गरिसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए । मास्क नलाईकन बजार क्षेत्रमा निस्केका व्यक्तिहरुबाट २४ हजार ६ सय रुपैंयाँ राजश्व सङ्कलन गरिएको थापाले बताए । साथै प्रहरीले २ हजार ५ सयभन्दा बढी मानिसहरुलाई माक्स अनिवार्य लगाउनु पर्ने विषयमा सम्झाई–बुझाई छाडिएको बताए ।

आइतबार मात्र मास्क नलाईकन बजार क्षेत्रमा निस्केका ९९ जनालाई जनही एक सय रुपियाँ जरिवाना तिराउनुका साथै प्रहरीले ५ सयभन्दा बढी मानिसलाई माक्स समेत वितरण गरेको प्रहरीले जनाएको छ ।

सदरमुकाम विदुर, बट्टार र देवीघाटमा आज गरेको चेकजाँचको क्रममा मास्क नलगाई हिँडेकाहरुलाई नियन्त्रणमा लिई अधिकांशलाई माक्स अनिवार्य लगाउनु पर्ने विषयमा सम्झाई–बुझाई छाडिएको छ ।

यो पनि पढ्नुहोस्
अनिवार्य मास्क लगाउ

गृह मन्त्रालयले असार २२ गते माक्स नलगाई घर बाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

स्थानीय प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र माक्स बिना बाहिर हिँडडुल गर्ने माथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारवाही गर्न निर्देशन दिएको हो ।

माक्स नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गर्ने गरी परिपत्र गरे अनुसार कारवाही गरेको हो ।

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अवलम्बन गरिए पनि सर्वसाधारण सहिँत सरकारी , निजी तथा गैरसरकारी संघ–संस्था र कार्यालयले यसको उल्लंङ्घन गरेकाले तत्काल कडाईका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउँन गृहले निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top