२०७७, १४ आश्विन बुधबार

६१३ जना पत्रकारको दुर्घटना बीमा

डबली खबर     जेष्ठ ८ २०७५ १४:४६



FNJ Nepal Journalist Insurance

काठमाडौँ । चालु आर्थिक वर्ष २०७४/०७५ को पत्रकार दुर्घटना बीमा अन्तर्गत पहिलो चरणमा ६१३ जना पत्रकारको दुर्घटना बीमा आजदेखि लागू भएको छ ।

सूचना विभागमा आज आयोजित कार्यक्रममा विभागका महानिर्देशक बालकृष्ण घिमिरे र महासंघका कोषाध्यक्ष राजेश मिश्रले एनएलजी बीमा कम्पनीका प्रतिनिधिलाई बीमाका लागि संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ, सूचना विभाग र एन एनएलजी कम्पनी लिमिटेडबीच २०७४ चैत २ गते भएको सम्झौता बमोजिम ३१० रूपैयाँ ७५ पैसाका दरले ६१३ जना पत्रकारको १,९०,४८९ रूपैयाँ ७५ पैसा रहेको छ ।

दोस्रो चरणको पत्रकार दुर्घटना बीमाका लागि पत्रकारको विवरण संकलन गर्ने कार्य आजैबाट सुरु गरिएको छ । दुर्घटना बीमाको सुविधामा सहभागी हुन सूचना विभागको नवीकरण भएको पत्रकार परिचय पत्र तथा नेपाल पत्रकार महासंघको सिफारिस अनिवार्य गरिएको छ ।

दोस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन उल्लेखित प्रक्रिया पु-याई जेठ मसान्तसम्म पठाउनुहुन सबै पत्रकारलाई आवह्न गरिएको छ ।

No automatic alt text available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top