२०७७, ७ आश्विन बुधबार

तीन पत्रकारलाई फोनिजको सम्मान

डबली खबर     चैत्र २ २०७५ २१:०५



fonij Federation of Nepalese Indigenous Journalists

विदुर / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नं. प्रदेशको प्रथम महाधिवेशनको अवसरमा अग्रज पत्रकार दोलखाका राजेन्द्र मानन्धरलाई सम्मान गरेको छ । कान्तिपुर दैनिकमा क्रियाशील मानन्धरलाई फोनिज पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि हितबहादुर तामाङ, फोनिजका संघीय अध्यक्ष दण्ड गुरुङ, सांसद बहादुरसिंह लामा लगायतले ५ हजार नगदसहित दोसल्ला ओढाएर पुरस्कार प्रदान गरेका थिए । नुवाकोट चौघडामा जन्मिएका मानन्धर लामो समयदेखि दोलखामा पत्रकारितामा सक्रिय छन् । सम्मानपछि बोल्दै मानन्धरले नुवाकोटमा जन्मिएर दोलखालाई कर्मथलो बनाउँदै आएपनि फोनिजले नुवाकोटमै ल्याएर सम्मान गरेकोमा आभार व्यक्त गरे ।

यस्तै आदिवासी जनजाति पत्रकार महासंघ नुवाकोटले दुई जना अग्रज पत्रकारलाई सम्मान गरेको छ । कान्तिपुर टेलिभिजनका पत्रकार राजकृष्ण श्रेष्ठ र त्रिशूली खवर साप्ताहिकका सम्पादक तथा राष्ट्रिय समाचार समिति नुवाकोट संवाददाता नवदीप श्रेष्ठलाई सम्मानपत्र, नगद पाँच हजार पाँच रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top