विदुर – कोरोनाभाइरस (कोभिड-१९) महामारी रोकथाम नियन्त्रणका सन्दर्भमा आपूर्ति व्यवस्थापनको नेतृत्व स्थानीय तहलाई दिइने भएको छ ।
नोभेल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समितिको बैठकले सहायताको नाममा कसैले पनि चन्दा उठाउन वा आफूखुशी सहायता वितरण गर्न नपाउने, वितरणमा दोहोरोपना हुन नदिने र स्थानीयले दैनिक उपभोग्य वस्तुहरूको मौज्दात नियमित रूपमा अद्यावधिक गरी सार्वजनिक गर्ने बैठकले निर्णय गरिएको जिल्ला अधिकारी पोखरेलले बताए ।
बैठकले महामारी कोरानाका कारण स्थानीयस्तरमा रोजगारी गुमेका दैनिक गुजारा चलाउन समस्या हुने व्यक्तिहरुको यथार्त विवरण सङ्कलन गरि राहतका प्याकेज उपलब्ध गराउने निर्यण गरेको छ ।
विभिन्न मुलुकबाट आएका नागरिकहरुलाई स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टाइन राख्ने व्यवस्था मिलाउन र सोहि अनुसार दैनिक रुपमा तथ्यांक विवरण बुझाउन वडास्तरीय समितिले गर्नुपर्ने जनाएको छ ।
विषम परिस्थितिमा एम्बुलेन्सलाई तयारी अवस्थामा राखी बिरामी बोक्नु अघि र अस्पताल पुर्याएपछि अनिवार्य रुपमा डिस इन्फेक्सन प्रयोग गर्न र जोखिमयुक्त क्षेत्रमा इन्फेक्सन गर्न जिल्लास्थित सबै स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया