२०७७, ६ आश्विन मंगलवार

टोखा-छहरे सडकखण्ड अवरुद्ध

डबली खबर     असार २२ २०७६ १३:१३



gurje sadak tokha chhahare

शिवपुरी / वर्षाको कारण पहिरो जाँदा टोखा छहरे सडकखण्डको शिवपुरी गाउँपालिका-६ गुर्जेस्थित सडक अवरुद्ध भएको छ । गए राती १ बजेतिर वर्षाको भेलले माटो बगाउदा सडक अवरुद्ध भइ आवतजावतमा समस्या आएको हो ।

वर्षाको भेलले नुवाकोटबाट काठमाडौ बालुवा लिएर जादै गरेको बा ५ ख १६७० टिफर सडकको बीचभागमै फसेको छ भने कुनै मानवीय क्षति भएको छैन ।

त्यस्तै, काठमाडौ टोखा नगरपालिका-१ झोर सडकखण्डमा आएको माटोको भलले सडक अवरुद्ध भएको छ ।

अहिले पहिरोले अवरुद्ध भएको सडक सुचारु गर्न डोजर लगाई टिफर निकाल्ने कार्य पनि भइरहेको छ ।

उक्त बाटो भएर काठमाडौ जाने सवारीसाधनलाई गुरुङ गाउँमा रोकिएको छ भने काठमाडौबाट नुवाकोट जाने सवारीसाधनलाई गुर्जे भन्ज्याङ चेक पोष्टमा रोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top