२०७७, ७ आश्विन बुधबार

“श्रमजिवी पत्रकारको हकहितका लागि कार्यविधि बन्दै”: रजिष्ट्रार सापकोटा

डबली खबर     मंसिर १७ २०७६ १५:३३



Office of the Press-Registrar Province 3

हेटौंडा – देशैभरका सातैवटा प्रदेशहरुमध्ये पहिलोपटक सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ ले श्रमजिवी पत्रकारको हितका लागि विभिन्न कार्यविधिहरु बनाउन लागेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत प्रेस रजिष्ट्रारको कार्यालयले श्रमजिवी पत्रकारलाई पेशामा टिकाइ राख्नका लागि कार्यालयले विभिन्न योजनाहरु अघि सारेको रजिष्ट्रार रेवती सापकोटाले बताउनुभयो ।

पत्रकारहरुको क्षमता विकास तालिम, आर्थिक अनुदान लगायतका सेवा, सुविधाको रुपमा अघि सारिएको विभिन्न योजनाहरुबारे जानकारी दिँदै प्रदेश अन्तर्गतका सबै जिल्लामा क्रियाशील पत्रकारहरुका लागि यसै वर्षदेखि कार्यक्रमहरु कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

कार्य क्षेत्रमा कुनै पनि श्रमजिवी पत्रकार दुर्घटनामा परेमा सहयोग गर्नका लागि रजिष्ट्रारको कार्यालयले ३० हजार दिन सक्ने गरि कार्य विधि बनाउन लागिएको हाे । कार्य क्षेत्रमै पत्रकारको दुर्घटनामा परि मृत्यु नै भएमा उनका परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने कार्यविधि बन्दै गरेको छ ।  दिर्घरोगी भएको पत्रकारको हकमा भने ७५ हजार सहयोग गर्न सक्ने गरि कार्य विधि तयार पार्न लागिएको छ । उहाँले प्रदेश नम्बर ३ मा महिलाहरुले सञ्चालन गरेको रेडियो, टेलिभिजन र दैनिक पत्रिकाको लागि वार्षिक रुपमा ५० हजार अनुदाने व्यवस्था मिलाउन लागिएको छ ।

त्यसैगरि विपद् ग्रस्त क्षेत्रमा रिपोर्टिंगका लागि एक जना मात्र जान नहुने विचार राख्दै उहाँले त्यस्ता ठाउँमा रिपोर्टिंगका लागि जाने २ जना पत्रकारहरुका लागि कम्तिमा ४८ घण्टासम्म त्यस क्षेत्रमा रहने गरि ल्यापटप, स्लिपिङ ब्याग, औषधि, खानेकुरालगायतका सामानहरु रहने गरि आपतकालीन किट ब्याग वितरण गरिने बताउनुभयो । उहाँले त्यस्ता खालका ब्यागहरु २ वटाको दरले कम्तिमा ६ वटा जिल्लामा यो वर्ष वितरण गरिने समेत बताउनुभयो ।

ग्रामिण क्षेत्रका सुचनाहरु ल्याउन प्रोत्साहित गर्नका लागि यो प्रदेशका २८ जना पत्रकारलाई फेलो सिप दिने पनि कार्य विधि बनाउन लागिएको बताउनुभयो ।

सञ्चार रजिष्ट्रारको कार्यालयले त्यति मात्र नभई पत्रकारको कल्ल्याणका लागि गर्न सक्ने अन्य कामहरु पनि गर्ने तयारी गरेको छ । कार्यालयले यो आर्थिक वर्षमा १५ लाख रुपैयाँ पत्रकार कल्याणको लागि बजेट समेत विनियोजन गरेको छ । उक्त विनियोजित रकम पत्रकार कोष संचालन समितिलाई चाँडै नै हस्तान्तरण गरिने र त्यस रकमले पत्रकारहरुको हितको लागि नै खर्च गरिने गरि व्यवस्था मिलाईएको बताउनुभयो । खासगरी महिला पत्रकारहरुको क्षमता वृद्धि, जेष्ठ पत्रकारलाई पेन्सनको व्यवस्था, श्रमजिवी पत्रकार दुर्घटनामा पर्दा सहयोग गर्नको लागि उक्त कोषले काम गर्ने बताउनुभयो ।

कार्यालयले अहिले पत्रकारहरुको क्षमता वृद्धिका लागि मोबाईल पत्रकारिता तालिम संचालन गरिरहेको जानकारी दिँदै अहिलेसम्म १० जिल्लाका ४० जना पत्रकारहरुलाई उक्त तालिम दिई सकिएको र अब काठमाडौंमा ३ जिल्लाका पत्रकारहरुलाई तालिम दिने तयारी गरिएको बताउनुभयो ।

उहाँले पत्रकार र मिडियाको बिचमा रहेर काम गर्नुपर्ने संचार रजिष्ट्रारको भूमिका भएकोले स्थानिय मिडियाहरुलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिरहेको र स्थानिय सरकारसँग पनि छलफल गरिने बताउनुभयो । उहाँले यस विषयमा नीतिगत व्यवस्था गरेर त्यसमा अगाडी बढ्ने सोच रहेको र छिट्टै नै उक्त विषयमा छलफल गर्ने समेत बताउनुभयो ।

कार्यालयले पत्रकारहरुलाई सहज रुपमा उपलब्ध हुने गरि पत्रकार परिचयपत्र दिने गरि सफ्टवेयर बनाईएको जसबाट अहिलेसम्म ७० जना पत्रकारहरुले परिचयपत्र लिएका छन् ।

आगामी दिनहरुमा पनि पत्रकारहरुलाई अपडेट गराउने खालको तालिमहरु संचालन गर्ने समेत बताउनुभयो। खासगरी विश्वमा जसरी पत्रकारहरु अपडेट भईराख्नुपर्छ त्यसरी नै अपडेट गराउनको लागि काम गरिरहेको बताउनुभयो । मिडियाको ईन्टरनेटमा पहुँच भईसकेको मिडिया विश्वव्यापी भईसकेकोले पत्रकारहरुको क्षमता वृद्धि नै मुख्य भएको बताउनुभयो ।

सम्भव भएसम्म सुचना तथा सञ्चार विकासको क्षेत्रमा अधिकतम थुप्रै नजितामुखी काम गरिने लक्ष्य प्रदेश सरकार र रजिष्ट्रारको कार्यालयले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top