२०७७, ३ माघ शनिबार
District Cooperative Union Notice
Bachchhaladevi Suppliers

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सचतेनामुलक कार्यक्रम

    मंसिर १८ २०७५ १६:४२


Trishuli Web Design Services in Nuwakot

विदुर / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज दशौँ दिन, “लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार” भन्ने मूल नाराका साथ सचतेनामुलक कार्यक्रम सदरमुकाम विदुरमा मनाईएको छ ।

सामुदायिक विकास केन्द्र नेपाल, मानव अधिकारका लागि एकल महिला संस्था, ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा कार्य क्षेत्रमा हुने लैङ्गिक हिंसाको अन्त्य साथ भएको कार्यक्रममा मानव अधिकारका लागि एकल महिला संस्थाका अध्यक्ष देवकी पौडेलले लैङ्गिक हिंसामा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण बदल्नुपर्ने र राज्यले एकल महिलाको जिपिकोपर्जनको लागि रोजगारमुलक व्यवसायको सिर्जना सहज रुपमा गरिदिनुपर्ने पौडेलले बताउनुभयो ।

कार्यक्रममा अन्तरपाटि महिला सञ्जाल नुवाकोट अध्यक्ष विन्दा अर्यालले नेपाली समाजमा हुने महिला हिंसाको अन्त्यको लागि घर र व्यक्तिबाटै हुने पर्ने बताउनुभयो । महिला हिंसामाथि हुने घरेलु हिंसा, प्रशासनिक हिंसाको अन्त्यको लागि महिला निडर भइ वकालत गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष नारायणप्रसाद नेपालले महिलामाथि हुने हिंसालाई सहेर चुपचाप लागेर बस्न नहुने र महिला हिंसा गर्न नहुने बताउनुभयो । हिंसा गर्ने व्यक्ति, अपराधीलाई निरुत्साहित गरी सुदृढ समाजको सिर्जना गर्नुपर्ने नेपालले बताउनुभयो ।

महाभूकम्पबाट राज्यबाट प्रदान गरेको सेवा, सुविधामा महिलामाथिको लैङ्गिक भेदभावबारे ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपाल, नुवाकोटका प्रमुख दिपेश घिमिरेले प्रस्ट पार्नु भएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top